स्वास्थ्यमा थपियो २९५ स्थायी दरबन्दी
काठमाडौं,
स्वास्थ्य सेवाको स्थायी दरबन्दीअन्तर्गत २९५ जना नर्सिङ जनशक्ति थपिएको छ ।
लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ ।
बाकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघिय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैयाको आईसियू सञ्चालन गर्न सकेको छैन् । यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो । नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानविय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको...
