नेपाल रेडक्रस सोसाइटी मेलचौर उप शाखाको २८आंै साधरणसभा शुक्रबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङको प्रमुख अतिथ्यतामा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री कमल चरण कक्षपतीको बिशेष अतिथ्यतामा र भरत कोइरालाको उपस्थिततीमा स्थानीय समाज सेवीहरुका साथै रेडक्रसका सदस्यहरुको उपस्थितीमा अधिबेशन भएको हो । अधिबेशनले आगामी २ बर्षका लागी नयाँ कार्यसमितीको समेत निर्बिरोध निर्वाचित गरेको छ । नेत्र प्रसाद दुलालको सभापतित्वमा ११ सदस्यीय कार्यसमितीको उपसभापतिमा निरञ्जना दंगाल सचिव तिलक दंगाल, कोषाध्यक्ष यज्ञ दंगाल सह–कोषाध्यक्ष केदार नाथ दुलाल, सह–सचिव सन्तोष दंगाल र सदस्यहरुमा यज्ञ प्रसाद दंगाल, पूर्णमाया दंगाल, भोलानाथ दुलाल, खिलबहादुर दंगाल , सुवास दंगाल रहनु भएको छ ।
नेत्र प्रसाद दुलालको सभापतित्वमा भएको अधिबेशनमा रेडक्रसले यसअघि गरेका कामहरुका बारेमा प्रगति बिबरण प्रस्तुत गरेर अनुमोदन समेत गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै वडाअध्यक्ष तामाङले मानव जिवनका हरेक अंङ्गहरुमा बस्न सफल भएको रेडक्रसको कामका बारेमा जति चर्चा गरेपनी नपुग्ने भन्दै उपशाखाले गरेका हरेक कामहरुका बारेमा धन्यबाद दिनुभयो ।
