वन डढेलो स्थायी रुपमा नियन्त्रणको खोजी गर्दै सिन्धुपाल्चोक
गर्मीयाम सुरु भएसँगै सामुदायिक वनमा आगलागी हुने क्रम बढ्ने गरेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजनल वन अधिकृत मदन कडेल वनडढेलो लागेपछी निभाउँनु भन्दा पनि लाग्नै नदिने उपायहरुको खोजी गरिरहेको छ ।यसको उपाय भनेको गाउँगाउँमा पत्कर सुकेका घाँसहरु सङ्कलन गर्नु पहिलो उपाय रहेको बताउनु हुन्छ । वन डढेलो लगाउनु अपराध भएकोले यस्ता अपराधीहरुको खोजी गरी कार्वाही गरिरहेको भएता पनि डढेलोको नियन्त्रण नभएकाले यो उपाय पनी प्रभावकारी हुने बताउँनु भएको छ ।उहाँले डढेलो नियन्त्रण तथा वन संरक्षणको लागी निजी तथा कबुलियती वन खोरिया फठानी तथा भु–संक्षणको दृष्ट्रीले संबेदनशील क्षेत्रलाई कृषी वनमा रुपान्तरण गरि उत्पादनमुलक काममा लगाउँन पर्ने, बिजुलीका हाइटेनसन लाइन मुनी साना साना होचारुख बिरुवाहरु, लगाउँने ब्यवस्था हुन सके पनी यस्ता वनहरुको व्यवस्थ ागर्न सकिने बताउँनु हुन्छ ।मुख्य कुरा भनेको सामुदायक वनहर...
