सम्पर्क

समाचार

बाह्रबिसेले बालमैत्री नगर निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछ ः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
बाह्रबिसे नगरपालिकाले नगर स्तरीय बाल सञ्जाल समिति गठन गरिएको छ । बिहिबार कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकाले बाल अधिकार संरक्षण र बालमैत्री नगर निर्माण लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने कुरा व्यक्त गर्नुभयो । बालमैत्री नगरपालिका आफैँमा व्यवहार र वातावरण भएको बताउदैं सबैले जिम्मेवारी बोधका साथ बालमैत्री नगर निर्माणको लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले बालबालिका भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार समेत भएको बताउनुभयो । कार्यक्रमको सभापतित्व गरिरहनुभएका नगर उपप्रमुख मन्जु तामाङले बालमैत्री स्थानीय शासन अन्तरगत नगरमा बाल मैत्री नगर घोषणा गर्नका लागि वडा स्तरीय बाल सञ्जाल गठन गर्दै बालमैत्री वडा घोषणा गर्न लागेको बताउँनु भयो । उहाँले बालबालिकाको हकहितका...
मंगलामाई माबिले मनायो ६३औं वार्षिकोत्सव

मंगलामाई माबिले मनायो ६३औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.४ पिस्करमा रहेको मंगलामाई माबिले आफ्नो स्थापनाको ६३औं वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिवार भब्यरुपमा मनाएको छ । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले त्रिपुराको बिकासमा कुनै कसर बाकी नराख्ने र दीर्घकालीन बिकास निर्माणका कार्यक्रम द्रुतगतिमा अगाडि बढेको बताउनु भयो । विद्यालयले घटदै गएको विद्यार्थी हरुको संख्या बढाउन गुणस्तरीय शिक्षा दिलाउन लागी पर्न अनुरोध गर्नुभयो । विद्यालयको समस्या हल गर्न पालिका लागिपरेको चर्चा गर्दै थप सहयोगको कार्यक्रम कार्यन्वयन हुने क्रममा रहेको बताउनु भयो।अध्यक्ष बोहराले अभिभावकसँग आफ्नो बालबच्चाको खानपिन देखि लिएर शिक्षा दिक्षामा चासो दिइ लागि पर्न समेत अनुरोध गर्नुभयो । विद्यालयको गुणस्तर र काम कार्वा...

कतारमा दार्शनिक डा.योगी बिकाशानन्द आउने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार “आफ्नो लागि साधना अरूको लागि सेवा”, “संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ”, भन्ने मूल नाराका साथ विकाशानन्द फाउन्डेसन विश्व परिवार कतारको आयोजनामा “योग साधना“ कार्यक्रम हुने भएको छ । जीवन योग प्रयोगशाला दोहा, कतारको सहकार्यमा आगामी फेब्रुअरी २१ तारिक का दिन श्रद्धेय डा. योगी विकाशानन्द र माता कमलेश्वरी आनन्दको साथमा दोहाको प्लाजा इन होटेलमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा डा विकासानन्द द्वारा एक दिवसीय मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, खुसी हुने कला र तनाव व्यवस्थापन साथै व्यक्तित्व विकास र सकारात्मक जीवनशैली सम्बन्धी विशेष प्रशिक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो समय कतारमा रहेका थुप्रै नेपालीहरूमा देखा परेका डिप्रेसन, एन्जाईटी, अनिन्द्रा लगायतका समस्याका व्यक्तिलाई गुरु देव र गुरु आमाको सहजीकरणमा कसरी खुसी हुने, मा...

बालविवाह न्युनिकरण र रोकथामका लागि जिल्ला स्तरीय छलफल

ब्रेकिङ न्युज २, समाचार
दिपक खत्री बिहे गर्ने उमेर नपुगी अर्थात् शारीरिक र मानसिक रूपमा सबल हुन नपाई कम उमेरमा समाजमा अझै बालविवाह गर्ने क्रम नरोकिएको तथ्य उजागर भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंगलबार जिल्ला स्तरीय सरोकारवालाहरु सँग बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धी गरीएको अन्तरक्रियामा सरोकारवालाले कानुनले मात्रै बालविवाह हटाउन नसक्ने बताउदै सचेतना अझ बढाउनुपर्ने तर्क गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा ग्रामीण महिला सिर्जनशील परिवार र आदिवासी जनजाती महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला स्तरको छलफल कार्यक्रममा समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोग लगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको निस्कर्ष निकालिएको हो । कार्यक्रमको सहजिकरण गर्दै सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर यादवले ७४ स्थानमा भएको प्रहरी...

तातोपानी नाका बन्द हुने

ब्रेकिङ न्युज १, समाचार
नेपाल र चीनबीचको स्थलमार्ग तातोपानी नाका फेरि बन्द हुने भएको छ । गत असोज १२ गतेको बाढीले बगाएको लिपिङखोला पुलमा बेलिब्रिज जडान गर्ने तयारी भएसँगै नाका बन्द गरिन लागिएको हो । २९ जनवरीमा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुने भएकाले सोही अवधिमा नाका बन्द गर्ने नेपाल पक्षको तयारी छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ समक्षीसँग समन्वय गरेर केही दिनलाई आयात बन्द गर्ने तयारी गरेको र त्यसको आधिकारिक सूचना जिल्ला प्रशासनले जारी गर्ने जानकारी दिनुभयो । नेपाल–चीन अधिकारीबिच अनौपचारिक छलफल भएअनुसार माघ ६ गतेदेखि २५ गतेसम्म आयात बन्द गर्ने तयारी गरिएको हो । वैकल्पिक मार्ग नभएकाले निर्माण समयावधिको केही दिन तातोपानी नाका बन्द हुनेछ । अहिले ह्युमपाइप बिछ्याएर ढुंगामाटोले भरिएको जोखिमपूर्ण बाटोबाट कन्टेनर आवतजावत भइरहेको छ । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार लिपिङ खोलामा बेलिब्रिज जडान...

क्यान्सर पीडित सुनारलाई एक लाख आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार “बाँके बासीको पहिचान,समुन्नत समाजको निर्माण” भन्ने मुल नाराका साथ कतारमा सन् २०१६ मा स्थापना भएको बाके सेवा समाजले गृह जिल्लाका क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । बिगत लामो समय देखि क्यान्सर जस्तो घातक रोगबाट ग्रसित बाके जिल्ला खजुरा गाउपालिका वडा नं. ६ निवासी क्यान्सर पीडित नगेन्द्र सुनारलाई बाँके सेवा समाज कतारले एक लाख एक सय दश रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो । समाजका अध्यक्ष गोबिन्द जङ्ग शाह र महासचिव गुमान सिहं खत्रीको पहलमा कतारलाई कर्म थलो बनाईरहेका बाकेबासीहरु बाट उठेको सकंलित रकम बाके जिल्ला खजुरा गाउँ पालिकाका वडा अध्यक्ष,स्थानीय समाजसेवी तथा बार्षिक बिदामा रहेका समाजका कोषाध्यक्ष ओम खत्री र सदस्य टेक सुनारले पिडितलाई उक्त रकम हस्तान्तरण गरेको समाजले जनाएको छ । रकम हस्तान्तरण पश्रांत पिडितले दुखमा साथ दिएको भन्दै समाजलाई धन्यवाद व...

नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्छः नगर प्रमुख तामाङ

ब्रेकिङ न्युज २, समाचार
 मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।राइम्सको सहयोगमा आज मेलम्ची नगरपालिकाले आयोजना गरेको मेलम्ची जोखिम नक्सा अद्यावधिक कार्यशालामा बोल्दै नक्सा निर्माण पछि जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभएको हो । गत नोभेम्बर १३ र १४ मा सर्वे तालिम लिएका सहजकर्ताहरुले तालिम पछि नोभेम्बर र डिसेम्बरमा डाटा संकलन गरेका थिए । वडामा रहेका स्रोत, कृषि फम, व्यवसाय, भौतिक संरचना, जोखिम बस्ति, मुख्य बस्ति, लगायतको डाटा संकलन गरिएको दक्षिण एसियालि क्षेत्रमा अन्तिम माइल सञ्चार सुदृढिकरण परियोजना एस एल एम सि परियोजनाका प्रोजेक्ट अफिसर दिपेश पोखरेलले जानकारी दिनुभयो । वडा नम्बर १, ३, ५, ७ र १० का संकलित डाटाहरुमाथि वडा अध्यक्षहरु,सदस्य लगायतसंगको छलफल पछि प्रमाणिकरण गरिएको हो । अन्य वडाका भने प्रमाणिकरण गरिसकिएको पोख...

जलवायु वित्तमा सहज पहुँच पाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
]सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक भएको बताएका छन् ।  पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज यहाँ आयोजना गरेको गोष्ठीमा उहाँहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको हो । त्यसअवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल जलवायु पहल (एनसिआइ) का अध्यक्ष प्राध्यापक डा मदन कोइरालाले जलवायु वित्तमा पहुँच स्थापित गर्नका लागि गहन परियोजना प्रस्ताव पेस गर्नुपर्ने र यसका लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नेपाल जलवायु पहलका (एनसिआई) का सदस्य प्राडा सञ्जयनाथ खनालले  प्राकृतिक विपद्का घटनाहरु जलवायु सृर्जित हुन वा होइनन् भन्ने विषयमा विश्ले...

बाह्रबिसेको नगर स्तरिय हाजिरीजवाफ प्रतियोगितामा भद्रकाली मावि प्रथम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सम्पन्न भएको प्राबि (६–८) को नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा भद्रकाली माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नगरपालिका अन्र्तगतको वार्षिक विकास कार्यक्रम तथा शैक्षिक क्यालेण्डर २०८१ अनुसार आयोजित उक्त प्रतियोगितामा बाह्रबिसे नगरपालिका भित्रका १५ वटा सामुदायिक तथा १ निजी विद्यालय गरी जम्मा १६ वटा विद्यालयहरुको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको होे । उक्त प्रतियोगितामा सिगार्चे आधारभुत विद्यालय द्धितीय, सरस्वती माध्यमिक विद्यालय तृतीय र गोरखानाथ आधारभुत विद्यालय सान्त्वना भएको छ । नगर शिक्षा शाखा अधिकृत रोहित भट्टको अध्यक्षता तथा बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा शुक्रबारआधारभुत तह नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न गरिएको थि...

बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई

ब्रेकिङ न्युज २, समाचार
सन्जिब दुलाल/भक्तपुर चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको बैकाभु गणेश सांस्कृतिक खलले नगद २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान पुरस्कारको रूपमा पाएको थियो । १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान सहित तृतीय स्थान भने भक्तपुरको निओ फ्युजन बाजा समूहले प्राप्त गरेको थियो । चौथो स्थान भने बनेपा काभ्रेको देउला बाँसुरी बाजा खलले हात पारेको थियो । उक्त खललाई पाँच हजार नगद पुरस्कार शिल्ड र एक थान धिमय् बाज...