ब्रान्ड नामसहित सिस्नु उत्पादनमा महिलाहरु
रुपक पुरी (रासस)
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका – २ कुञ्चोकका महिलाहरु गाउँमै उत्पादन गरिएको सिस्नुका पाउडरलाई अर्गानिक ब्रान्ड बनाएर बिक्री गर्नका लागि एकजुट भएका छन् ।
जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाहरूले बाँझो बसेर खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला दिदीबहिनीहरू पनि यसतर्फ आकर्षित भएको निर्मला सुनारले बताउनुभयो । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,” उहाँले भन्नुभयो । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।
माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाहरूले यसको खेती सुरु गरेका हुन् । स...
