थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध
देवराज सुवेदी
थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित यु –३२ विद्यालय बिच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।
हेल्प संस्थाको पहलमा विद्यालयमा बिहिबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरि भगिनि सम्बन्ध सुरुवात गरिएको हो । सम्झौतामा यु –३२का प्रिन्सिपल स्टीवन डेलिंगर–पेट र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले अन्तरास्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब बिस्तारै पुराहुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले यस पाकिकाको शिक्षा सुधार...
