सम्पर्क

Author: लोकप्रिय समाचार

पाँच वर्षभित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने छौ ः स्वास्थ्य मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
रामचन्द्र दुलाल काठमाडौं, १३ माघ ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताउँनु भएको छ। उँहाले २१५१ औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एममिविविएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरि मन्त्रीपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने दावी गर्नु भयो । मन्त्री बस्नेतले मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउदै मन्त्री बस्नेतले स्वदेशमा प्रसस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौ नेपाली विद्यार्थी चिकित्...

गाउँले सामुदायिक वन सहकारीको १३ आंै बार्षीक साधरण सभा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको गाउँले सामुदायिक वन सहकारी संस्थाको १३ आंै बार्षीक साधरण सभा शनिबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले सभाको उद्धघाटन गर्नु भएको थियो । सभाको उद्धघाटन गर्दै नेपालले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरुको सफलताका कारण अहिले सहकारीप्रती वडाबासीहरुको बिश्वास बढ्दै गएको बताउँनु भयो । उहाँले वडा भित्र रहेका सहकारी सस्ंथाहरुको विकासका लागी आफुले सकेको सहयोग गरी रहेको बताउँनुभयो । उहाँले हरेक उत्पादनमुखी काम गरेर सहकारीताका माध्ययमबाट स्थानिय रोजगारका लागी सहयोग पु्र्याइ राखेका सहकारी संस्थाहरुलाई वडा कार्यालयबाट पनी सहयोग गरिरहेको बताउँनुभयो ।   सामुदायक वन अभियान्ता तथा सहकारी संस्थाका संस्थापक रामचन्द्र बस्नेतले एक आपसमा मिलेर काम गरिरहेका सहकारी संस्थाहरु आफै सक्...

स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारणसभा चौतारामा

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको स्वाभिमानी बहुउद्धेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा शनिबार चौतारामा सम्पन्न भएको छ ।  सहिद स्मृति भवन चौतारामा भएको साधारण सभाले गत बर्ष गरेको सात लाख चौतिस हजार ५ सय बाह्र रुपैयाँको आम्दानी खर्चको अनुमनोदन गर्दै सहकारीबाट सञ्चालित गार्मेन्ट सञ्चालन गर्ने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक संयोजक गणेश विक र वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको साधरण सभामा संस्थाका उपाध्यक्ष सुब्बा सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य राख्दै सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष समेत रहनुभएका सुनारले सहकारीको नीति र सिद्धान्त अनुसार सहकारीलाई अगाडि बढाउँन पर्ने बताउँदै सहकारी संस्थाको कार्यक्षेत्र नगर भरी भएको भएता पनी ९ वटा वडामा मात्र शाखा सञ्चालन भएकोमा अब १४ वट...

सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समूहको साधरणसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७मा रहेको सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामाङ को प्रमुख अतिथ्यता र समुहका अध्यक्ष बिजय नेपालको अध्यक्षतामा सम्पन्न भएको समुहको साधरण सभाले वन संरक्षण का साथै बिभिन्न निर्णय हरु गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी तामाङले खेर गइरहेको वनको संरक्षण गर्न समुहले खेलेको भुमिकाको प्रशंसा गर्देै सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहले गरेका कामहरुले वडाको पहीचान दिएको बताउँनु भयो ।कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै पुर्व वडाध्यक्ष उमाप्रसाद दुलालले सामुदयीक बन समुह ले विगत देखी धेरै राम्रा कामहरु गर्दै आएको बताउँनुभयो , सामुदायिक वन उपभोक्ता महासंघमा सिन्धुपाल्चोक अध्यक्ष जनक गिरि, चौतारा नगर अध्यक्ष ऋषिराम न...

पाल्चोक माविले मनायो ३५औं बार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयले ३५औं बार्षिक उत्सव भव्यताका साथ मनाएको छ । शनिबार कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याच्लर सम्म निशुल्कः अध्ययनको ब्यबस्था गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जिवनयापन सहज हुने बताउनुभयो । उहाँले काठमाडौ तथा बिदेश गएर पढदा खर्च धेरै हुने भएकाले अब हेलम्बुमै सिकाइ केन्द्र स्थापना गरिएको , विभिन्न बिषयको पढाइ सुरु गरिएको बताउनुभयो । उहाँले अभिभावक , शिक्षक र विद्यार्थी सबै मिलेर गाउँमै बस्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । डाक्टर पढ्ने देखि धेरैलाइ पालिकाले सहयोग गरेको उहाले बताउनुभयो । प्रधानाध्यापक नेत्र भुजेलले विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा मेलम्ची ७ का अध्यक्ष...

बाल सुधार माविको भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिति गठन

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको मेलम्ची –७ दुवाचौर स्थित रहेको श्री बाल सुधार माध्यमिक विद्यालयमा अध्ययन गरि हाल विभिन्न ठाउँमा रहेका भुतपुर्व विद्यार्थीहरुको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ । भुतपुर्व विद्यार्थी भेला आह्वान मुल समितीको आयोजनामा भएको भेलाले प्रदिप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा नवीन गिरी सदस्यहरुमा देवराज सुवेदी, कृष्ण ढुंगाना, सोनाम तामाङ, कमला श्रेष्ठ, सुस्मिता गिरी चयन हुनुभएको छ । साथै भेलाले बिद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङले भूपू विद्यार्थीहरुको सक्रियतामा भेला आयोजना हुनु खुशिको कुरा रहेको बताउँदै सबै मिलेर दुवाचौरलाई नमुना ...

तातोपानी नाका हुँदै जापानमा नेपाली सामाग्री निर्यात

ब्रेकिङ न्युज २, समाचार
७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर तातोपानी नाका भएर जापानमा नेपाली सामाग्री निर्यात भएको छ । भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीन ट्रान्जिट भएर उत्तरी नाकाबाट नेपालकै इतिहासमा पहिलो पटक निर्यात सुरु भएको छ । हाललाई २४ सय बक्सा बाइबाई जिङ्ग चाउचाउ चीन भएर जापान निर्यात भएको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो । त्यस्तै भियतनाममाबाट तातोपानी नाका नै भएर बेसार आयात भएको पनि उहाँले जानकारी दिनुभयो । गत वैशाख १८ गतेबाट दुईतर्फी रुपमा नै नाका सञ्चालनमा आएपछि पछिल्लो पटक चीनबाट आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ । आयातमा वृद्धि भए पनि निर्यात भने ठप्प प्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि भने नाका भएर निर्यातमा पनि वृद्धि हुने विश्वास गरिएक...

ऐतीहासीक दुगुनागढीमा पागुन १२मा दौड हुने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ऐतीहासीक पर्यटकीय स्थल दुगुना गढीमा फागुन १२ गते दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका स्थित वडा न ं ३ड्राइपोर्ट देखी लिस्तीकोट हुँदै दुगुनागढी सम्म २४.५किलोमिटर दौड प्रतियोगिता हुने भएको हो । श्री इन्द्रध्वज गणको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको ऐतीहासिक स्थलहरुको पहीचान दिलाउँन,पर्यटन प्रबर्धनमा टेवा पुर्याउँनका साथै ऐतिहासिक संरचनाको संरक्षण तथा शाहसिक खेलकुद बिकास र सैनिक,नागरिक सम्बन्धलाइ अझ प्रगाढ गर्दै लैजाने उद्धेश्यले यो दौड प्रतियोगिताको आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनु भयो । Brouchers १उँहाका अनुसार फागुन १२ गते हुने चौथो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगिताका लागी भोटेकोशी गाँउपालिकाले प्रायोजन गर्ने भएको छ । कार्यक्रम अनुसार दौड प्रतियोगितामा भाग लिन माघ २५ गते भित्र नाम दर्ता गरिसक्नु ...

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा सागाचोकगढी नगरपालिका लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम नगर अधिवेशन चौतारामा सम्पन्न भएको छ । बिहिबार अधिवेशनले रण बहादुर तामाङ अध्यक्षमा १७ कार्यसमिति चयन गरेको छ । नगर अधिवेशन कांग्रेस पुर्वजिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि युवा नेता बिल बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनको व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै तामाङले कांग्रेस पार्टीलाई थप सशक्त बनाउन यस्तो संगठनको आवश्यकता रहेको बताउनुभयो । पार्टीलाई यस्तो संगठनले मजबुत पनि बनाउछ बताउँदै अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो । पिरामिड ईतिहास वोकेको पार्टी नेपाली कांग्रेसको संघठनलाई अझ सशक्त बनाउदै लोकतन्त्रवादी आदिवासी जनजाती महासंंघले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने पुर्ण विश्वस लिएको बताउँदै तामाङले नेपाली काँग्रेस स्थापना कालदेखि नै समावेशी चरित्र वोक्दै आएको प...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
  हिराहरि तेक्वान्दो डोजाङ चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ तथा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा र बागमती खेलकुद विकास परिषद्का सदस्य निरन्तर थापा मगरको विशिष्ट आतिथ्यतामा रातो कालो पेटि र प्रथम डान कालो पेटी र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको छ । रातो पेटीबाट रातो कालो पेटीमा सचिन तामाङ, मिशन श्रेष्ठ, मिशन बागदाश उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ, साजन घले, आयुशी श्रेष्ठ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि हिराहरी तेक्वान्दो डोजाङ्गद्वारा गत पौष ६ र ७ गते आ...