सम्पर्क

पुर्वमन्त्री बस्नेतको सिफारिसमा बर्दानेश्वरमा फ्रि वाईफाई

सुनकोशी गाँउपालिका वडा नं. ५ बर्थान स्थित रहेको पर्यटकीय धार्मिक स्थल बर्दानश्वर महादेव मन्दीर परिसरमा पुर्वमन्त्री मोहन बहादुर बस्नेतको सिफारिसमा फ्रि वाईफाई संचालनमा आएको छ । पुर्वमन्त्री बस्नेत सुचना तथा संचार मन्त्री हुदा सिन्धुपाल्चोकमा फ्रि वाईफाई जोन बनाउने अवधारणा अनुसार बस्नेतको निर्देशनमा यरो नेटसँग बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थासँग सम्झौता गरि फ्रि वाईफाई संचालनमा ल्याएको बर्दानेश्वरका अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
“फ्रि वाईफाई भएन भनेर कुरा काटेर हिडेर मात्र कहाँ फ्रि वाईफाई आउँछ त यसको पनि प्रक्रिया हुन्छ । प्रक्रिया पुर्याए र आवश्यकता भएको ठाँउका जनताको माग बमोजिम सिफारिस गरिने छ । बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले मसँग समन्वय गरेर सबै किसिमको प्रक्रिया पूरा गरेर आउनु भयो । त्यहाँ जनताले फ्रि वाईफाई चलाउन पाए, पुर्व मन्त्री बस्नेतले भन्नुभयो ।”
अघिल्लो स्थानिय सरकारको पालामा बजेट बिनियोजन गरी भौतिक निर्माण सुरू गरिएको बर्दानेश्वर महादेव मन्दिर पुर्वमन्त्री बस्नेतले नै २०७७ पौष १८ गते उद्घाटन गर्नुभएको थियो । सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष ०८१÷०८२ को ५ लाख बजेटमा हाल मन्दिर मर्मत कार्य समेत भई रहेको छ । गत वर्ष मन्दिर संरक्षण संस्थाले २०८० चैतमा धार्मिक महोत्सव तथा श्रीमत् भागवत सप्ताह ज्ञन महा यज्ञ लगाई सहयोगी दाताहरूसँग ७ लाख ७१ हजार रूपैयाँ समेत उठाएको थियो । धार्मिक महत्सव तथा सप्ताहमा भएको खर्च कटाए र बचेको पैसाले पुर्व मन्त्री बस्नेतकै सल्लाह अनुसार २०८१ भदौबाट एम्बुलेन्स संचालनमा ल्याएको हो । सुनकोशीका आर्थिक अबस्था कम भएका बिरामिहरूलाई निःशुल्क अस्पताल लाने ल्याउने समेत गरिरहेकोको संस्थाका अध्यक्ष बस्नेतले बताउनुभयो ।