सम्पर्क

समाचार

असोज १ गते देखी काठमाण्डौमा धुम्रपान बन्द

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  देसको राजधानी काठमाण्डौ महनगरपालिकाले संरचनाको उचित व्यवस्थापन गर्दै कानुनको अक्षरंस पालनिा गराउँने क्रममा अनधिकृत रुपमा बनेका भवनहरुको व्यबस्थापन तथा सफा काठमाण्डौ निर्माणका लागी चालेको अभियान अन्तमा कानुन बिपरित निर्माण भएका संरचनामा डोजर चलाएर व्यापक चर्चामा रहेको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गरी महानगरपालिकाका सार्वजनिक स्थललाई धूम्पान मुक्त बनाउने भएको जानकारी गराएको हो । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । सोही ऐन बमोजिम असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तम...

सिसि क्यामरा जडान गर्दै बाह्र्बिसे

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका एक पछी अर्काे लोकप्रिय काम गर्दे आइरहेको छ । १२ कक्षा सम्म निशुल्क ८कक्षा सम्म खाजा पुर्ण अपागंता भएकालाइ खाद्यन्न सहीत ह्वीलचियरको ब्यबस्था , बर्षादको समयमा बाढीपहीरोबाट अस्पताल जान नपाएकाहरुलाइ अस्पताल जाने व्यबस्थ ागर्नुका साथै कृषी एम्बुलेन्सको ब्यवस्था लगाएत बिभिन्न लोकप्रिय काम गर्दै रहेको अबस्थामा नजिकिदै गरेको दशै र तिहार जस्ता महान चाडपर्वको समयमा हुने अपराधिक क्रियाकलापहरु तथा सवारी दुर्घटना ,चोरी,लुट्पाट डकैती जस्ता कार्यहरुलाइ हुन नदिन र कुनै घटना घटीहाले तत्काल अपराधी पत्ता लगाउँनका लागी सिसिक्यामारा जडान गरिन लागेको छ । यसै सिलसिलामा कुनै पनी अप्रयि घटना हुन नदिन तथा घटेका अपराधको सफल अनुसन्धान गर्नको लागी बाह्रबिसे बजारको विभिन्न ठाउमा सिसि क्यामरा जडान गर्नको लागी बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत जि.स.स. सिन्धुपाल्...

८ वर्ष पछि फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दामा १ महिना कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साविक राम्चे गा.वि.स. वडा नं.७ ठेगाना भई हाल वाह्रविसे नगरपालिका वडा नं.९ बस्ने २९ वर्षको बुद्ध भन्ने जागृत तिमिल्सिनालाई ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७१ असोज ०२ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद र रु.७०,०००।– (सत्तरी हजार) जरिवाना सजाय भई फरार रहेका उनलाई ८ वर्षपछि बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले तिमिल्सिनालाई लागेको कैद सजाय असुलका लागि बिहिबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।...

टुकी संघ ३१ औँ वर्षमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको अग्रणी सामाजिक संस्था टुकी संघ सुनकोशी ३१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो मुख्य कार्यालय सुनकोशी गाउँपालिका वडा नंम्वर— ६ मा रहेको भवनमा मंगलवार ३० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आफ्नो स्थापना कालदेखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । आफ्नो ३० औँ वार्षिक साधारणसभामा संस्थाले कार्य गर्दै आएको कार्य क्षेत्रका स्थानीय सरकार, परियोजना सँग सम्वन्धित निकाय तथा टुकी सदस्यहरुको माझ सम्पन्न गरेको हो । पछिल्लो समय संचालमा रहेको चार वटा परियोजनाहरुवारे जानकारि दिदै संस्था मार्फत भएका सामाजिक गतिविधी, परियोजनाहरु तथा संस्थागत अवस्था तथा योजनाहरुको समेत सामाजिक परीक्षण मार्फत छलफल भएको थियो । स्थानीय सरकारको सहयोगीको रुपमा निरन्तर कार्य गर्दै आएको र यसमा निरन्तर्ता रहने संस्थाका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले बताउनुभयो । साथै स्थानीय सर...

मेलम्ची७ दुवाचौरमा भलीबल प्रतियोगिता हुने

#, खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको मेलम्चीनगरपालिकामा ७ दुवाचौरमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १३ देखि असोज १५ गतेसम्म मेलम्चीनगरपालिकामा ७  दुवाचौर खेल मैदानमा हुने भएको हो । दुवाचौरमायोङ स्टार युवा क्लब मेलम्ची ७ को आयोजनामा हुने उक्तप्रतियोगितामा प्रथम हुनेले नगद ७० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर ३ हजार लाग्ने संयोजक जय बहादुर तामाङले जानकारी दिनुभयो ।देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरू धेरै रहेकाले युवा खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।यो प्रतियोगितामा जिल्ला बाहीर...

सामाजिक उत्थान र मन्त्री बिच छलफल माग पुरा नगरे आन्दोलन

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय स्तरमा संचालित (सुप) कार्यक्रम र मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खोलाको पानी पथान्तरण पश्चात् स्थानीय जनताले प्राप्त गर्नु पर्ने (लेवि) को सुनिश्चितताका लागि ज्ञापन पत्र बुझाइएको छ । बुधबार ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष उपेन्द्र तामाङको नेतृत्वमा खानेपानी मन्त्री उमाकान्त चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । मन्त्री चौधरीलाई ५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउन ह्योसिमेसका अध्यक्ष तामाङ, याङ्ग्री लार्के स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङ्वो, ईन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष विष्णुमणी आचार्य र मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल लगाएतका मण्डल मन्त्रलाय गइ ज्ञापन पत्र बुधm...

बाल दिवस को अवसरमा बनदेबीमा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
‘बालमैत्री समाजको आधार जिम्मेवारी परिवार उत्तरदायी सरकार’ मुल नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाहरुसँग अन्तरक्रिया गरी सम्पन्न भएको छ । ग्रामिण स्वस्थ्य सेवा गुठी रेष्ट पैरवी समुहको आयोजनामा चौतारा सागाँचोकगढी नगरपालिकामा ५ वनदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा सदस्य राम बहादुर घलेले मैनबत्ति बालेर कार्यक्रमको उद्धघाटन गर्नु साथै वडामा बालबालिकालाई जाने बजेटहरुको सहि सदुगपयोग भए नभएको अनुगमन हुनुपर्ने, शिक्षकहरुले विद्यार्थीलाई समान व्यवहार गर्नुपर्र्र्नेे बताउनुभयो । त्यसैगरी वनदेवी माध्यमिक विद्यालय प्रधानाध्यापक दिपक राईले ग्रामिण स्वस्थ्य सेवा गुठी रेष्ट संस्थाले आर्थिक अवस्थाका कारण पढ्न बञ्चित भएका विद्यार्थिलाई अवसर प्रदान गरी महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गनुभयो । त्यसैगर...

ठुलो सिरु्रवारी जिल्लाकै पहीलो बालमैत्री वडा घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । उँहाले बाल बचाऊ,बाल संरक्षण,बाल विकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिमा चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ले बाल मैत्री वडाका घोषणाका लागी बालबालिकाका सवाललाई सम्बोधन गर्ने नीति, रणनीति र कार्य योजनाको तर्जुमा,सार्वजनिक सांगठनिक संरचनामा बाल मैत्री इकाईको संस्थागत व्यवस्था,बालमैत्री आवधिक र बार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वायन,बालबालिकाको हित प्रवद्र्धन गर्ने कार्यक्रममा उपयुक्त लगानी गर्ने व्यवस्था ,बालबालिका प्रति “नागरिक” स...

दशैँ तिहारमा ५ लाख सम्म छुट पाउने अफर लिएर आयो इ भी नेपाल मोटर्स ले

बिजनेस, बिदेश, समाचार
  काठमाडौं –ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ जसको नाम हो लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालन मा ल्याएको छ। नेपालि कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो ्र विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको हो । जसको नाम हो लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालन मा ल्याएको हो्.यस स्किम मा घर मै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्नु हुनेछ भने शोरुम गएर शोरुम ले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पाउन सक्नु हुनेछ यसमा २ चोटी एस ए...

दि हिमालयन भीगन फेस्टिभल आयोजना

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
भाद्र २८ काठमाडौं । नेपालका तीन प्रमुख स्थानमा दि हिमालयन भीगन फेस्टिभल आयोजना भ्इरहेको छ । भाद्र २८ देखि असोज ४ गतेसम्मको लागि एक हप्ता लामो हिमालयन भीगन फेस्टिभल २०२२ शुरु भएको हो । लुम्बिनीमा भदौको २८ २९ ,३०, ३१ र असोजको १ गते होटल सोल्टी कालीमाटी काठमाडौंमा , असोजको २, ३ एवं ४ गते होटल ग्राण्ड विराजचोक पोखरामा हुँदैछ । यस प्रकारको महोत्सव दक्षिण एशियामै पहिलो पटक हुन गइरहेको आयोजकहरूले बताएका छन् ।HVF Brochure विश्वमा बढ्दै गएको वातावरणीय प्रदुषण एवं ग्लोबल वार्मिङलाई कम गर्न, विश्वव्यापिरूपमा देखिएका क्यान्सरलगायतका असाध्य स्वास्थ्य समस्याहरूलाई निवारण गर्न, मानवमा देखिएको अमानवीय व्यवहारलाई निराकरण गर्न, विभिन्न खालका असन्तुलित र अप्राकृतिक तथा अव्यवहारिक गतिविधि आदिलाई समाधान गर्न भीगन (पूर्णशाकाहार) जीवन शैली अप्नाउनु पर्छ भन्ने निक्र्याल स्वास्थ्य विज्ञ, वैज्ञानिक, दार्शनिकलगायत...