सिन्धुपाल्चोक कांग्रेस सभापति जंग बहादुर लामाले सिन्धुपाल्चोकमा कांग्रेसलाई ८४ को चुनावमा पहिलो र बलियो बनाउन भातृ संघ संस्थाहरु जुर्मुराएको बताउनुभएको छ ।
बिहिवार नेपाल तामाङ संघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै सभापति लामाले २०८४ सालको चुनावमा जिल्लामा नेपाली काँग्रेसलाई पहिलो र बलियो पार्टी बनाउन भातृ संगठनहरु जुर्मुराएको देख्दा खुशी व्यक्त गर्नुभयो ।
सभापति लामाले तामाङ संघ जन्मेको १८ वर्षपछि बल्ल आज अधिवेशन भएकोले यो ऐतिहासिक दिन भएको बताउनुभयो । तर १८ वर्षसम्म संगठन नबन्दा नेतृत्व विकास नभएकोमा उनले दुखेसो समेत पोख्नुभयो । तामाङ संघको स्थापनले पार्टीलाई थप उचाईमा पुर्याउने विश्वासका साथ सिन्धुपाल्चोकमा काँंग्रेसलाई मजबुत बनाउन संगठनहरु सक्रिय भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङले देश विकासमा तामाङहरूको ठूलो भूमिका रहेको बताउँदै सबै जातजाति संवैधानिक अधिकार प्राप्त गर्न भए पनि संगठनमा आबद्ध हुनुपर्ने बताउनुभयो । नेतृत्व प्राप्त गर्न प्रयास गर्न र एकताबद्ध हुन जरुरी रहेको बताउँदै तामाङहरूले शैक्षिक योग्यताको क्षमतालाई बढाउनुपर्नेमा उहाँको जोड थियो ।
यस्तै पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले कार्यक्रममा उपस्थिति उल्लासमय ऊर्जा देख्दा खुशी व्यक्त गर्दै तामाङ संघ गठनले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । लोकतान्त्रिक राज्य व्यवस्था मा सबै जातजातिको समान भूमिका रहने बताउँदै देशमा राजावादीको अराजक गतिविधि प्रति आक्रोश पोख्नुभयो ।
यता नेपाल तामाङ संघका केन्द्रीय सदस्य विश्वकल्याण लामाले तामाङ संघ मण्डलेहरूको संघ नभई लोकतान्त्रिक पद्धतिबाट तामाङ समुदायलाई राजनीतिमा प्रतिनिधि गराउने प्लेटफर्म भएको बताउनुभयो ।
त्यस्तै सिन्धुपाल्चोक आदिवासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष थुप्तेन ग्याल्बो लामाले राज्यले हामीलाई पेलेको बताउँदै तामाङहरू अझै न्यायपालिका, व्यवस्थापिक र कार्यपालिकामाले प्रतिनिधित्व गर्नुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै तामाङ संघ बागमती प्रदेशका अध्यक्ष बिमल मोक्तानले सिन्धुपाल्चोक जिल्ला तामाङहरूको बाहुल्यता जिल्ला भएको बताउँदै ८४ को निर्वाचनमा तामाङ जातिलाई जिताउन अनुरोध गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आईतमान तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापति ईन्द्रलोचन धिताललगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।
बिहीबार जिल्लाको पार्टी कार्यालयमा भएको प्रथम अधिवेशनले तामाङको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा वीर बहादुर तामाङ पख्रिन, वीर बहादुर स्याङतान, सचिवमा विक्रम बहादुर तामाङ कोषाध्यक्षमा शेर बहादुर तामाङ चयन हुनुभएको छ ।
सहसचिवमा भने लाक्पासागर लामा र तेज बहादुर तामाङ चयन हुँदा सदस्यहरूमा भने सदस्यहरूमा ःसुमित्रा तामाङ, कामना तामाङ, रेशम बहादुर तामाङ, सन्तोष तामाङ, सचिन तामाङ, राजु तामाङ, निरज लामा, जमुना तामाङ, सुकुमाया तामाङ, पदम बहादुर तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
अध्यक्षमा चयन भएपछि संघका अध्यक्ष क्षेत्र बहादुर तामाङले जिम्मेवार कुशलताको साथमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । कांग्रेसलाई मजबुत बनाउन तामाङ संघलाई सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभयो । तामाङ संघलाई जागरूक बनाउन अग्रसर हुने समेत उनले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोकको भातृ संगठन नेपाल तामाङ संघको अध्यक्षमा क्षेत्र बहादुर तामाङ चयन हुनुभएको छ । तामाङ इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष समेत हुनुहुन्छ ।