सम्पर्क

Month: २०८० असार १८ सोमबार

बालमैत्री घोषणाको पुर्व तयारीको लागी १ दिने अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणाको पुर्व तयारीको लागी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । वालमैत्री वडा घोषणाको लागि वालमैत्री स्थानीय शासनको लागी न्युनतम सुचकहरुलाई पुरा गर्नका लागी स्वास्थ्य कर्मी ,शिक्षक , विद्यालय व्यवस्थापन समिति र वालसञ्जालले खेल्न सक्ने भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सोमबार नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । बालमैत्री स्थानीय तह घोषणाको लागी स्वास्थ्य संस्था र शैक्षिक संस्थाको भुमिका महत्वपुर्ण हुने हुदा यस सँग सम्बन्धीत सबै जिम्मेवार भएर लाग्नु पर्ने उपप्रमुख सिता थापाले बताउँनु भयो । अधिकार र कर्तव्यको पालनलाई बालबालिकाको उच्चतम हितलाई ध्यानमा राखेर कतिबिधि सञ्चालन गर्नुपर्ने सहभागीहरुको जोड थियो । चौतारा सागाँचोकगढी ...

विपदमा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पूर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको छ । फाउण्डेसनका अध्यक्ष बालकृष्ण देउजाले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा जिल्लाले शिलशिलेवार ढंगले भोगेका विपद् औल्याउँदै आगामी दिनमा जोखिमपूर्ण वस्ती स्थानान्तरण, खाद्य तथा औषधीको सुरक्षित भण्डारण, अक्सिजन तथा प्राथमिक उपचारको तयारी, स्थानीय समुदायलाई जनचेतना प्रवाहलगायतका विषय उल्लेख गरिएको छ । पत्रमा विभिन्न सममयमा भएका प्राकृतिक विपद्बाट भएका क्षतिको उल्लेख गर्दै पूनस्थापना र पूननिर्माणमा ध्यान दिन सरकार समक्ष आग्रह समेत गरिएको छ । फाउण्डेसनले गराएको ध्यानाकर्षण पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले उपलब्ध स्रोत तथा शक्ति परिचालनको ब्यवस्था...

जिल्लास्तरिय नगरकप ब्याटमिन्टनको उपाधि किसन र राजनको जोडिलाई

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट जारी प्रतियोगितामा पुरुष डवलतर्फ मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडीले जित हात पारेका छन् । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनु भएको हो । त्यस्तै महिला सिङ्गलतर्फ चौताराकी प्रजिना बस्नेतलाई हराउँदै बाह्रबिसेकी टासी डोल्मा शेर्पा प्रथम हुनुभयो भने पुरुष भेट्रानतर्फ भने खाडीचौरका साजन न्यौपाने र राकेश थापाको जोडीले जित हात पारेका छन् । विजयी खेलाडीलाई पुरस्कार, मेडल, ट्रफी वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साहलाई जिवन्त राख्दै जिल्लास्तरमा मात्र हैन राष्ट्रियस्तरका खेलाडी बनाउनका लागि नगरपालिकाले यथासक्य सहयोग र समन्वय ग...

स्वास्थ शिविरबाट स्थानीयले पाए गाउँमा नै सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ टेकानपुर स्वास्थ चौकीमा शनिबार बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरिएको छ । विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (ज्च्म्ऋ) बनेपा , नेपाल कोरियन अस्पतालका भ्ल्त् डाक्टरहरु र त्रिपरासुन्दरी गाउँपालिका संगको संयुक्त आयोजनामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य जाँच तथा पुनर्स्थापना घुम्ती शिविर सम्पन्न भएको हो । स्वास्थ शिविर कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वोज बोहराबाट शुभारम्भ गरिएको थियो भने वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ शिविर भएको थियो । स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहका अनुसार स्वास्थ शिविरबाट नाक, कान घाटीको समस्या ,हाडजोर्नी, बाङ्गो,खुस्कीएको,हड्डी पाकेर पिप निस्केको, जोर्नी दुख्नेसुन्नीने, र आगोले पोलेर अपाङ्गता आदी समस्या ...

श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विषयक अन्र्तक्रिया

ब्रेकिङ न्युज २, समाचार
श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको सँयोजनमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्कीले श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले ऐन कार्यान्वयनकाक्रममा देखिएका चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी वरालले समसामयीक राजनिति र डिजिटल विस्फोट विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा क्रियाशिल पत्रकारहरुले सिन्धुपाल्चोकको पत्रकारिताको अवस्था, यहाँका चुनौतिहरु र श्रमजिवी प...