सम्पर्क

Author: लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा १० हजारबढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आगामी जेठ १३ गतेदेखी सूरु हुने पोलियो बिरुद्धको खोप अभियानमा  सिन्धुपाल्चोक जिल्लाका १० हजार भन्दाबढी बालबालिकालाई लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख डा. दुर्गा बजगाईले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १० हजार भन्दा बढी बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो । खोप अभियान जेठ १३ गते देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । पोलियो रोग बिरुद्ध आई.पि.भि खोप अभियान २०८१ को सम्बन्धि जिल्ला स्तरिय पुर्ण खोप दिगोपना समन्वय समिति तथा सरोकारवालाहरुको बुधबार बसेको बैठकमा उँहाले यस्तो जानकारी दिनुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिससका उप प्रमुख पदम नेपालले सहभागिहरुलाई स्वागत गर्दै हरेक वडा हरेक घरमा यो अभियानमा लान पर्ने...

सुनखानिमा मादक पदार्थ बिक्री वितरण र जुवा तास खेल्न रोक

समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिका वडा नं. ५ मा मादक पदार्थ उत्पादन, सेवन, बिक्री वितरण र जुवा तास खेल्न निषेध गरिएको छ । सुनकोशी गाउपालिका वडा नं. ५ को जेठ ४ गते शुक्रबार बसेको सर्वदलीय बैठकले वडा नं. ५ का अध्यक्ष जाल बहादुर लामाको प्रस्तावलाई पारित गरेको हो । गत ४ गते बसेको सर्वदलीय बैठकले वडा नं. ५ भित्र मादक पदार्थ बेलुकी ८ बजेपछि बिक्री वितरण गर्न नपाउने र जुवा तास खेल्न पुर्ण रूपमा निषेध गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि वडा अध्यक्ष लामाले प्रचारप्रसार लगायतका अन्य तयारी सुरु गर्नु भएको छ । सर्वदलीयमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगाएतका पार्टि प्रतिनिधि वडाका बुद्धिजीवीको उपस्थितिमा उक्त निर्णय गरिएको हो । सोही निमय विपरित जुवा तास खेलाउनेलाई ५ हजार जरिवाना खल्नेलाई ३ हजार जिरिवाना गरिने छ भने मादक पदार्थ सेवन गरि होहल्ला झैझगड...

तुना चप्पल बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
रोजगारी र आयमा वृद्धि अबको समृद्धि भन्ने अभिप्रायले चप्पल बनाउने तालिम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १ मा सञ्चालित तालिमको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईको अध्यक्षतामा सम्पन भएको हो । कार्यक्रममा जागृत महिला सहकारी संस्था मार्फत भावि दिनमा व्यबसायिक रूपमा व्यबसायिक चप्पल बन्ने गरि प्रविधि (मेसिन) हस्तान्तरण समेत गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले अब तालिम तालिममा मात्र सिमित नगरी व्यबसायिक रूपमा सञ्चालन गर्नको लागि अनुरोध गर्दै आफ्नो तह र तप्काबाट सहजिकरण गर्नै कुरा व्यक्त गर्नुभएको छ । साथै वडा नं.१ का वडा अध्यक्ष र जनप्रतिनिधिहरूको सक्रियतामा सञ्चालित कार्यक्रम वडा कार्यालयमार्फत थप अनुगमन मुल्यांकन र पृष्ठपोषण प्रदान गर्दै व्...

पाँचपोखरीको लार्के स्थित निकताता बन्यो झोलुङ्गे पुल,स्थानीयमा खुशीयाली

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
    देबराज सुबेदी, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३मा पर्ने निकतातामा झोलुङ्गे बनेपछि स्थानिय खुशी भएका छन् । लार्के गाउँबाट लगभग ४ घण्टा हिडेर पुगिने निकतातामा पुल बनेसँगै स्थानिले खुशियाली मनाएका छन् ।पुल निर्माणसंगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानियले बताएका छन् । लार्के नदिमा नदीमा पुल नहुँदा स्थानीयले मात्र नभएर पर्यटकहरुले समेत धेरै समस्या भोग्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय बुद्धरानी तामाङले बताउनुभयो ।हिउँदको समयमा फड्के लगायत अन्य माध्यमबाट तुल तर्दै आएपनि बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । आफ्नो ज्यान जोखिममा पारेर खोला तर्ने गरेका स्थानिय गाउँपालिकाले पुल बनाइदिएपछि खुशि भएका हुन् ।नवनिर्मित झोलुङ्गे पुलको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै...

कान्तिपुर मिडिया हाउसमा प्रहरी सिरोहियालाई कार्यकक्षबाटै नियन्त्रण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उँहाकै कार्यकक्षबाट नियन्त्रणमा लिएको छ। सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो।नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो।उँहालाइ पक्रेर लैजाँदै गर्दा उपस्थित समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।कान्तिपुर मुख्यालयमा पुगेर नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले कुनै पनी सञ्चार गृहमा प्रहरी प्रवेश गरेर कार्य कक्षबाट पक्राउ गर्नु सरकारले गलत गरेको बताँउदै अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको बताउँनु भयो ।  ...

शितलादेवी माविले मनायो ६३औँ बार्षिकोत्सब

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० शिखरपुरमा रहेको श्री शितलादेवी माध्यामिक विद्यालयको ६३ औँ बार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा र मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको विशेष आतिथतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हामिले अझ शिक्षामा धेरै सुधार गर्नुपर्ने हुन्छ । यो विद्यालयको मैले धेरै प्रशंसा गरिराख्नु नपर्ने बताउनु भयो । प्रमुख अतिथि तामाङले विकास निर्माण र शिक्षा क्षेत्रमा हामिले उत्तिकै काम गरिरहेको बताउनु भयो । मेलम्ची नगरपालिका भित्रका सम्पुर्ण विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न मेलम्ची नगरपालिका सदैवा तयार रहेकोे बताउनुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम मेलम्ची नगरपालिकाक उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले शिक्षा क्षेत्रमा उ...

कोठाभाडा तिर्न नसक्दा…

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, ८ जेठः काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि सोेचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा सोही कारणले उनले आत्महत्या गरेको खुलेको जानकारी दिनुभयो । कालो कपडाले मुख छोपिएको र घाँटी काटिएको अवस्थामा उनको शव आज विहान फेला परेको प्रहरीको भनाइ छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कृष्णको शव भेटि...

स्वतन्त्र जिम्मेवारीबाट कान्तीपुर पछी नहट्ने सिरोहियाको दाबी

ब्रेकिङ न्युज १, विचार, समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा आफुहरु कुनै पनि अवस्थामा सम्झौता नगर्ने जनाउनु भएको छ । उँहाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ’सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो भन्नु भएको छ । कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले यस्ता सबै हर्कत भइरहे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाउँनु भएको छ । पक्राउ पुर्जी जारी भएपछि उँहालेयस्तो बिज्ञप्ती निकाल्नु भएको हो ...

सिन्धुपाल्चोकमा ‘आमा बचाउ’ अभियान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
चौतारा (सिन्धुपाल्चोक), ८ जेठः जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले राससलाई बताउनुभयो । गाउँपालिकामा शिविर सञ्चालन गरी आङ खस्ने समस्या भएकाको शल्यक्रिया गर्न बिरामी छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक स्थिति कमजोर भएका महिलालाई विशेष प्राथमिकता राख्दै गत वर्ष आङ खस्ने समस्या भएका २१ जनाको शल्यक्रिया गरिएको थियो । यसपटक १४ जनाको शल्यक्रिया गरिसकेको र चारजनाको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख साहले बताउनुभयो । अर्थाभावका कारण उपचार गर्न नसकी कुनै पनि आमाले अकालमा ज्यान ...

खावा धुलिखेल सडक २दिन बन्द

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
अरनिको राजमार्ग अन्तर्गत खावा धुलिखेल दिउँसो सडक ११बजे देखी ३ बजे सम्म बन्द रहने भएको छ । निर्माणाधीन धुलिखेल–खावा ४ किलोमिटर सडक निर्माणका लागि यहि जेठ ८ र ९ गते दुई दिन दिउँसो सवारी साधन आवत जावत बन्द गरेर सडक मर्मत गरिने भएकाले बन्द गरिएको हो । सडक सुचारु हँुदा सडक मर्मतमा कठीनाइ हुने भएकाले सडक बन्द गरेर मर्मत गर्नका लागी बन्द गरिएको हो । जिल्ला समन्वय समिति , काभ्रेपलान्चोकमा बैठक बसेको भएको सरोकारवालाहरूको बैठकले दुई दिनको ४ घण्टा अत्यावश्यक बाहेकका सवारीसाधन बन्द गरि सडक निर्माण गर्ने निर्णय गरेको ले सडक मर्मतका लागी जिल्ल प्रशासन कार्यलय काभ्रेले सुचना प्रकाशित गरी सबैलाइ जानकारी गराएको हो ।सो दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स , शवबाहन र सुरक्षा निकाएका सवारीसाधन बाहेक अन्यलाई आवातजावतमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । उक्त समयमा दोलालघाट–पाँचखाल हुँदै धु...