सम्पर्क

Month: २०८१ चैत्र २० बुधबार

पुर्वमन्त्री बस्नेतको सिफारिसमा बर्दानेश्वरमा फ्रि वाईफाई

समाचार
सुनकोशी गाँउपालिका वडा नं. ५ बर्थान स्थित रहेको पर्यटकीय धार्मिक स्थल बर्दानश्वर महादेव मन्दीर परिसरमा पुर्वमन्त्री मोहन बहादुर बस्नेतको सिफारिसमा फ्रि वाईफाई संचालनमा आएको छ । पुर्वमन्त्री बस्नेत सुचना तथा संचार मन्त्री हुदा सिन्धुपाल्चोकमा फ्रि वाईफाई जोन बनाउने अवधारणा अनुसार बस्नेतको निर्देशनमा यरो नेटसँग बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थासँग सम्झौता गरि फ्रि वाईफाई संचालनमा ल्याएको बर्दानेश्वरका अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । “फ्रि वाईफाई भएन भनेर कुरा काटेर हिडेर मात्र कहाँ फ्रि वाईफाई आउँछ त यसको पनि प्रक्रिया हुन्छ । प्रक्रिया पुर्याए र आवश्यकता भएको ठाँउका जनताको माग बमोजिम सिफारिस गरिने छ । बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले मसँग समन्वय गरेर सबै किसिमको प्रक्रिया पूरा गरेर आउनु भयो । त्यहाँ जनताले फ्रि वाईफाई चलाउन पाए, पुर्व मन्त्री बस्नेतले भन्नुभयो ।” ...

राष्ट्रिय सहकारी दिवसको अवरसरमा मेलम्चीमा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
“मर्यादित सहकारी समुन्नत समाज“ को मुल नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वागत गर्दै नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारीमा भएका समस्या , समाधान कसरी गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो । सहकारी प्रशिक्षण विभागका प्रशिक्षक नवीन मैनालीले उठेका प्रश्नका जवाफ र स्पष्ट पार्नु भयो । मैनालीले सहकारी, यसका मुल्य मान्यता , इतिहास , यसका समस्या र त्यसको समाधानका उपायबारे जानकारी दिदै मुनाफाको बारेमा समेत जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीको बारेमा जानकारी दिदै मेलम्ची नगरपालिकाको सहकारी ऐन , नगर सहकारी समन्वय समिति गठन भएको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले बचत गर्दा भोलिका दिनमा सजिलो हुने बताउदै सहकारी मापदण्ड अनुसार चल्नु...

भब्य बन्यो ईद धमका, कतारमा टक,पल र स्मारिकाले झुमाए दर्शक

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार सांझको ५ बज्न लागेको थियो । हलमा उपस्थित दर्शकहरुको नजर स्टेज तिरै पलको प्रखाईमा रहेको थियो । जब सुपरस्टार तथा नायक पलशाहको हलमा ईन्ट्री भयो,एकाएक कोहाहल मच्चियो, हुटिङ्ले मन जित्यो,जब जब शाह स्टेज चढेर सामुहिक नृत्यमा प्रस्तुति दिन सुरु गरे,वाह,वाह र तालीले तहल्का पिट्यो,नेपालमा हुने मेला महोत्सवको भन्दा कम थिएन पलको शानदार प्रस्तुति झन्डै आधा घन्टा भन्दा बढी पछिल्लो समय सर्वाधिक चर्चामा रहेका विभिन्न गितहरुमा सामुहिक नृत्यमा आफ्नो प्रस्तुति दिनुभयो ।   पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका बिशेष गरि लोक गित,लोक पप र देउडा गित गाउने युवा पुस्तादेखी बृद्धसम्म सबैको रोजाईमा पर्ने भर्षटायल गायक टकं तिमिल्सिना स्टेज चढेर कतार सम्म आउन बाताबरण तय गर्ने कार्यक्रम संयोजक तिलु शर्मा पौडेल तथा आयोजक टिम प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो प्रस्तु...

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसँग सामीको अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धीे अन्तरक्रिया गरेको छ । मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरी सुरक्षित बैदेशिक रोजगारका सवालहरुमा छलफल गरिएको हो । सिन्धुपाल्चोक जिल्लाका ६ वटा पालिकामा सञ्चालित कार्यक्रमको प्रभावकाबारेमासामी कार्यक्रमका संयोजक अरुण पौडेलले जानकारी दिनुभएको थियो । संयोजक पौडेलले कार्यक्रममा सहजिकरण गर्दै बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन सूचना र न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता जस्ता कार्यक्रमहरु नियमित सञ्चालन गरिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा गएकाहरुको उद्धारका लागि तथा वैदेशिक रोजगारमा जानेहरुका लागि सुरक्षित, मर्यादित र भरपर्दाे सीप सिकेर मात्रै जान यस परियोजनाले सुझाव दिने गरेको बताउनुभयो । उहाँले वैदेशिक रोज...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

खेलकुद, समाचार
 तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिनुभएको थियो । महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो । सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानको लागि ७ वर्ष, ९ डानको लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत उहाँले जनाउनसभयो । यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । दुई दशकअघि देखि गुरुङसँग परिचित रहेको बताउने उनले यसले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उचो बनाएको बताउनुभयो । यो उप...

जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीसमक्ष नेपाल पत्रकार महासंघले बुझाए ध्यानाकर्षण पत्र

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारी किरण थापा समक्ष ध्यानाकर्षण पत्र पेस गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको पत्रकार महासंघका अध्यक्ष धुव्र दंगालको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो । चैत्र १५ गते (शुक्रबार) भएको काठमाडांैको तिनकुने भएको राजावादीहरुले गरिएको हिंसात्मक आन्दोलन प्रदर्शनमा घरमा थुनिएर आगोमा जलेर यूभीन्युज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा सलंग्न सबैलाई फौजदारी अभियोग कारबाही गर्न तथा उहाँको परिवार लाई क्षतिपूर्ति दिन, संञ्चारमाध्यम र संञ्चारकर्मीहरूमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षतिपूर्ण संञ्चार गृह र संञ्चारकर्मीहरूलाई यथोचित क्षतिपूर्तिको साथस...