सम्पर्क

Author: लोकप्रिय समाचार

कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयले गर्यो वार्षिक समिक्षा तथा सार्वजनिकरण

ब्रेकिङ न्युज २, समाचार
कृषि विकास कार्यालयले आर्थिक वर्ष ०८०/०८१ मा गरिएका काम कर्तव्य र योजना सम्पन्‍न भएका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा सार्वजनिकरण गरेको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिल्ला सम्मन्वय समितीको सभाहलमा कृषि विकास कार्यालय र पशु सेवा कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि विकास कार्यालयले स्थानीय अगुवा कृषकहरु तथा कृषि प्राविधिकहरुलाई ज्ञान, सिप र क्षमता अभिवृद्धिको लागि सिपमुलक तालिम दिन आवश्यक रहेको बताउनुभयो । राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने समेत बताउनुभयो ।उँहाले स्थानीय तहको कार्यक्रम संचालन गर्दा पर्याप्त पारिस्पारिक सम्बन्ध कायम गर्न अपरिहार्य रहेको   बताउनुभयो । कृषि विकास कार्यालयलले शुक्रबा...

सिन्धुपाल्चोकका ६ खेलाडी नागार्जुनमा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
    बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न सिन्धुपाल्चोकबाट टिम मेनेजर कुमार बस्नेत टिम कोच माधव बिक सहित ४ पुरूष २ महिला सहित ६ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् । प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।काठमाडौं जिल्ला समन्वय समिति तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त लिगमा सिन्धुपाल्चोकबाट विभिन्न तौल समूहका ६ जनाले सहभागिता जनाउने भएका छन् भने सिन्धुपाल्चोक टिमको कोचको रुपमा सिन्धुपाल्चोक तेक्वान्दो प्रशिक्षक माधव विक रहनु भएको छ ।सिन्धुपाल्चोकबाट सहभागि हुने खेलाडीहरु१.अविशेक बस्नेत ४६–५० केजी तर्फ२. बुद्ध लामा ५०–५४ केजी तर्फ३. आश्रित पराजुली ४६–५० केजी तर्फ४. निसान लामा ५४–५८ केजी तर्फ५. सोनि तामाङ ४६–४९ केजी तर्फ६. शनिस्का बोहोरा ४९–५३ केजी तर्फटिम मेनेजर कुमार बस्नेत छन् भनेटिम कोचः मादब बिक रहनु भएको छ ।ख...

सोलुखुम्बुको थामेमा भीषण बाढी

ब्रेकिङ न्युज १, समाचार
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५   स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गर्नुभयो । थामे गाउँमा बाढीले क्षति पु–याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्न...

विद्यार्थीलाई शैक्षिक सामाग्री, झोला स्वास्थ्य सहित खेलकुद सामाग्री वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका –१० स्थित रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला सहित स्वास्थ तथा खेलकुद सामाग्री वितरण गरिएको छ । आज विद्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका युवा नेता पुर्व जिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले विद्यार्थीलाई शैक्षिक सामाग्री सहित झोला वितरण गर्नुभएको हो । किवानिस क्लब अफ सिन्धुपाल्चोक नेपालले आयोजना गरेको शैक्षिक तथा स्वास्थ सामाग्री वितरण कार्यक्रममा बोल्दै तामाङले विद्यार्थी र विद्यालयको शैक्षिक स्थिति सुधार गर्न सधै लागि पर्ने बताउनुभयो । साथै यो सहयोगले विद्यार्थीहरुको अध्ययनमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । तामाङले विद्यालयको भौतिक संरचना लगायत विद्यालयमा आउने समस्यालाई समाधान गर्न आफू सधै लागि पर्ने समेत बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले दैनिक रुपमा प्रय...

दुना टपरीमा पहीरो १५लाख बराबर क्षेती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनलाई पहिरोले क्षती गरेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ सुकुटे सेरामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनमा माथीबाट श्रावण ३० गते राती परेको अबिर बर्षाको कारण पहिरो खसी भबन पुर्ण रुपमा क्षती भएको हो । पहिरोबाट भबन भित्र रहेको सामानहरु नस्ट भएको छ भने सुरक्षाकर्मी जनप्रतिनिधीहरुको सहयोगमा पुरिएको मेसिन निकालिएको छ । निकालीएको मेशीन पनि क्षेती भएको अबस्थामा रहेको उत्पादन केन्द्रका शारदा प्रसाद चालीसेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ अध्यक्ष इश्वर तामाङ वडा नं ५ का अध्यक्ष जाल बाहादुर तामाङ सुरक्षा निकायहरुकोे उपस्थितमा मेसिन र केही सामान निकालीएको छ, भने करिब १५ लाख बराबरको क्षती भएको छ । ...

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

#, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत अधिराज सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ अधेरीमा जिल्ला ट्राफिक कार्यालयले यन्त्रिक परीक्षण गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं रोकथामका निमित्त बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा वर्कशपहरूमा कार्यरत दक्ष मेकानिकलहरूको सहकार्यमा विभिन्न जिल्ला भएर सिन्धुपाल्चोक जिल्ला भित्रने र सिन्धुपाल्चोकबाट बाहिरिने सवारी साधनको बलेफी गाउँपालिका वडा नम्बर ६ स्थित अधेरीमा यन्त्रिक परीक्षण गरिएको छ । उक्त परीक्षण कार्यक्रममा १ सय २० वटा भन्दा बढी विभिन्न सवारी साधनको यन्त्रिक परीक्षण गर्दा १५ वटा सवारी साधनको अवस्था ठिक नभएको पाइएकोले उक्त सवारी साधनको यान्त्रिक अवस्था ठिकसँग मर्मत गराउनुका साथै आवश्यक कारबाही समेत गरिएको आउदा दिनहरूमा पनि यस्ता कार्यहरू गर्दै जाने जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपीराम भण्डारीले बताउनु भयो ।...

सीमा क्षेत्रमा झण्डोत्सव

समाचार
जनकपुरधाम छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो । सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराई स्वतन्त्रता दिवस मनाइएको हो । सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता डा.राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल–भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल–भारत खुला सीमा सम्...

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा (सिन्धुपाल्चोक), ३१ साउनः यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीयस्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् । पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो । आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना ...

आलेखः कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
ललितपुर (गोदावरी) ३१ साउनः नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ । कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ । ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुस...

बालमैत्री वडा घोषणा गर्न बलेफी ६ को अभियान तीब्र

ब्रेकिङ न्युज २, समाचार
 बलेफी गाउँपालिका बालमैत्री स्थानीय साशन घोषणा नजिक पुगेको छ । गाउँपालिकाका सबै संरचना बालमैत्री निर्माण भएका छन् । वडागत रुपमा बालमैत्री घोषणाका लागि बुधबार बलेफी गाउँपालिका वडा नंमवर ६ का कुपकन्या मा.वि, सुन्दरादेवी आ.वि., वेत्रावती आ.वि. र वडा भित्रका सबै समुदायमा बालविवाह, बाल हिंसा, दुर्व्यवहार, लागूऔषध, मध्यपान, बालश्रम र बेचबिखनवारे जानकारि समेत गराएको थियो । बलेफी गाउँपालिका वडा नं. ६ को आयोजनामा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि समेतको सहभागितामा अभियान नै संचालन गरिएको बलेफी ६ का वडाध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयोे । साथै वडा भित्र ईजाजत विना मदिरा विक्रि तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा समेत कडाई गरिने समेत स्थानीयमा जानकारि गराईएको प्रहरी चौकी लामोसाँघुका प्रमुख रामप्रसाद सेढाईले जानकारि दिनुभयो । बलेफी ६ का वडाध्यक्ष तेजबहादुर पराजुली, सिविस जिल्ला संयोजक कृष्...