सम्पर्क

समाचार

टोल–टोलमै सामाजिक सुरक्षा भत्ता

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – १० ले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ । बैंकिङ प्रविधिबाट वितरण गर्दै आएको भत्ता नागरिकहरुलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले टोलमा नै वितरण गरिएको वडा नंं. १० का वडाध्यक्ष निल बहादुर तामाङले बताउनुभयो । टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालेपछि जेष्ठ नागरीक , अपाङ्ग असाहय तथा एकल महिला खुशी व्यक्त गरेका छन् । टोलमै भत्ता वितरण हुन थालेपछि बिशेषगरी अपाङ्गता भएका र ज्योष्ठ नागरीकहरुलाई सहज भएको छ ।...

रेडक्रस सोसाइटीमा सुदर्शन नेपाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल रेडक्रस सोसाइटीकेन्द्रीय अध्यक्षमा सुदर्शन नेपाल निर्वाचित हुनु भएको छ । सोसाइटीको यही श्रावण ०१ र ०२ गते काठमाडौंमा सम्पन्न केन्द्रीय सभाको बिशेष महाधिबेशनबाट आगामी कार्यकालको लागी अध्यक्षमा प्रा.सुर्दशन नेपाल, महिला उपाध्यक्षमा राधा नेपाली,. खुल्ला उपाध्यक्षमासुरेन्द्र ऐर, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ,कोषाध्यक्षमा बिर बहादुर बस्नेत,उपमहामन्त्रीमा मनोज कुमारथापा, उपकोषाध्यक्ष मा डोलराज पाण्डे,सदस्यहरमा बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेल,कोशी प्रदेशबाट कृष्ण प्रसाद न्यौपाने,लुम्बीनी प्रदेशबाटः अनुपकुमार श्रेष्ठ,सुदुरपश्चिम प्रदेशबाटः लक्षीराम कुँवर,कर्णाली प्रदेशबाटः रामलाल आचार्यनिर्वाचित हुनुभएको छ यसै गरी खुल्ला सदस्यतर्फःबिष्णुराज नेपाल,उत्तम जोशी, हरि प्रसाद पौडेल, बिनोद बस्नेत,यौवन प्रकाश श्रेष्ठ, गुमानराज पुलामी,प्रा.डा. श्री कृष्णप्रसाद गौतम,सपुतबहादुर कार्की, बिरेन्द...

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताउनुभयो । सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । मादक तथा र लागुपदार्थ से...

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेबूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताउनुभएको छ । उहाँले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गर्नुभएको हो । “बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ ...

शिक्षक संगठनको जिल्ला परिषद सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
कृष्ण ढुंगाना नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९आंै जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो । संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्वव कुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष निर्मला धितालले महिला विभाग प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संगठनका पूर्व जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, बागमती प्रदेश समिति सचिब राजेन्द्रकुमार श्रेष्ठ, प्रदेश समिति कोषाध्यक्ष गोविन्द रेग्मीले विशेष अतिथीको रुपमा मन्तव्य राख्नुभएको थियो । साथै शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार प्रसा...

सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको भूमिका रहन्छः अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । आइतबार काउन्सिलद्वारा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मिडियाका सञ्चालक तथा सम्पादकहरूले आचारसंहिताबारे जानकार रहन आग्रह गर्दै काउन्सिलले उपत्यकाका अनलाइन सञ्चार माध्यमका सम्पादक/सञ्चालकलाई आचारसंहिताबारे जानकारी दिलाउने उद्देश्यका साथ आयोजना थियो । प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकार, श्रमजीवी पत्रकारहरूको प्राप्त गर्ने सेवा सुविधा, यसका ऐन कानुनका बारेमा जानकारी दिँदैे राजनैतिक तथा सामाजिक परिवेशकै कारण पत्रकारहरू असुरक्षित बन्दै गइरहेको परिप्रेक्ष्यमा समाचार लेख्नुपूर्व केकस्ता समाचार सामग्री लेख्न हुने÷नहुनेबारे पत्रकार स्वयंले विचार पु¥याउनुपर्ने धारणा र...

सार्वजनिक यातायातको भाडा घट्यो

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् । घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ ।  ...

हराउँदै लुतो फाल्ने चलन

ब्रेकिङ न्युज २, समाचार
आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् । बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताउनुभयो । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उहाँको भनाइ थियो । पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औष...

एक सय ५९ चालक कारबाहीमा

ब्रेकिङ न्युज २, समाचार
आर्थिक वर्ष २०७९÷८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए÷चलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९ साउन ९ गतेदेखि जाँच अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । लापसे गरी सवारी साधन ...

इन्द्रावती ३का आचार्य पक्राउ

समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिका ३ का तारा कुमार आचार्यलाइ प्रहरलिे पक्राउ गरेको छ । लम्जुङ जिल्ला अदालतको मिति २०५४चैत्र१६ गतेकोफैसलाले नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैदर रु, ६०,४४७।– जरिवाना भई फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ०३ बस्नेबर्ष ५८ को तारा कुमार आचार्यलाई फरार रहेको २५ वर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेइन्द्रवती गा.पा. वडा नं.०३ स्थित निज प्रतिवादीको घरबाट मिति २०८०असार२७ गतेपक्राउ गरी मिति२०८०असार२८ गते जिल्लाअदालत सिन्धुपाल्चोकमापेश गरिएकोमा अदालतले निजलाईलागेको कैद सजाय असुल उपरका लागि २८ गते नै कारागार कार्यालय चौतारा चलान गरी दिएको जिल्ल प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।...