सम्पर्क

Author: लोकप्रिय समाचार

भोटेकोशीमा कांग्रेसको अग्रता

राजनिती, समाचार
भोटेकोशी गाउँपालिकामा कांग्रेसले अग्रता बढाएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार पासाङ नोर्बु शेर्पाले १८५७ मत ल्याएर झिनो मतले विजयी भएका छन् । उहाँलाई पछ्याउँदै नेकपा एमालेका अमृत खड्काले १७३८ मत ल्याएका छन् । यस्तै माओवादीका राजकुमार पौडेलले १७३४ मत ल्याएका छन् । उपाध्यक्षमा भने भोटेकोसीमा एमालेको सुन्तली श्रेष्ठले अग्रता लिएका छन् । उहाँले २१८८ मत ल्याएका छन् । कांग्रेसको दिछेन शेर्पाले पछ्याउदै २०३५ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रकी आशा गुरुङ शेर्पाले १५७६ मत ल्याएका छन् ।  ...

मेलम्ची १ मा एमालेका कृष्णमुरारी विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –१ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका कृष्णमुरारी चौलागाईले ८३४ मत ल्याएर विजयी हुनुभएको छ । चौलागाईको प्यानलनै विजयी भएका छन् ।

ईन्द्रावती ५ मा एमालेका शनिनाथ आचार्य विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका –५ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका शशिनाथ आचार्य विजयी हुनुभएको छ ।

चौतारा साँगाचोकगढी ८ मा अमृत दंगाल विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –८ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेपाली कांग्रेस अमृत दंगालले ६८८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामकृष्ण दंगाललाई ७ मतको अन्तरले विजय हात पार्न सफल हुनुभएको छ ।  

चौतारा साँगाचोकगढी ५ मा शिव श्रेष्ठ विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –५ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका शिव श्रेष्ठ विजयी हुनुभएको छ भने उहाँका सदस्यहरुमा नेकपा माओवादी केन्द्रका विजयी हुनुभएका छन् ।

चौतारा साँगाचोकगढी ७ मा डम्बरबहादुर तामाङ विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –७ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेपाली काँग्रेसका डम्बरबहादुर तामाङले ९९७ मत ल्याएर विजयी हात पारेको छ । पुर्व मन्त्री युवराज दुलालको किल्ला भत्काउदैै तामाङको प्यानलनै विजयी भएका छन् ।  

हेलम्बु गाउँपालिकाको अध्यक्षमा निमा ग्याल्जेन शेर्पा पुनः विजयी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पा पुनः विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा शेर्पा विजयी भएको जानकारी दिएको छ । २०७४ को पहिलो स्थानीय निर्वाचनमा शेर्पाले विजय हात पारेको थियो भने अबको पाचँ बर्षको लागि अध्यक्षमा निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । उहाँ दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् । उहाँले ५ हजार ३८६ मत ल्याएर विजयी हुनुभयो । उहाँले ५ हजार ३८६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेमा उम्मेदवार दावा लामाले ४ हजार ६०४ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै अप्सरा लामिछाने ५ हजार २१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ५ हजार २१४ मत ल्याउँदा एमालेको गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएको थियो । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित...

ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा एमालेको अग्रता कांग्रेसले पछ्याउदै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार झम्क नेपालले अग्रता कायमै राखेका छन् । उहाँलाई कांग्रेसका उम्मेदवार विकास लामाले पछ्याइँ रहेका छन् । पछिल्लो मत परिणाम अनुसार झम्क नेपालले ३४०० मत ल्याएका छन् भने उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विकास लामाले ३०६९ मत पाएका छन् र माओवादीका प्रतिद्वन्द्वी उम्मेदवार ठुलोबाबु श्रेष्ठले २०६९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार विष्णु मैनालीले १४२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्ष तर्फ कांग्रेसको उम्मेदवार दयाकुमारी मिश्रले अग्रता रहेको छ । कांग्रेसको उम्मेदवार दयाकुमारी मिश्रले ३११९ मत प्रप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेको उम्मेदवार शोभना तामाङले २४१२ मत, माओवादीबाट उम्मेदवार रहेको सुमित्रा आचार्यले १८०० मत पाएका छन् भने राप्रपाका उम्मेदवार गोमादेवी अधिकारीले २७१ मत प्राप्त गर्नुभएको छ ।...