सम्पर्क

समाचार

४ जना नक्कली परीक्षार्थी पक्राउ

समाचार
चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका–१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका–५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेका छन । स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्...

६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदै

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा यही चैत्र २५ देखि ३० गतेसम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका ६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ४ सय ४६ केन्द्रबाट खोप प्रदान गरिने छ । जसको लागि ४ सय ४६ जना खोप कार्यकर्ता परिचालन गरिएको खोप अधिकृत राजाराम कार्कीले जानकारी दिनुभयो । खोप अधिकृत कार्कीका अनुसार खोप सबै स्थानीय तहका विद्यालय र सम्वन्धित वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेकोे छ । जसका लागि ८ सय ९२ स्वयम्सेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिनुभयो । बालबालिबाहरुलाई २० हजार ३ सय ९० भाईल खोप प्रदान गरिनेछ । बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकाला...

पुर्वमन्त्री दुलालद्धारा ईन्द्रावती ३ र ८ जोड्ने सिपाखोला पुलको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिकाको वडा नं ८ सिपाअर्चले र वडा नं ३ बुढीचौर जोड्ने सिपाखोला पक्की पुलको उद्घाटन आज भएको हो । पुर्बमन्त्री बागमती प्रदेश सभा सदस्य युवराज दुलाल“शरद“ले उद्घाटन गर्नुभएको थियो । बागमति प्रदेशका सामाजिक विकास मन्त्रीको पहलमा बागमति प्रदेश सरकार मार्फत विनियोजित बजेटबाट पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन भएको सो पुलको २ करोड ५३ लाख लागतमा उक्त पुल निमार्ण गरिएको हो । समुदघाटन कार्यक्रममा पुर्बमन्त्री सहित ईन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, ईन्द्रावती गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष विर बहादुर तामाङ , ईन्द्रावती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष देवप्रसाद बानियाँ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायतको उपस्थिती रहनुभएको थियो । पुल निर्माण भएपछि स्थानीय वासीले खुसी व्यक्त गर्नुभयो । उक्त वडा भित्र रहनुहुने आम जनताको जनजीवन सहज हुने भएक...

रेडियो नेपालबाट उत्कृष्ट सम्बादाता सम्मान सुवेदीलाई

ब्रेकिङ न्युज १, समाचार
रेडियो नेपालले यस उत्कृष्ट सम्बादाता सम्मान सिन्धुपाल्चोकका सम्बादाता देवराज सुवेदीलाई प्रदान गरेको छ । ७२ औं बार्सिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो । सरकारका सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले रु १० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । बाढी ,पहिरो तथा कोरोना महामारिको समयमा समेत सक्रिय रुपमा काम गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।  ...

ओलीको भनाइप्रति सत्यता नभएको दाबी महामन्त्री ः गगन थापा

राजनिती, समाचार
नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस् भनेको भनाइप्रति असन्तुष्टि जनाउनुभयो । इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति सत्यता नभएको दाबी थापाको छ । ‘छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा शनिवार सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान...

पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न सक्दैन ः अध्यक्ष ढकाल

राजनिती, समाचार
आसन्न स्थानीय तहको निर्बाचनको मिति नजिकिए सँग नेपाल परिवार दलले चुनाब केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । बैकल्पीक प्रजातान्त्रीक धारको रुपमा नेपालको राजनीतिमा आएको परिवार दलको नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार नुवाकोट विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलका जिल्ला अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरुको आयु सकिएको बताउदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो बिकासको साधक हनुपर्ने नेताहरुनै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताउनुभयो । पूर्वमन्त्री समेत रहेका ढकालले देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वको प्रमुख भु...

कांग्रेस महामन्त्री थापाद्धारा इन्द्रावती रंगशाला र गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावतीको गौरव योजना ईन्द्रावती रगंशाला र गाउँपालिकाको प्रशासनिक भवनको नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाद्धारा शनिबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । कार्यक्रममा उहाँले आफ्नो मन्तव्य राख्दै देशभरीको गाउँपालिको फाईल पल्टाउदा ईन्द्रावती एक नंम्बरमा पर्नेे बताउनु भयो । गाउँपालिकाकोे भवन निर्माण गरेर राम्रो उपलब्धि हासिल गर्नुका साथै गाउँपालिकामा नमुना विकास भएकै कारण घोषणपत्र निमार्ण केन्द्रीय समितिमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई समावेश गरिएको थापाले बताउनुभयो । ईन्द्रावती रंगशाला ३ करोड ७९ लाखको लागतमा १८ महिनामा नै तयार भएको थियो भने गाउँपालिका प्रशासनिक भवन करिब ६ करोडमा तयार भएको अध्यक्ष तामाङले बताउनुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्द्रवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले ईन्...

नेपाली सेनामा सय जनाको लागि भर्ना खुल्यो, दरखास्त बैशाख १६ गतेसम्म

ब्रेकिङ न्युज १, समाचार
नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले खुुला तथा समावेशी प्रतिस्पर्धाबाट सिन्धुपाल्चोकमा कूल १०० जनाका लागि सैन्य पदमा दर्खास्त खुलाएको हो । खुला र समावेशी गरि कूल १०० संख्या मध्य खुलातर्फ ५२ जनाको कोटा छुटाइएको छ । यसैगरि कर्तव्य पालनको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका सन्ततितर्फ ३, महिलातर्फ ९, आदिवासी जनजातितर्फ १४, दलिततर्फ ७, मधेसीतर्फ १३, पिछडिएको क्षेत्रतर्फ २ कोटा छुटाइएको छ । इच्छुक उम्मेद्वारले जिल्ला सदरमुकामस्थित श्री गोरखबक्स गण लक्ष्मणडाँडा ब्यारेकमा चैत १७ गतेदेखि बैशाख १६ गतेसम्म दरखास्त पेश गर्नुुपर्ने छ । दरखास्त फारम रु १५० सुल्क तिरी खरिद गर्न सकिने छ भने खुला र समावेशी दुबै कोटामा दरखास्त दिन चाहेमा थप ३० रुपैया शुल्क लाग्ने छ । सैन्य पदका लागि १८ देखि २२ वर्षभित्रका उमेर समूहका अविवाहित महिला तथा पु...

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

राजनिती, समाचार
आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ । बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन् । उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिनुभयो । “अहिले नेपाली कांग्रेस, नेकपा ९ एमाले, नेकपा ९ माओवादी केन्द्र लगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबाब दिइरहेका छौँ”, बुढाले भन्नु...

हेलम्बुमा ‘गाउँ– गाउँ जाऔ, कांग्रेस जिताऔ’ अभियानलाई तीब्रता

राजनिती, समाचार
वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ग्याल्थुममा ‘गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र पारिएको छ । मंगलबार हेलम्बु ४ ग्याल्थुम देवीस्थान स्थित पिपलबोटमा नेपाली कांग्रेस वडा सभापति पुर्ण बहादुर तामाङको सभापतित्वमा ४३ सदस्यीय गठन गरिएको छ । उक्त कार्यक्रम नेपाली काङ्ग्रेस ४ वडा कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा टोल समिति गठन संयोजक हरि कुमार शर्माको सभापतित्वमा संचालन गरिएको थियो । नेपाली काङ्ग्रेस गाल्थुम सभापति तामाङले संगठनलाई चलायमान बनाउन वडा प्रतिनिधिहरुले वडा र टोल समिति गठन एवं बैठकहरु तिब्र पारेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कार्यसमिति सदस्य नारायण गिरीको प्रमुख आतिथ्यतामा प्रदेश ख उपसभापति राजकुमार लामिछाने महादिवेशन प्रतिनिधी लक्ष्मी सुनार, नेपाली कांग्रेस हेलम्बु ४ सभापति भरत कार्की, जनप्रतिनिधी बुद्धिमान तामाङ, नेपाल किसान संघ जिल्ला सभा...