सम्पर्क

Author: लोकप्रिय समाचार

कुखुरा फर्ममा आगलागी

ब्रेकिङ न्युज २, समाचार
पछिल्लो समय सिन्धुपाल्चोकमा विद्युतको हाई भोल्टेजका कारण आगोलागिका घटना धेरै भएका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ पौवाथोकमा लिला गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा शुक्रवार साँझ आगलागी भएको छ । अचानक विद्युत् लाइन सट भई आगलागी हुँदा कुखुराका चल्ला सहितको फर्म जलेर पुर्ण रुपमा नष्ट भएको हो । आगोलागीबाट करिव १० लाख बराबरको क्षति भएको संचालन गिरीले बताउनुभएको छ । आगोलागी पछि चौतारा साँगाचोकगढी नगरपालिकाबाट बारुण यन्त्र दमकल बोलाएर पानी हाली आगो नियन्त्रणमा लिईएको थियो । गत साता शनिबार चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको विष्णु एग्रो फर्ममा विद्युतको हाई भोल्टेजका कारण आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षती भएको थियो ।...

अन्तर्राष्ट्रिय महिला दिवस : सोचमा परिवर्तन आवश्यक

#, जिबनशैली, विचार, विचित्र संसार
काठमाडौँ, २५ फागुन (रासस) : “मेरो बुबाले मेरो मानसिक असन्तुलन भएको आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरो बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि आफ्नो परिवारलाई धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको संविधानले दिएको प्रावधानमार्फत मेरो फरक सक्षमता अनुसार नियमित जागिर पाउन आवेदन गरें तर विभिन्न कारणवश नेपाल सरकारको म जस्ताको लागि भएको प्रावधान पनि मैले पाउन सकिन । अब मेरो संरक्षण कसले गर्ने ?” सोध्छिन् मधेस प्रदेशको एक अपाङ्गतासँग रहेकी एक नेपाली छोरी । २०२४ मा सारा संसारभरि नै हरेक वर्ष झैँ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । त्यसबेला, हामीले नेपालका कैयौं यस्ता छोरीहरुको जसको शिक्षा, स्वास्थलगायतका मानव अधिकार छिनिएको छ, उनीहरुको पीडालाई बुझेन आवश्यक छ । अफगानिस्तानलगायत संसारभरिकै ती मानव, जसले लिङ्ग र ल...

आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस

विचित्र संसार, समाचार
काठमाडौँ, २५ फागुन : आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुर...

स्थानीय तह कर्मचारी संजालले माननीयहरु समक्ष संसोधन प्रस्ताव राख्ने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ । स्थानीयतहमा कार्यरत कर्मचारीहरूको संगठन स्थानीय तह कर्मचारी संजाल नेपालको केन्द्रीय कार्यसमितिको बैठकले “संघले नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्था लगाएतका विषयहरू प्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णय गरेको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो । उँहाका अनुसार संघीय सरकारले संसदमा पेश गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का केही प्रावधान संशोधन गर्न लागेको विषयमा संजालको पदाधिकारी बैठक बसेको हो । बैठकमा अन्तर प्रदेश सरूवा, प्रमुख प्रशासकीय अधिकृतको समायावधी , समायोजन भएका कर्मचारीहरूको संघमा फिर्ता,स्थानीय तहका कर्मचारीहरूको सेवा सर्त,स्थानीय तहका कर्मचारीको केन्द्रीय स्तरको ट्रेडयुनियन, बढुवा प्रक्रिया लग...

बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु भजन

जिबनशैली, मनोरन्जन, विचार
  काठमाडौं : महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखी मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गनर्,े उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ । आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुत्र्तीका एक मुर्ते भएका कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्...

सरकारलाई दुर्गम गाउँका नागरिकका गुनासो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक चित्र मिजार,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का समाजसेवी चक्र रुम्बाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नागरिकको जनजीवनमा परिर्वतन ल्याउने कार्य गर्न सुझाव दिनु भएको छ। बिकासका मूलप्रवाहबाट बञ्चित रहेका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाँई, बिद्युत, रोजगारी, भौतिक पूर्वाधार लगायतका काम गर्न रुम्बाले तीनै तहका सरकारलाई सुझाव दिनु भएको छ ।भूमिसुधारका कार्यक्रम ब्यबहारिक रुपमा कार्यान्वयन गर्न, गाउँ–गाउँका बाँझो खेतबारीलाई उत्पादनमा लगाउन मल, जल, सिचाँईमा बजेट उपलब्ध गराई काम गर्न, कृषि पशुपालनमा बिना धितो बिना ब्याजमा ऋण दिन, बास्तविक बिकानलाई मात्रै कृषि अनुदान दिन सरकारलाई उहाँले सुझाव दिनु भयो । कृषिमा प्रर्याप्त बजेट बिनियोजन गरी सदुपयोग गरेमा गाउँमै रोजगारी बढ्ने र बिदेश पलायन हुन नपर्ने उहाँको तर्क रहेको छ । ७० रोपनी जमीनको हदबन्द...

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।२६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको हो । देशको प्रत...

पालिकाको कसैलाइ पनी शिक्षा बाट बञ्चीत हुन दीने छैन ःतिमिल्सिना

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सीनाले आफ्नो गाउँपालिका भित्रका कोही पनी नागरिकलाइ शिक्षाबाट बञ्चीत हुन नदीने बताउँनु भएको छ । उँहाले गाँउपालिकामा आर्थीक समस्यामा परेकालाइ, असाय तथा जोखीममा परेका जोकोही बालबालीकालाइ पालिकाले बिद्यालयमा पढ्न जाने बातबरण मिलाएको बताउँनु भयो । उँहाले सुनकोसी सदाबहार एकेडेमी का शिक्षीका तथा बिद्यार्थीहरु सँग शिक्षा बिकासका बारेमा छलफल गर्दै बुधबार यस्तो बताउँनु भयो । बिद्यालयको प्रधानध्यापक दुर्गा थापा लगाएतको बिद्यार्थीहरु सँगको छलफलमा उँहाले शिक्षा क्षेत्रमा निजी बिद्यालयले गरेको योगदानको कदर गर्दै शिक्षा समितीमा समेत निजी बिद्यालयको पनी प्रतिनिधीत्व गराइ निजी बिद्यालयका पनी समस्या समाधान गर्न आफु लागी परेको बताउँनु भयो । उँहाले सरकारले लगानी गरेका बिद्यालयलाइ संरक्षण गर्नु आफ्नो पहीलो दाइत्व भए पनी गुणस्तरिय शिक्षा प्रदान गर...

सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री (पूर्णपाठ)

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको र आफ्नो प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट अपेक्षित साथ नपाएको बताउनुभयो । “म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटक–पटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । कसैलाई आफ्नो कदम अस्थिरता र गतिशीलता लागे पनि उक्त कदम दे...

सात महिला चलचित्रकर्मी सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
काठमाडौँ, २४ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य ...