पत्रकारको कार्यक्रममा उद्घाटनको फरक शैलीः आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्णपालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौँ’, उद्घाटनका क्रममा सहभागी सबै पत्रकारले भने । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल कार्यक्रममा सहभागी भएका विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीले यस्तो प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको ब...
