सम्पर्क

समाचार

भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा कार्की

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा नारायण बहादुर कार्की चयन भएका छन् । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति श्याम श्रेष्ठकोे प्रमुख आतिथ्यमा नगरको पहिलो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । नव गठित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व सभापति श्याम श्रेष्ठले समाजवादको संरक्षणमा भूपूहरुको योगदान हिजो जति थियो आज पनि समाज सुधारमा सेवा निवृत्त भूपूहरुको उतिकै रहने बताउनुभयो । शनिबार चौतारामा भएको प्रथम अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति श्याम श्रेष्ठ, बिशेष अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापति टंक बहादुर कार्की, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विल बहादुर तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रदेश नं. (क) का...

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
वेदकोट (कञ्चनपुर), २३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो । तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुट्नुभएको हो । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उहाँ सुनाउनुहुन्छ । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भन्नुभयो, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।” उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताउनुहुन्छ । उहाँको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २३ भदौ : ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम द...

केही स्थानमा भारी वर्षाको सम्भावना

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी ...

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
धरान (सुनसरी), २२ भदौ : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गर्नुभएको छ । “व्यापारको टुङ्गो हँुदै...

संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २२ भदौ : नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षाेल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण ...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

ब्रेकिङ न्युज २, समाचार
नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले राससलाई जानकारी दिनुभयो । “नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ”, पोखरेलले भन्नुभयो, “सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ रु जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ ।” सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो । सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो ।...

तीज पर्वले देशलाई एकतामा डोहो¥याएको छः मोहन बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
महिलाहरुको महान चाड तीज पर्वले देशलाई एकताको बाटोमा डोहो¥याउदै एक आपसमा मेलमिलाप अनि देशको मौलिक संस्कार र संस्कृति संरक्षण र अनुशासित जीबनमा तीज पर्वले ठुलो सहयोग पुयाएको पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।उहाँले बाह्रबिसे नगरपालिकामा आयोजित तीज बिशेष शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बस्नेतले खाना खानैका लागि तीज होइन रहेछ, यो त तामाङ शेर्पा लगाएत विभिन्न थरका मानिस र हिन्दु, बुद्ध, क्रिश्चियन, लगाएतका सबै धर्मका मानिसहरुले अघिपछी अरु पोशाकमा सजिएको भएता पनि तिजमा रातोसारी चोलोमा सजेको देख्दा यो चाडले मेलमिलाप एक आपसमा सद्भाव अनि दुखसुखका कुराहरु साटासाट गर्ने चाडको रुपमा आफुले पाएको बताउँनु भयो ।हजारौको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यो पर्बले सिङ्गो राष्ट्रला...

तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, प...

बाजुराको खप्तड छेडेदहमा बालविवाह विरुद्ध नाटक

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काँडाबाजुरा (बझाङ), २१ भदौः सामाजिक सञ्जालको देखासिकीमा चिनजान । कलिलैमा विवाह । त्यसपछि श्रीमान्को दिनचर्या मदिरामा । बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा । स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा गाउँलेको रुवावासी र पछुतो । बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नुपरेको पीडा समेटेर खप्तड छेडेदह गाउँपालिका–१ काँडा वडा कार्यालयमा प्रदर्शन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए । बालविवाहलाई मलजल गरिरहेको सामाजिक सञ्जाल र मदिरा सेवनबारे कलात्मक रूपमा प्रस्तुत गरिएको थियो । नाटकमा सानै उमेरमा गर्भवती भएर बच्चा जन्माउनु, पढाइ छाड्नु, पारिवारिक बेमेलले तहसनहस भइरहेको परिवारमा विवश किशोरीले भोगेका सास्ती देखाइयो । नाटकमा श्रीमतीको भूमिका निर्वाह गर्नुभएकी जानकी रावलको बालविवाहले पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौज गर्दै हेला गरेको, सानैमा गर्भव...