सम्पर्क

समाचार

आजको मौसम : बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १८ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक ÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधा...

भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, १७ भदौः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवस यसै अवसरमा छोराछोरी परम्प...

शिक्षा बिनाको जीवन जिवनै होईनः नगरप्रमुख बस्नेत 

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका का नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षा बिनाको जीवन जिवनै होईन हरेक बिषयमा शिक्षाको आबश्यक हुन्छ जो सँग शिक्षा ज्ञान छैन उसले केही पनि गर्न सक्तैन त्यसैले नगरमा कोही पनी नागरिक लाइ शिक्षाबाट बञ्चीत हुन नपरोस भन्नका लागी नगरले बिशेष कार्यक्रम ल्याएको बताउँनु भएको छ । उँहाले १२ कक्षासम्म निःशुल्क शिक्षा ८ सम्म खाजाको ब्यवस्था गरेको शिक्षा क्षेत्रमा मात्रै नगरपालिकाले ३करोड३७लाख बजेट बिनियोजन गरेको र नपुग भए अझै थप्ने बताउनु भएको छ। उँहाले आइतबार नगर भरीका बिद्यालयका प्रअ हरु सँगको छलफलका क्रममा यस्तो बताउँनु भएको हो । कवडहल खोर्साननीबारीमा भएको छलफलमा उँहाले राम्रो पढाइ गर्ने शिक्षकलाई सबैले टोलटोलमा, राम्रो भन्छन् भन्दै नगरका सबै शिक्षित भयो भने त्यसको जस शिक्षकले लिने हो त्यसकारण उपलब्धी तर्फ लागी पर्न अनुरोध गर्नुभयो । शिक्षा बिनाको जीवन जिवनै होईन ...

हरिभक्त बुढाथोकीको ‘तिम्रै नाम जप्न पाऔ’ गीत सार्वजनिक

मनोरन्जन, समाचार
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘तिम्रै नाम जप्न पाऔ’ सार्वजनिक भएको छ । टेक विसी र जुनु गौतमको स्वर, भीम बिसीको संगीत र कुमार रानाको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ । गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ । ‘सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ’ गीतमा भनिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई बि(स्टार फिल्मसले सम्पादन गरेको हो ।...

सुनकोशी गाउँपालिकाको निर्णय, गाउँपालिकाले नै विद्यार्थी भर्ना गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिका भित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका विद्यार्थीहरुलाई आफैले भर्ना गरिदिने भएको छ ।गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिका भित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो । सोही व्यवस्था अनुसार साउन देखि गाउँपालिका का विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका क्याम्पसमा अध्ययन गर्दा भर्ना शुल्क दिनु नपर्ने र गाउँपालिका आफैले विद्यार्थीहरुको भर्ना गरिदिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।सुनकोशी गाउँपालिकामा दुइ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् । सुनकोशी गाउँपालिका–१ मा ठोकर्पा सामुदायिक क्याम्पस र ७ नम्बर वडामा सुनकोशी क्याम्पसञ्चालनमा रहेका छन् ।गाउँपालिका भित्र रहेका यी दुवै क्याम...

‘सूचनाको हक हरेक क्षेत्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
पाटन (ललितपुर), १५ भदौ : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पुर्‍याउन आयोजित प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख सूचना आयुक्त डा गुरुङले सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने बताउनुभयो । उहाँले सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्ने भन्दै सूचना लुकाउनु जायज नहुने धारणा राख्नुभयो । मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको भन्दै डा गुरुङले सूचनाको हक संविधानको धारामा मात्र व्यवस्था नभइ अभ्यास र कार...

बार्षिकोत्सबको उपलक्ष्यमा रिलायवल द्धारा शैक्षिक सामग्री हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको भाद्र १५ गते पर्न गएको सातौं बार्षिकोत्सबको अबसरमा शाखा कार्यालय चौतारा द्धारा सिन्धुपाल्चोक जुगल गाँउपालीका बिशिङ्खर स्थित श्री जुगल माध्यमिक बिद्यालयमा अध्ययनरत १८५ जना बिद्यार्थीहरुलाई शैक्षिक एवम खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवम सोही वडाका अध्यक्ष टंक तामाङ बिद्यालयका प्रधानाध्यापक सुकलाल तामाङ अन्य शिक्षक शिक्षिकाहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा चौताराशाखाका शाखा प्रबन्धक लक्ष्मण बिष्टले हस्तान्तरण गर्नु भएको हो । वडा अध्यक्ष तामाङले रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडलाई धन्यबाद दिनुभयो । बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरणका साथै चौतारा शाखाले आफ्ना एजेन्सी म्यानेजर तथा रिलायबल एडभाइजर हरुको उपस्थितीमा केक काटेर बार्षिकोत्सब मनाएको हो ।...

ऐसेलुखर्क माविमा जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला ईन्द्रावति गाँउपालिका वडा न ५ स्थित श्री ऐसेलुखर्क मा.वि मा तेक्वान्दो डोजाङ्गका ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी,बशिेष अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह(सचिव कुमार बस्नेत रहनु भएको उक्त पक्षिामा ३५ जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सहभागी हुनु भएको थियो । कार्यक्रमको अध्यक्षता ऐसेलुखर्क माविका प्रधानध्यापक चन्देश्वर यादबले गर्नु भएको थियो।शुक्रबार भयको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका २० पुरूष र १५ महिला गरि ३५ खेलाडीहरूले भाग लिनु भएको थियो । सेतो पेटि १० जना पहेलो पेटि १६ जना,निलो पहेलो पेटि ८ जना ,र निलो पेटि १ जनले भाग लिनु भएको थियो । ३ जना उत्कृष्ट मध्य १ जना सेतो पेटिका जोशन रसाइली सर्वोउत्कृष्ट हुनु भएको थियो । सर्वोउत्क...

व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक ःनगर प्रमुख तामाङ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताउनु भएको छ । उँहाले मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रवार उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय महत्त्वपूर्ण भुमिका उद्योग वाणिज्य संघको रहेकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताउनु भयो ।   स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र मेलम्ची नगरको आन्तरिक राजस्व व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो । मेलम्ची नगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु हुँदै नगर प्रमुख तामाङले मेलम्ची न...

कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहनुभएको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले आज कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गर्नुभएको हो । विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत हुनुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।...