सम्पर्क

Author: लोकप्रिय समाचार

काठमाडौंको ह्याम्स अस्पतालद्वारा खाडीचौरमा एक दिने निःशुल्क ओपीडी सेवा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौंको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकको खाडीचौरमा एक दिने निःशुल्क ओपीडी सेवा सम्पन्न गरेको छ । खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पताल प्रालिसँगको सहकार्यमा बुधबार ह्याम्सले ओपीडी सेवा सम्पन्न गरेको हो । शिविरमा जनरल फिजिसियन, बाल तथा शिशु रोग, हाडजोर्नी सम्बन्धी, स्त्री रोग सम्बन्धी ओपीडी सेवा निशुल्क प्रदान गरिएको थियो । उक्त शिविरमा ह्याम्स अस्पतालका जनरल फिजिसियन डा. गुञ्जन खड्का, डा. रोहेन्द्र पाण्डे, हाडजोर्नी विशेषज्ञ डा. सुरेश बहादुर थापा, स्त्री रोग विशेषज्ञ डा. करिश्मा पाण्डेको टोलीले निशुल्क ओपीडी सेवा प्रदान गरेको थियो । शिविरमा विशेषज्ञ डा. सुरेश बहादुर थापा र एनेस्थेसियोलोजिस्ट डा. सुरज लामिछानेको नेतृत्वमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया समेत गरिएको छ । बिहान ११ बजे बाट सञ्चालन भएको सो शिविरमा १५० भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएको ह्याम्सले जनाएको छ । साथै इमर्जेन...

शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य छः सांसद नेपाल

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
सेलाङ बागमती प्रदेश सभा सदस्य सांसद अमृता नेपालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । बिहिबार सिन्धुपाल्चोकको जुगलमा – १ सेलाङमा सुरु भएको पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद् नेपालले सामाजिक बिकासको महत्वपूर्ण क्षेत्र खेलक्षेत्र भएकोले खेलको बिकास र प्रवद्र्घनको लागि सवैले ध्यान दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले खेलको माध्यमबाट राष्ट्रको गौरब बढ्ने र स्वास्थ्यको लागि अति नै उत्तम भएकोले खेलकुद गतिबिधिमा बिद्यालयले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । वर्तमान समाजमा नकारात्मक सोच र चिन्तन बढ्दै गएकोले खेलकुदले अनुशासित र मर्यादित बनाउने भएकोले यसको श्रीबृतिको लागि आफुले प्रदेश सरकारमा नीतीगत र कार्यक्रमिक रुपमा खेलकुद परिषद्मार्फत कार्यन्वयन गर्न आफुले आवश्यक सहजीकरण गर्ने बताउन...

कोरियाबाट फर्केपछि स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु रेग्मी

#, ब्रेकिङ न्युज २, समाचार
तनहुँ पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् ।नौ वर्षसम्म कोरियामा रहनुभएका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लाग्नुभएको हो । मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँल्नु भएका उहाँले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत गर्नुभएको छ । स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउनुुहन्छ । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो । बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उहाँकी पत्नी सिर्जना कोइराला जानकारी दिनुुहन्छ । कागती खेतीबाट...

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारा...

देसैभरी १२ सम्मको शिक्षा चाडै निःशुल्क हुन्छ ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक, २६ मंसिर ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारले छिटै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न लागीएको बताउँनु भएको छ। मन्त्री बस्नेतले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ मा रहेको इर्खु माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यसे बताउँनु भएको हो ।समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिलेकै सरकारले चाडै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने दाबी गर्नु भएको हो । म आफु पनी शिक्षा प्रेमी भएका नाताले पञ्चायती ब्यवस्थामा एस एल सी सम्म निशुल्क हुन पर्छ भनी अभियान चलाएकोमा सरकारले निशुल्क गरेको स्मरण गराउँदै अहीले पनी सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले गत वर्ष देखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेर राष्ट ब्यापी निशुल्क गर्ने अभियानमा आफु लागेको बता...

सांसद तामाङद्वारा बाढी ग्रस्त क्षेत्रको अवलोकन

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ समिरले बाढि ग्रस्त क्षेत्र संरक्षणका लागी हेलम्बुको अवलोकन गर्नुभएको छ । सांसद तामाङले सो क्षेत्रको संरक्षणका लागी आर्थिक बर्ष २०८०÷८१ मा बजेट विनियोजन गर्नुभएको थियो । हेलम्बु गाउँपालिकाको किउल बजार, सरस्वती माध्यमिक विद्यालय तथा ग्यालथुम बजार संरक्षणको लागि प्रदेश सरकारबाट बिनियोजित बजेट रकम कार्यसम्पन्न गर्नका लागि अपुग हुने भएकाले थप बजेट ब्यब्स्थापन गर्नको लागि तामाङले मंगलबार इन्जिनियर सहित अवलोकन गर्नुभएको हो । हेलम्बु –४ का वडाअध्यक्ष बुद्धिमान तामाङ, २ का वडा अध्यक्ष पेम्वा लामा र स्थानीय बासिहरुको उपस्तिथिमा स्थलगत अवलोकन तथा निरीक्षण गर्नुको साथै जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियरलाई प्राविधिक इस्टिमेट तयार गर्न लगाउनु भएको सांसद तामाङका स्वकीय सचीव बिशाल राउतले जानकारी दिनुभयो । तामाङसंगै नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमे...

लैङ्गिक हिंसा न्युनिकरणको लागि अभिमुखिकरण

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले कानुनी साक्षरता तथा लैङ्गिक हिंसा न्युनिकरणको लागि पुरुष सहभागिता विषयक अभिमुखिकरण कार्यक्रम वडा स्तरमा सञ्चालन गरिरहेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा नगरपालिकाको वडा नं. १ मा भेडाबारीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नगर उपप्रमुख थापाले अहिलेको व्यबस्थालाई स्थापित गर्नको लागि न्यायिक समितिको सन्दर्भमा सवै जानकारी दिन आएको धारणा ब्यक्त गर्नुभयो । उहाँले न्यायिक कार्यलाई जनस्तरमा पुर्याउदै विश्वास आर्जन गर्न चुनौती र अवसर दुवै रहेको समेत बताउनुभयो । स्थानिय स्तरमा न्यायिक समितिको ब्यवस्थाले समाजमा भएका साना मसिना तर दीर्घकालीन असर गर्न सक्ने खालका विवादलाई न्यायिक समिती सम्म पुग्न र त्यो बातावरण बनाउन मेलमिलापकर्ता...

मेलम्चीमा २ दिने आधारभुत आँखा उपचार तालीम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोकको मेलम्चीमा २ दिने आधारभुत आँखा उपचार तालीम सम्पन्न भएको छ । तिलगंगा आँखा अस्पताल तिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीको आयोजना, मेलम्ची नगरपालिका संगको समन्वय र भिजन हिमालयको सहयोगमा २ दिने आधाभुत आँखा उपचार तालीम मेलम्चीमा सम्पन्न भएको हो । पहिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी आधारभूत आँखा उपचार तालिम र विद्यालय शिक्षक तथा विद्यालय नर्सहरुको लागी आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको तिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिनुभयो । तालिम २ दिन प्रदान गरिएको हो । अन्धोपन न्यूनीकरण गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको भट्टले बताउनुभयो । दृष्टि र दृष्टी दोष सम्बन्धी ज्ञान तथा दृष्टी परिक्षण गर्ने सिप प्रदान गर्ने, आँखाका सामान्य रोगहरुको निदान र परामर्श सम्बन्धि जानकारी दिने,टर्च लाइटको प्रयोग गरि आँखा परिक्षण गर्ने, आँखा रोगहरुको बारेमा उचित ...

प्रभावकारी बन्दै आयुर्वेदिक उपचार पद्धती

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा २८ हजार नौ सय ४४ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको संख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिनुभयो । डा.कार्कीका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्क बाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ । आव २०७९÷८० मा २१ हजार तिन सय २६ जनाले बहिरङ्ग सेवा लिएका हु...

गाउँपालिका स्तरीय होमस्टे तालिम पाँचपोखरीको भोताङमा सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पाँचपोखरी थाङ्पाल गाउँपालिका र STLRP परियोजनाको साझेदारी कार्यक्रम अन्र्तरगत सोमबार आज बाट गाउँपालिका स्तरीय होमस्टे तालिम सुरु भएकोे छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले यस कार्यक्रम बाट पाँचपोखरी भित्रका होटल तथा होमस्टेहरु ब्यबस्थित तथा गुणस्तरीय हुने विस्वास लिइएको बताउनुभयो । उहाँले पर्यटनको पर्याप्त सम्भावना बोकेको पालिकालाई पर्यटकको हब बनाउन गाउँपालिका लागी रहेको भन्दै त्यसैको लागी होटल र होमस्टेको विकास गर्दै अगाडी बढेको बताउनुभयो । यहाँले अतिथि सत्कार, खानाको परीकार देखि अन्यकुराहरुमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । तालिमले गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष एवम् पाँचपोखरी पर्यटन बोर्डका अध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रम भोताङको यार्सामा २८ गते सम्म चल्नेछ । तालिमले होमस्टे व्यवसायीहरु...