स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु
दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा काठमाण्डौ जिल्ला नागर्जुन न.पा.४ का चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट काठमाडौं जाँदै गरेको थियो ।सडकबाट झण्ढै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ ।
प्रहरीका अनुसार जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा.वडा नं.०७ पाँच किलो स्थित जिरी लामोसाँघु सडक खण्डमा दोलखा ...
