सम्पर्क

Author: लोकप्रिय समाचार

संसद सापकोटाद्धार संसदहरलाइ सिन्धुपाल्चोक भ्रमणको निमन्त्रणा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
११ असार, काठमाडौं । सिन्धु पाल्चोक जिल्ला निर्बाचन क्षेत्र १का सांसद माधव सापकोटा ’सुबोध’ले संसदबाट सबैलाई गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ । उँहाले संसदमा आफूले प्राय गृहजिल्ला सिन्धुपाल्चोकको विपत्ति, पीडा र अप्ठेरोबारे बोलेको स्मरण गर्दै सिन्धुपाल्चोक जिल्लाका बारेकमा जानकारी गराउँनु भयो । मंगलबार संसदको शून्य समयमा धारणा राख्दै सांसद सापकोटाले ’सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो, मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ ।’ लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराउँनु भयो ...

हेलम्बुको ५३ करोड ७४ लाख ७६ हजार बजेट, सरकारी कार्यालयमा प्लास्टिकका बोतल र झोला प्रयोग गर्न प्रतिबन्ध

समाचार
हेलम्बु गाँउपालिकाले आगामि आवका लागि ५३ करोड ७४ लाख ७६ हजारको बजेट प्रस्तुत गरेको छ । आजको गाँउसभामा उपाध्यक्ष अप्सरा लामिछानेले उक्त बजेट सभामा प्रस्तुत गर्नुभयो । हेलम्बु गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सरकारी कार्यालयमा प्लास्टिकका बोतल र झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। आर्थिक वर्ष ०८१÷८२ का लागि गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो । गाउँपालिका, सबै शाखा, स्वास्थ्य संस्था र सरकारी विद्यालयले उक्त नियम पालना गर्नुपर्नेछ। प्लास्टिकका बोतल र झोलाको सट्टा तामा र पित्तलका अम्खोरा, फिल्टर र गिलास प्रयोग गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । मिनरल वाटर किनेर खाँदा अनावश्यक खर्च हुने मात्र नभई प्लास्टिक स्वास्थ्यका लागि समेत हानिकारक भएकाले यस्तो नीति लिएको उहाँले सुनाउनुभयो । त्यसैगरी, नीति तथा कार्यक्रममा हेलम्बुक...

पाँचपोखरीको नीति तथा कार्यक्रम पारित पर्यटन प्रबर्द्धनमा जोड तथा लोकल रक्सिलाई ब्राण्डिङ गरिने

समाचार
पाँचपोखरी थाङपाल गाउँपालिकाको पन्ध्रौं गाउँसभाबाट आगामी आर्थिक बर्ष २०८१–०८२ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ ।अध्यक्ष टासी लामाद्वारा प्रस्तुत आगामि आ.व. ०८१ /०८२ को नीति कार्यक्रम प्रस्तुत, नीति कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा पर्यटन , लोकल रक्सीलाई ब्राण्डिङ गरिने यसको उत्पादन र बिक्रि वितरणमा प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आायातित सिल प्याक मदिरामा प्रतिबन्ध लगाईने, स्थानिय रैथाने ज्ञान शिपमा आधारित प्रविधीको प्रबर्धन, कृषि उत्पादकत्व बढाउने, प्लाष्टिक रहित पालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै महिला स्वंसेवीकाहरुको लागि थप रु ५०० रकम थप गरिने लामाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै हरेक पर्यटकिय तथा धार्मिक स्थलमा क्युआर राखी त्यस सम्बन्धि जानकारी गराउने पनि नीति तथा कार्यक्रममा उल...

लिसखुं र सुनकोशीमा सभा बहीस्कार

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको लिसन्खु पाखर गाउँ पालिका को १६ औ गाँउ सभा नेकपा एमाले गाँउ पालिका पार्टी कमिटी र नेकपा एमाले संसदिय दलको तर्फबाट असमत जनाउँदै बहिस्कार गरेका छन। गाउँपालिका का उपाध्यक्ष मिठुदेवी लामाले पालिका अध्यक्षलाई जानकारी पत्र बुझाउदै आफ्नो तर्फबाट गाउँ सभा बहिष्कार गर्नु भएको हो। विभिन्न उपसमितिको बैठकमा बजेटको बारेमा छलफल गरी प्रकृया पुर्याएर बजेट सभामा पेश गर्नुपर्नेमा त्यसो नगरी रातारात अध्यक्षले बजेट निर्माण गरी पेश गर्न लागेको कुरा गुनासो उपाध्यक्षले गर्नुभएको छ। उपाध्यक्षको पत्र बुझे पनी पालिका अध्यक्षले भने सभा सञ्चालन गर्नु भएको थियो ।     बिहान ११ बजे सभा सुरु गर्ने कार्यतालिका रहे पनि दिउसो १बजे तिरबाट मात्र सभा सुरु भएको थियो। यसै गरी सुनकोशी गाँउपालिकाका उपाध्यक्ष सहीत कार्यपालिकाका बहुमत सदस्यहरु अनुपस्थित भइ सभा बहीस्कार गरेका कारण गाँउसभा स्थगित गरि असार २६ गत...

“कृषि आधुनिकीकरणमा कृषि सहकारीको भूमिका”

कृषि, जिबनशैली, विचार
मानवीय श्रम र प्रकृतिको निशुल्क स्रोत साधन प्रयोग गरी कृत्रिम तरिकाले बालीजन्य र पशुजन्य वस्तु उत्पादन गर्नुलाई कृषि भनिन्छ । पशुपालन, बाली उत्पादन, मत्स्यपालन आदि यस अन्तर्गत पर्दछन।नेपाल एक कृषिप्रधान देश हो, जहाँ हाल ६०% भन्दा बढि जनता कृषि पेशामा आवद्ध छन् ।किसानमा मुग्लान पसेर धेरै धन कमाउने रहर जाग्नु, माटोको उर्वरा शक्ति कम हुँदै जानू,राज्यको कृषि क्षेत्रप्रति चासो नहुनु,परम्परागत शैलीबाट खेती गरिनु आदि कारणले हाल नेपालमा सोचे जस्तो कृषिजन्य उपजको उत्पादन हुन नसकेको कुरा तपाईं हामु सामु जगजाहेर नै छ।किसानका हकहितमा राज्य नलाग्दा आज कृषि पेशा नै धरासायीमा परी देशको अर्थतन्त्र नाजुक हुन थालेको छ । यहाँ ६०.४ प्रतिशत जनता कृषिमा आश्रित भएको देशमा लगभग ३०९१ लाख हेक्टर जमिनमा २१ प्रतिशत खेती गरिएको छ । विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यक मानिसका लागि खाना, आय र रोजगारीको मुख्य स्रोत क...

वडा स्तरीय मावि तह निबन्ध लेखन प्रतियोगितामा प्रशान्त पुरी प्रथम

समाचार
ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडद्धारा आयोजित मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा सेतीदेवी माविका कक्षा १० मा अध्ययनरत छात्र प्रशान्त पुरी प्रथम हुनुभएको छ । “कृषि आधुनिकीकरणमा कृषि सहकारीको भूमिका” विषयक निबन्ध लेखन प्रतियोगितामा द्धितीय कुण्डलादेवी माविका कक्षा १० मा अध्ययनरत छात्रा सुनिता ढुङ्गेल, तृतीय स्थान सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा सहारा ढुङ्गेल र कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिक्षा फुँयालले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको हो । सोमबार चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा १३ नं. वडाका वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष होमनाथ चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा सेतीदेवी मावि र कुण्डलादेवी माविका ४/४ जना गरि ८ जना विद्यार्थिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम, द्वितीय, त...

आयुर्वेद सेवा प्रवद्र्धनबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाको प्रमुख अतिथ्यतामा र साहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको विशेष अतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायत जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो । आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकका प्रमुख डा अञ्ज कार्किको अध्यक्षतामा भएको कार्यक्रममा राम पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय का प्रमुख डा. अन्जु कार्कीले कार्यालयको आर्थिक वर्ष ०८०÷८१ मा सम्पादन गरिएका कार्यक्रम तथा वार्षिक रुपमा गर्दै आएका कार्यक्रम, चिकित्सालयबाट प्रदान हुने सेवाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएक...

मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
 मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु भएको छ । इन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा मेलम्ची नगरपालिकाको सहयोगमा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सोमबार मेलम्चीमा सुरु भएको हो । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र उप प्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्नुहुदै नगर प्रमुख आइतमान तामाङले दुई दिने तनाव व्यवस्थापन तालिममा तालिम प्रशिक्षकले सहभागीहरुलाई तनाव मुक्त हुन सिकाउने विश्वास लिनुभयो । पालिका योगमय भएको कारण कति धेरै जनाको तनाव कम भएको बताउनुभयो । त्यसैगरि नगर उप प्रमुखले हामीलाई सानो सानो कुराले तनाव दिने र आज भोलि तनाव शब्द सामान्य भएता पनि यसले जटिलता पैदा गरिरहेको बताउनुभयो । सहभागी सबैलाई सकारात्मक भै तनाव मुक्त गर्न उहाले सुझाव दिनुभयो । सहकारिका अध्यक्ष कल्पना चालिसेको श...

मेलम्चीमा बाढीको तनाब, मध्यराती बगायो अस्थायी पुल

ब्रेकिङ न्युज २, समाचार
बर्खा सुरुभएसँगै गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको छ । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ जोड्ने अस्थायी पुल बगाएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सोमबार विहान फट्टेको ह्युम पाइपको निरीक्षणको क्रममा गएरातिको बर्षाले पुलमा क्षति पुगेको भन्दै अब ह्युमपाइप झिकेर सुरक्षीत राख्ने बताउनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ ।...

दुर्लभ वन्यजन्तु सालक जोगाउन सचेतना कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले/ चौतारा सिन्धुपाल्चोक डिभिजन वन कार्यालयले सालकको बासस्थान संरक्षण र व्यवस्थापन सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम गरेको छ । मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो । सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण गर्नुपर्नेमा सहभागिहरुले जोड दिँदै सम्बन्धित निकायले पनि सालक संरक्षणमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीय गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । सालकको मुख्य आहारा मानिसको बालीनालीमा दुःख दिने धमिरा र किरा मानिन्छ । सामुदायिक वन र वैज्ञानिक वनका नाममा अव्यवस्थित रूपमा जङ्गलको घना क्षेत्र मासिन थालेपछि सालकको बसोबास क्षेत्र सङ्कटमा परेको धादिङका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सचेतन...