इम्पेरियल वल्र्र्र्ड स्कुलः गणित शिक्षा सम्वन्धी प्रदर्शनी र सम्मेलन
सरोज चन्द्र के सी ,काठमाडौ १ चैत गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक वातावरणमा सिकाउने÷सिक्ने अवसरका लागि राजधानीमा गणितसँग सम्वन्धीत दुइदिने सिर्जनात्मक प्रदर्शनी र कार्याशाला सुरू भएको छ ।
बुढानिलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन÷अध्यापनमा गाह्रो विषयको रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन गणितसँग सम्वन्धीत प्रदर्शनीको आयोजना गरेको हो ।
नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले विहिवार उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा विद्यार्थीहरूले कागज, काठ, ढुङ्गा, माटो,अन्न, फूलपातलगायतका प्राकृतिक रूपमा उपलब्ध सामाग्री र विभिन्न रङ्गको माध्यमबाट बनाइएका चित्र र स्टलहरू राखिएका छन् ।
स्कुलका संस्थापक÷निर्देशक कुमार कार्कीले गत वर्षदेखि गणितलाई सरल र चाख लाग्दो रमाइलो गतिविधी चित्र, फोटो, पजलको अभ्यास...
