सम्पर्क

Author: लोकप्रिय समाचार

राष्ट्रिय युवा संघद्धारा बाह्रबिसेमा रक्तदान कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्धारा बाह्रबिसेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरिएको युवासंघ नेपालका जिल्ला संयोजक राजन दुलालले जानकारी दिनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरु भएको रक्तदान कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभयो । उक्त कार्यक्रममा पार्टीका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रम सहभागी सम्पुर्णलाई सुरुमै सेनिटाईज प्रयोग गरी कार्यक्रम शुरु गर्नुभएको थियो ।...

नेता बस्नेत द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा अस्पताललाइ कन्सेन्ट्रेटर अक्सजिनको सामाग्री सहित जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय र शसस्त्र प्रहरी कार्यालय लगायत इन्द्रावती गाँउपालीकाका सबै वडा ,तथा चौतारा साँगाचोकगढी नगरपालिका सबै वडाहरुलाइ माक्स तथा सिटामोल लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको छ । चौतारामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघलाइ समेत स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्नुभएको हो । पत्रकार महासंघका कमला पाख्रीनले उक्त सामाग्री लिनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले मानिस स्वास्थ्य रहे मात्र देशको बिकास हुने भन्दै आफु अशक्त हुँदा पनी आफु भन्दा न्युन आय भएका नागरिकहरुलाई स्वास्थ्य समाग्रीको चरम अभाव भएपछि बैशाखीका भरमा हरेक गाँउ गाउँमा गएर स्वास्...

राससद्धारा सिन्धुपाल्चोकका पत्रकार सुवेदीलाई पुरस्कृत सहिद सम्मान गर्ने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) ले सिन्धुपाल्चोकका पत्रकार देवराज सुवेदीलाई पुरस्कार सहित सम्मान गर्ने भएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेसंगै सुवेदी सम्मानित हुने हुनुभएको हो । रासस सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बागमती प्रदेश बाट सुवेदी सङै पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह...

विद्यालयमा व्यवस्थापन समितिको टिम नै महिला सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दिपेन्द्र श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ मा रहेको सेतीदेवी माध्यामिक विद्यालय स्याउलेको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ । समितिमा विद्यालयका प्रधानाध्यापक र वडाका अध्यक्ष स्वत पदेन सदस्य बाहेकका अध्यक्ष सहित सम्पूर्ण सदस्य महिला सर्वसम्मत भएको हो । निरमाया लामाको अध्यक्षतामा सदस्यहरु क्रमश ः सरिता तामाङ, उमा परियार, अनिता तामाङ, देवकी कार्की थापा, कमलामाया श्रेष्ठ, सानुकान्छा श्रेष्ठ र शालिकराम ओली सर्वसम्मत चयन हुनुभएको हो । शिक्षक पन्चलाल श्रेष्ठका अनुसार पुरूषहरूमा सहमती जुट्न नसकेपछि महिलाहरू अग्रसर भएर अध्यक्षलगाएतको प्रस्ताव आएसंगै सहमती जुटाउन नसकेका पुरूषहरूलेपनि समर्थन गरेपछि सर्वसम्मत टुङ्गिएको हो । प्रधानाध्यापक शालिकराम ओलीले एक शिक्षक प्रतिनिधी हरिशरण श्रेष्ठ चयन गरि समिति टुङ्गाएको बताउनुभएको छ ।...

द्विबिधा नलिनु, जनताको सेवामा समर्पित छु ः वंशलाल तामाङ

ब्रेकिङ न्युज १, समाचार
सन्तोष सिग्देल ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहनुभएका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो । कुनै समय बिदेशिनु बाध्यता भएको बताउँदै उहाँले बिदेशमा रहँदाको सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताको शेवामा तत्पर रहनको लागि नेपाल आएको उल्लेख गर्नुभएको छ । ’अमेरिकाको ग्रिन कार्ड त्यागेर ईंद्रावती गाउँपालिका प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर मेरो समय जनताको सेवामा समर्पित गरेको छु’, तामाङले भन्नुभयो । पार्टीको जिल्ला संगठनलाई सुदृढ बनाउनको लागि जिल्ला सभापतीमा उम्मेदवारी घोषणा गरिसकेको र संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्व बनाउने आफ्नो उद्धेश्य रहेको तामाङले जानकारी दिनुभयो । उहाँले फेसबुकमा लेख्नुभएको छ ः कुनै समय बिदेश...

सेनाले भोलीबाट मेलम्ची मुहानको ढुँगा फुटाउन सुरु गर्ने

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुँगालाई विष्फोट गराउन नेपाली सेनाले भोलीदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुँगाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो । मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा चैतभित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी काम गर्ने जिम्मा पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइसकेको छ । विस्फोटक पदार्थसहित सेना मुहान क्षेत्रमा पुगिसकेको छ । भोलीदेखि विस्फोटन गरी काम सुरु गर्ने मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम भइरहेको पन्तले जानकारी दिनुभयो । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न भइसक्ने जनाएको छ । मुहान सफाइमा माथिल्लो तह...

सिन्धु कांग्रेस सँधै जनताको साथमा छ – पूर्वमन्त्री बस्नेत

ब्रेकिङ न्युज १, स्वास्थ्य
नेत्रबहादुर बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको छ । विहिवार मेलम्ची बजारमा स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जनता आक्रान्त भएको बेला आफू बिरामी हुँदासमेत रातदिन खटिरहेको बताउनुभयो । उहाँले मास्क, सिटामोल तथा अन्य केही स्वास्थ्य सामग्री वितरण गर्नुभयो । बस्नेतले भन्नुभयो ‘म गोडामा लागेको चोटका कारण अप्रेसन गरेर यस्तो अवस्थामा भएको तपाइहरु सबैले देख्नुभएकै छ तथापि मेरो ब्यक्तिगत चोटभन्दा यहाँका लाखौं जनताको स्वास्थ्य महत्वपूर्ण कुरा हो, यस्तो आपतको बखतमा सहयोग गर्नु मानवीय कर्म त हुँदै हो कांग्रेस सदैव जनताकै पक्षमा रहेको प्रमाणित गर्नु पनि हो ।‘ कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु विष्णुविक्रम थापा, भोला बोहोरा...

दुई दिन सर्यो काँग्रेस जिल्ला अधिवेशन

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो । काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो । काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो ।...

चौतारामा एमसीसीको विरोधमा उत्रिए अखिल (क्रान्तिकारी)

ब्रेकिङ न्युज २, राजनिती
एमसीसीको बिरोध गर्दै चौतारामा अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले नारावाजीसहितको र्याली निकालेको छ । प्ले कार्ड र संगठनको झण्डा र व्यानरसहित विरोधमा उत्रिएको अखिल (क्रान्तिकारी) का विद्यार्थीहरुले भिन्तुना चोकबाट र्याली निकालेका थिए । शेर बहादुर देउवा नेतृत्वको सरकारले घुमाउरो शैलीमा पास गर्न लागेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र युवा संगठनले काठमाडौंमा बुधवार पनि व्यापक र्यालीसहत शिंहदरवार घेराउ गरेको थियो । विहिवार चौतारमा गरेको विरोध र्यालीमा एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी मूर्दावाद, गो व्याग एमसीसी, नो एमसीसी, एमसीसी चाहीदैन देश बेच्न पाईदैन, अमेरीकी साम्राज्यवाद मूर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद भन्दै चर्को नारावाजी गदै पुरानो बजार हुँदै टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । क्रान्तिकारीको विरोधको नारालाई चौताराको स्थानीय वासीन्दाहरुले समेत सा...

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा आचार्य सर्वसम्वत

ब्रेकिङ न्युज १, समाचार
प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुंगाना र कोषाध्यक्षमा गोमा खत्री चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुशीलसुवेदी, बिशाल आचार्य, सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्बतरुपमा चयन हुनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत हुनुभएको छ भने एक पत्रकारलाई सम्मान गरिएको छ । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस डटकमका सम्पादक मातृका पौडेलसहित आठ जनालाई पुरस्कृत गरिएको हो । १० हजार १ सय ११ रुपैयाँ राशीबाट उहाँ पुरस्कृत हुनुभएको हो । त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेड...