सम्पर्क

दुई दिने आत्मरक्षा तालिम सम्पन्न

चौतारामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजनामा २ दिने आत्मरक्षा तालिम शुक्रवार र शनिबार चौतारा भएको थियो ।
पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको प्रदेश युवा स्वयंसेवक रुपक दुलालले बताउनुभयो । महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा ३० जना किशोरीहरु सहभागिता रहेको थियो ।
बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापा, विशेष अतिथि प्रदेश युवा परिषद्का सदस्य सुमित काफ्ले, प्रशिक्षक सीता माया बुलुन र निर्मला राउत, प्रहरी सहायक नि. सजिना चौगुठी, मेलमिलाप कर्ता प्रल्हाद विश्वकर्मा, नगर अनुगमन स.स. सुवास गौतमलगायले प्रशिक्षणका सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गर्नुभयो ।

तालिममा सहभागी किशोरी सविना दंगालले आत्मरक्षाको ज्ञान सिक्न पाएकोमा खुसी लागेको बताउनुभयो ।