बाढीबाट प्रभावित स्थानीय किसानहरूलाई मौरीपालनसम्बन्धी कार्यक्रम
मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङमा बाढीबाट प्रभावित स्थानीय किसानहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले मौरीपालनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रममा Prakriti Research Center (PRC) को सहकार्य र उत्तम मार्ग साना किसान कृषि सहकारी संस्था लि. को व्यवस्थापनमा, देबस्थली मौरी कृषि फर्म, तार्केश्वर–२ का सञ्चालक श्यामकृष्ण श्रेष्ठबाट उपलब्ध गरि ४५ वटा आधुनिक मौरीका घारहरू स्थानीय किसानहरूलाई प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष बालकृष्ण देउजाले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा मेलम्ची नगरपालिका उप–मेयर उमा प्रधानको विशेष उपस्थिति रहेको थियो । उप–मेयर प्रधानले मौरीपालनजस्ता साना तर प्रभावकारी उद्यमले गाउँघरमा वैकल्पिक आम्दानीका स्रोत खोल्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत सकारात्मक प्...
