सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका वडा न ५ सुखानीमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सो कार्यक्रममावडामा राम्रो उत्कृष्ट काम कार्य गर्ने मेलमिलाप कर्ता,राजट दलका प्रतिनिधि,बिद्यालयका प्रधानध्यापक,बि बि स अध्यक्ष स्वस्थ्य चौकि प्रमुख कल्वका अध्यक्ष सामाजिक ब्यक्तिहरूलाई वडा कार्यालय सुनखानिले सम्मान गरियको वडा अध्यक्ष जालबहदुर लामाले बताउनु भयो।
कार्यक्रममा प्रमुख अथिति सुनकोसी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना विषेश अथिति सुनकोसी गाँउपालिका उपाध्यक्ष कान्छि लामा,गाँउपालिकाका प्रवक्ता तथा सुनकोसी ७ का अध्यक्ष ईस्वर तिमल्सिना वडाका राजनिति दलका प्रतिनिधि ,बिद्यालयका प्रधानध्यापक ,विद्यालय बि.बि.स अध्यक्ष स्वस्थ चौकीका प्रतिनिधि ,पुर्व जनप्रतिनिधि सम्पूर्ण वडा बासिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।वडा बालअधिकार समितिको आयोजनामा ,ईन्टरपेडियाको सहयोगमा सिविस र वडा कार्यालयको सम्योनयनमा भएको कार्यक्रमको अध्यक्षता भने वडा अध्यक्ष जाल बहादुर लामाले गर्नु भएको हो।२०७९÷०८० र ०८०÷०८१ को वडामा गरियको कामको मुल्यांकन बिनियोजित रकमको विबरण भाबि योजनाको बारेमा वडा अध्यक्ष लामाले प्रस्तुत गर्नुभएको थियो।अधिकांश उपस्थितका प्रश्न को जवाफ वडा अध्यक्ष ,पालिका अध्यक्ष ,पालिका उपाध्यक्षले दिनुभएको थियो।
