उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्रीबीच भेट
काठमाण्डौँ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच दुई पक्षीय हितका विषयमा काठमाडौँमा शनिबार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो ।
दुध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन...
