सिन्धुपाल्चोक जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार वटा प्रदेस सभा गरि छ सिटमा सत्तारुढ गठबन्धन दल मध्य नेपाली काँग्रेस र माओबादी बिच भागबण्डा भएको समाचार आए पछीसिन्धुपाल्चोकको छ सिटमा एक सिट पनी समाजबादीले नपाए पछी उम्मेदवार दिने सम्भावना रहेकोे स्थानीय नेताहरुले बताउँन थालेका छन भने माओबादीका पुर्ब नेताले स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएको छ ।
(20+) Dhruba Parajuli _ Facebookजिल्लाको प्रतिनिधी सभा क्षेत्र नं १माओबादीलाइ परेको र २ नं क्षेत्र काँग्रेसलाइ परेको समाचार आइसके पछी लामो समय माओबादीको जिम्मेवारी पदमा रहनु भएका खाश गरी भन्नु पर्दा नेकवा माओबादीका खम्बा मानीने ध्रुब पराजुलीले २ नं क्षेत्रबाट स्वतन्त्र लड्ने घोषणा गर्नु भएको समाचार आएको छ । यसै गरी सत्तारुढ गठबन्धन भित्र रहेको नेकपा समाजबादीले पनी आफ्नै उम्मेदवार उठाँउने बिषयमा छलफलभइरहेको जिल्ला स्थित एक नेताले जानका्री दिनु भएको छ । जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता पराजुलीले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै जनतामा राजनीतिक बिसंगतीविरुद्धको भावना देखेकाले आफू मैदानमा उत्रेकोसामाजिक सञ्जालमार्फत पराजुलीले परिणाम जे भए पनि आफू मैदान नछाड्ने संकल्प गर्नू भएको छ । उँहाले आदरणीय दिदिबहिनी तथा दाजुभाइहरू, म मेरो ब्यक्तिगत रुचि, चाहना, महत्वाकाङ्क्षा वा स्वभावभन्दा नितान्त माथि उठेर देशको राजनीतिक बिसङ्गति अर्थात् कुशासनयुक्त यथास्थितिबिरूद्ध जनता बिद्रोहको मनस्थितिमा रहेको र आफूमा निहित मताधिकारमार्फत उपरोक्त भावनालाई अभिब्यक्त गर्न आतुर देखेर म आफू जनताको भावव्यक्तिको त्यो औजार बन्न सक्छु भने अवश्य बन्नुपर्छ, परिणाम चाहे जेसुकै किन नआओस ुहाललाई यही नै मेरो कर्तव्य हो ठानेर आगामी २०७९ मंसिर ४ गते हुन गैरहेको आम चुनावमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गर्ने निष्कर्षमा पुगेको छु।ुसामाजिक सञ्जाल मार्फत बताउँनु भएको छ । चौतारा साँगाचोक गढी नगर पालिकाको पूर्व नगर उप प्रमुख हाल नगर महीला सञ्जालको अध्यक्ष समेत रहनु भएका जानुका पराजुलीको पिता हुनुहुन्छ । उता क्षेत्र नं १मा पनी स्तन्त्र उम्मेदवारी दिने तैयारी भइरहेको नेपाली काँग्रेससुनकोशीका अधिराजकुमार बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार नोपली कााग्रेस क्षेत्र तथा जिल्लाका सबै पदाधिकारी तथा पाटी बाट टिकट लिएर निर्बाचित हुनु भएका स्थानीय सरकार सबैले राजीनामा दिने वा राजिीनामा नदीइ बिद्रोह गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताउँनु भयो ।
