सम्पर्क

डडुवामा अचार बनाउँने तालिम सुरु

सिन्धु पाल्चोकजिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा गोलभेडा लगाएत बिभिन्न प्रकारका अचार बनाउँने तालिम सुरु भएको छ । बागमती प्रदेस सरकारको सशर्त अनुदान अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आथीृक सहयोगमा नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा माझी तथा पिपन्न परिबारका लागी आयआर्जन कार्यक्रम अन्तरगत स्थानीय स्तरमा उत्पादीत सामाग्रीहरुलाइ प्रयोग गरेर बजारी करण गर्नका लागी अचार निर्माण गर्ने कार्यको तालिम सुरु गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर पालिकाका लेखा समितीका संयोजक एवम वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्तामा तालिमको सुरुवात गरिएको हो ।

स्थानीय स्तरमा उत्पादन हुने गोलभेडा, लप्सी, काउली, अमला, स्कुस लगाएतका सामाग्रीहरुको अचार निर्मााण गरि बजारमा बिक्री गर्ने उद्धेश्यका साथ नेत्रज्योती कृषी सहकारी सस्थाले यो तालिम सञ्चालन गर्न लागेको सस्ँथाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । कार्यक्रमको उद्धघाटन समारोहका प्रमुख अतिथी प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगर भित्रका उद्यमीहरुलाइ नगरपालिकाले हरेक काम कार्यमा सहयोग गरिरहेको बताउँदै सरकारले गरेको हरेक सहयोग हरुको उपलब्धी हुन पर्ने बताउँनु भयो । उँहाले नगरपालिकाले गाँउमा उत्पादन गर्ने हरेक सामाग्रीहरुको बजारीकरण गर्नका लागी नगरपालिकाले सहयोग गरिरहेको बताउँनु हुँदै कृषकहरुको उत्पादनलाइ प्रोत्साहन दिन समेत नगरपालिका लागी परेको हुँदा उत्पादनमुलक काममा लाग्न सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा बिशेष अतिथी वडा अध्यक्ष उद्धब नेपालले गाँउमा उत्पादन भएका सामानहरु गाँउमा नै उद्योग सञ्चालन गरेर व्यवसायीक रुपमा बजारीकरण गर्न चाहेको र यसका लागी नेत्रज्योती कृषी सहकारी सस्थाले सुरु गरेको यो तालिमले ठुलो मद्धत पुग्ने बताउँनु भयो । सहकारी सस्थाहरुको तर्फबाट सम्बोधन गर्दै जनहित दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष तथा डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रअ बद्री प्रसाद नेपालले स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाइ बजारी करण गर्न नेत्रज्योती कृषी सहकारी सस्थाले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । कृषक समुहका तर्फ बाट मोहन बस्नेत सम्भुले नेत्रज्योती कृषी सहकारी सस्थाले नँया नँया कामको सुरुवात गरेर आय आर्जनमा सहजी करण गरिएिकोमा बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा सहभागी अन्जु माझीले माझी समुदायलाइ लक्षीत गरेर यस्तो प्रकारको तालिम अहीले सम्म कसैले नदीएको र यो तालीमका कारण हामीलाइ आय आर्जनमा सहयोग पुग्ने बिश्वास गर्दे तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्ने बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी सस्थाका अध्यक्ष चतुर बहादुर तामाङ्ग,माझी समुदायका ब्यक्तीत्वहरु लगाएतका उपस्थिती रहेको थियो । उद्धघाटन समारोह वडा कार्यलयको प्राङ्गणमा भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अचार बनाउँन समेत सूर गरिदिनु भएको थियो । नगर पालिका उद्यमी बिकास शाखाका सहज कर्ता अर्जुन गतराजले अचार बनाउँने तरिका , अचार बनाउँदा हुने फाइदा, अचार बनाउँदा ध्यान दिन पर्ने सबषयमा समेत जानकारी दिनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाले आगामी बषै देखी गाँउमा उत्पादन भएका गोलभेडा गाँउमा नै खपत गर्ने योजना अनुसार यो कार्यक्रम गर्न लागेको सस्थाका कोषाध्यक्ष सिता बानीयाले बताउँनु भयो ।