पर्यटन ब्यबसाय गर्न चहाने का लागी सहयोगमा कुनै कमी हँदैनः नगर प्रमुख तामाङ
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्र प्रचुर पर्यटकिय संभावना बोकेका ठाउँहरू रहेको बताउँदै पर्यटन प्रवर्द्वनको लागि मेलम्ची नगरपालिकाले आवधिक योजना समेत बनाएको बताउनुभएको छ । मेलम्ची नगरपालिका र sotto nepal को आयोजनामा ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा कार्यक्रम मा प्रमुख अतिथीको आशनबाट बोल्दै उँहाले नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरूलाई देशका विभिन्न पर्यटकिय ठाउँको भ्रमण गराएको र त्यसबाट धेरै कुरा सिकेर आएका बताउनुभयो । केन्द्र सरकारले मोटरेवल पुल बनाउन वास्ता नगरेपछी नगरपालिका आफैले पुल बनाउन लागेको बताउँदै पुल बनाउन करिब २६ करोड लाग्ने २ बर्ष भित्रमा बनाउने लक्ष रहेको बताउनुभयो । साथै पर्यटन ब्यबसाय गर्न चहाने नगरबासिहरुको लागी नगरपालिकाले गर्नुपर्ने सहयोगमा कमी नहुने भन्नु हँदै नगर प्रमुख तामाङले पर्यटन ब्यबसायीहरूलाई १३ वटै वडाको भ्रमण गर्न पनि ...
