वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
सुनकोशी
सुनकोशी गाउँपालिकाले वृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् ।
बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको थियो ।
गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धित वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गर्नुभएको थियो ।
सुनकोशी गाउँपालिका मा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरुलाई गत वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ । बैंकमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो ...
