सम्पर्क

Author: लोकप्रिय समाचार

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ । यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत...

श्रीकृष्ण जन्मोत्सव

साहित्य
घनश्याम नेपाल (शीतल ) हे नारायण कृष्ण यो जगतमा होला कसोरी भलो दश् औँला गरिबिन्ति गर्छु प्रभु हे मै पाउँमा पर्छु हे । यो संसार वडो अचम्म सँगले घुम्दै र फिर्दै यहाँ आँखा लाउँछ चार बेदहरूमा श्री कृष्ण खोज्दै यहाँ । मेरो मन्दिरको छ देश हँसिलो यस्तै कहाँ पाउँछु सारा खोजि गरेँ न पाउँछु कतै पाईन मैले अरु । ब्रम्मा बिष्णु वडा महेश्वर झनै पुज्दै गरेको छु हो ब्याख्या के गरुँ आज यो बखतमा मेरो यि श्रीकृष्ण को । मेरो उच्च हिमालको सगरमाथालाइ संम्मानमा मान् पद्वी अति नै छ उच्च तहमा यो बिश्व ब्रम्माण्डमा । संसारै भरिमा छ औधि यसको चर्चा वडो चाखको यस्ता पर्वतमा सदा शिवजिको आश्रम् महादेवको । मेरो राष्ट्र हिमालको धनि छ हो श्रीपार्वती बस्दछिन् मेरो राष्ट्र दयालु भाव छ झनै मेरो पहाड् हाँस्दछिन् । आत्मा चिन्नु र जान्नु यो जगतमा बस्नेहरूले सदा अर्काको कुभलो चिताउँन पनी सोच्नै नआवोस् सदा। ...

काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्धारा कानुनी साक्षरता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न क्याम्पस र विद्यालयमा लका बीएलएलबी चौथो वर्षका विद्यार्थीले कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन् । आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुने उक्त कार्यक्रमको कानुनी सचेतना कार्यक्रमअन्तर्गत ८५ जना विद्यार्थीलाई ७ समूहमा विभाजन गरी नगरपालिकाका एक दर्जन माध्यमिक विद्यालय र एक दिनभन्दा बढी सामुदायिक विद्यालयमा नागरिकसँग अन्तरक्रिया तथा छलफल भइरहेको कानुनी साक्षरता समूह–७ का समूहका संयोजक सन्दीप कुमार यादवले जानकारी दिनुभयो । काठमाडौं स्कुल अफ लको क्लिनिकल लिगल डिपार्टमेन्टका सहप्राध्यापक तथा संयोजक ज्ञानु गौतमले विद्यार्थीलाई समाजमा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले क्याम्पसले विद्यार्थीको समाजप्रतिको दायित्व बढाउन हरेक वर्ष कानुनी साक्षरता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । मंगलबार कृष्णरत्न गंगा माध्यमिक विद्यालयमा विद...

सुनकोसी घट्टेखेलाबाटै सडक स्तोरन्नती गर्ने सहमती

विचार, समाचार
सिन्धु पाल्चोक जिल्ला सुनकोसी गाउँपालिका वडा नं ५को घट्टेखेलाबाट सडक स्तोरन्नती गर्ने सहमती भएको छ । सुनकोशी गाउँपालिकावडा नं –५ रतनकोट हुदै वडा कार्यालयसम्मको सडक स्तोरन्नतीका लागि सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेपछी योजना कार्यन्वयनका लागी भएको छलफलमा उक्त सहमती भएको हो । पालिकाबाट बिनियोजित उक्त बजेटबाट सडक स्तोरन्नतीका लागि प्राविधिक नापजाँच र स्टीमेट सुरु भएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,वडाध्यक्ष जालबहादुर लामा,निमित्त प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडका,प्राविधिक शाखा प्रमुख इन्जिनियर बद्री भुजेल,वडा सदस्य पासाङ तामाङ लगायत स्थानीय भद्रभलादमी को भेलाबाट रतनकोट स्थित घट्टेखेलाबाटै सडक स्तोरन्नती गर्ने सहमती भएको छ । थोरै बजेटबाट पनि धेरै काम गर्नै उदेश्यले सडक स्तोरन्नती गर्दा कटिङको काम गाउँपालिका...

आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आथित्यतामा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको आत्महत्या रिपोटिङ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बिषयमा जोड दिएका हुन । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले प्रमुख अतिथी आसन बाट बोल्दै आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यमले सजगता अपनाएर सूचना दिनुपने बताउनु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले नकरात्मक सोचले आत्महत्या बढेको बताउनुभयो । उहाँले स्थानीय सरकारले विद्यालय, समूदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्नेमा जोड दिदैं अभिभावकले आफ्ना सन्तानहरु प्रति बढि चासो निगरानी गर्न सके आत्महत...

सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्छ ः सचिव दुवाडी

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं  भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथितिथिको रुपमा बोल्दै उनले सदस्यको हित अभिवृद्धि गर्नु सहकारीको दायित्व भएकोमा जोड दिनुभयो । । शहरी क्षेत्रमा रहेका केही संस्थाहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरित काम गर्दा समस्या उत्पन्न भएको उहाँको भनाई छ । संख्यात्मकरुपमा नगन्य संस्था समस्यमा परेको भएपनि त्यसले सिंगोे अभियानको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको उनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘३२ हजार सहकारी मध्ये एक दुई प्रतिशत संस्थामा समस्या उत्पन्न भएपनि आम जनमानसमा सहकारी प्रतिको बुझाई र विश्वसनीयतामा गम्भीर विचलन आएको छ ।’ मुलुक सं...

२५ भूमिहीन सुकुम्वासी परिवारलाई पुर्जा

ब्रेकिङ न्युज १, समाचार
सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गर्दै आएको छ । सोमबार नवलपरासी ( पश्चिम ) सरावल गाउँपालिका वडा नं ३ का भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरेको छ । लामो समयको प्रतीक्षापछि नवलपरासीको (पश्चिम) सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन बताउनुभयो । उहाँले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताउनुभयो । ‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले भन्न...

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

ब्रेकिङ न्युज २, समाचार
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताउनुभयो । यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पु¥याई गणना सम्पन्न भएको थियो। यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत रु आठ लाख २४ हजार सात सय सङ्कलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार दुई सय ...

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसको अबसरमा चौतारामा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
मानव बेचबिखन बिरुद्धको राष्ट्रिय द्विसको अबसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार चौतारामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणा लगायत सोसँग सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले मानब बेचबिखन बिरुद्धका कार्यक्रमहरु गर्दा सरोकारवालाहरुका साथै गाउँगाँउमा गएर दुर्गम जहाँ कानुनका बारेमा जानकार छैनन त्यस्ता ठाँउहरुमा गएर गर्न सकेको खण्डमा अझ प्रभावकारीता हुने बताउँनु हँुदै मानव बेचबिखनका बारेमा सबैले जानकार भई यसका बिरुद्ध लाग्न पर्ने बताउँनुभयो । उहाँले हरेक गलत कार्यहरको बिरुद्धमा समाज लाग्न पर्ने भएकाले यो झन अति सम्बेदनशिल घटना भएकाले जबरजस्त करणी तथा मानब बेच बिखनका बिरुद्...

शिखर सम्मेलन गर्न लागेको जी–२० ले युद्ध रोक्न सक्ला ?

विचार
यही भाद्र महिनाको अर्को साता भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको जी – २० शिखर सम्मेलनबाट यतिबेला निकै ठूलो अपेक्षा लिदै गरेको देखिन्छ । बर्तमान बिश्वको बढ्दो द्वन्द्वको समस्या अर्थात यूक्रेन युद्धबाट बिश्वलाई मुक्त गर्न यो सम्मेलनले पहल गरोस् भन्ने अपेक्षा गरेको पनि पाइन्छ । यूक्रेन युद्ध भनिने यो अमेरिकी नाटो र रुसका बीचको यो लडाई रोक्न र यसलाई शान्तिको बाटोमा लैजान शिखर सम्मेलन साच्चिकै सफल होला भन्ने कुरामा भने अझै पनि ठूलो सन्देह छ । गएको बर्ष इण्डोनेशियाको बालिमा आयोजित यस जी–२० को शिखर सम्मेलनमा जति कुरा हासिल भएको भनिएको थियो त्यत्ति पनि नयाँ दिल्लीमा हासिल होला न होला भन्न सकिन्न भन्दैछन् पर्यबेक्षक बिश्लेषकहरु । त्यो सम्मेलनमा बालीमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ्गका बीचमा भेट बार्ता पनि भएको थियो । त्यो बार्ताको मूख्य बिषय बस्तु यूक्रेन युद्ध नै थ...