सम्पर्क

Author: लोकप्रिय समाचार

श्री कृष्ण प्रभु

मनोरन्जन, साहित्य
श्री कृष्ण नाथ प्रभुलाई कहाँ म पाऊँ दौडेर जान्छु प्रभु भेट्न कहाँ छ गाऊँ भन्दै थिएँ मनमनै प्रभुलाई भेट्छु त्यो दिव्य दर्शन दियौ अझ प्रेम माग्छु । माटो रहेछ यहि ठाउँ पवित्र मेरो श्री कृष्णको भजन सुन्छु धरा छ प्यारो आस्था रहेछ मनभित्र लुकेर बस्ने के तत्व रैछ गुँण त्यो मुटुसँग हाँस्ने । संस्कार हो अतिठुलो पहिचान हाम्रो उत्कृष्ठ उच्च छ समाज छ औधिराम्रो ब्रम्माण्डमा जति मनुष्य छ भक्ति गर्दै बाल्दै प्रकाश दिपको मन कृष्ण भज्दै । धनश्याम नेपाल (शीतल)...

भाद्रकृष्ण अष्टमीः मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १० भदौः वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रम...

उद्धघाटन हुँदै रमाइलो गाउलेको ढिकी जातो आगोको चुलो

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
जस्तो काम उस्तै नाम बिदेस जाने पैसाले नेपालमै कमाइन्छ दाम भन्दै युवा समाजसेवी ब्यक्ती नकुल नेपालले रमाइलो गाँउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँनु भएको छ। यसको औपचारकि उद्धघाटन भने भाद्र १० गते सोमबार श्री कृष्ण जन्मअष्टमीका दिन देखी शुरु हुने भएको छ । नेपाल ड्राइभिङ सेन्टरकासफल ब्यबसायीका रुपमा परचित समाजसेवी नकुल नेपाल सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का स्थाइ बासिन्दा हुनुहुन्छ । उँहाले काठमाण्डौको चाहबेल गणेश स्थानमा अर्गानीक खानेकुराको ब्यवस्था गरेर रमाइलो गाउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँन लाग्नु भएको हो । लोप हुँदै गएको घट्टमा पिदेको लोकल अर्गानिक पिठोको ढिडो ,ढिकीमा कुटेको चामाल ,ढुङे धारा,आगोमा दाउरा बालेर पकाएको स्वादिष्ट ताजा खाना नास्ताको ब्यवस्था भएको सिलौटामा बनाइएको अचार सहित गाउले परिकार सामाग्रीहरु तैयार गरि खुवाइने सञ्चाक नेपालले जानकारी दिनु भयो । ...

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ भदौः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उहाँले सुनाउनुभयो । “व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्...

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

खेलकुद, समाचार
भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो । त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पु¥याए । त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन द...

निगुरो व्यापार: लगानी बिना नै लोभलाग्दो आम्दानी

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बरहथवा (सर्लाही), ९ भदौः पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् । झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन् । लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् । जिल्लाको बरहथवा नगरपालिका–९,...

शेर बहादुर तामाङको अध्यक्षतामा भु.पु सैनिक सघं गठन

#, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तगरपालिकामा नेपाल भुतपुर्ब सैनिक सघं मेलम्ची नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलनले भुतपुर्ब सैनिक शेर बहादुर तामाङको अध्यक्षतामा १७सदस्यीय कार्यसमितीको चयन गरेको छ । जस्मा सचिब कृष्ण बहादुर दुलाल, कोषाध्यक्ष जित बहादुर लामा, र सदस्यहरुमा केशब धिताल , श्रीध्वज लामा,गन बहादुर तामाङ, भिमसेन खतीवडा,सञ्चकुमार तामाङ, ओम बहादुर थापा,देबेन्द्र थापा , उर लामा,ध्रुब बहादुर राउत , कान्छा राम तामाङ,बिष्णु प्रसाद ढकाल, बिदुर कार्की,गोकुल पौडेल, सुधा राउत रहनु भएको छ । नगर सैनिक सघका भुपेन्द्र बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको भेलाले उक्त कार्य समिती चयन गरेको हो । भुतपुर्ब सैनिक सघंका पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामाना दिदै थापाले राज्यलाइ अहीले पनी पुर्ब सैनिकहरुको खाचो परेको बताउँनु भयो । उँहाले पुर्ब सैनिकहरुले आआफ्नो स्थानबाट शान्ती सुरक्षाका लागी लाग्न पर्ने ...

चौतारा बहुमुखी क्याम्पसले मनायो २४औं बार्षिकोत्सब

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको चौतारा बहुमुखी क्याम्पसले बिभिन्न कार्यक्रम सहित आफ्नो २४औं बार्षिक उत्सव मनाएको छ । बि.सं. २०५८ सालमा स्थापना भई स्नातक तहमा विज्ञान शिक्षा र व्यवस्थापन सङ्काय र स्नाकोत्तर तहमा शिक्षा सङ्कायको नेपाली र अंङ्ग्रेजी दुबै माध्यममा अध्यापन हुने क्याम्पसले शनिबार २४औ बार्षिकोत्सव मनाएको हो । प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेको प्रमुख अतिथ्यतामा र क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा सस्थापक कृष्णराज श्रेष्ठ बागमती प्रदेसका पुर्बमन्त्री बागमती प्रदेश सभा सदस्य युबराज दुलाल, माधबलाल कर्मचार्य, रामचन्द्र श्रेष्ठ लगाएत जग्गादाता, चन्दादाताहरुलाई सम्मान गरेको थियो । यसरी सम्मानीत हुनुहुनेहरुमा कमलमणी श्रेष्ठ, प्रा.डा.भुप प्रसाद धमला, रामकृष्ण दङ्गाल , प्रभात श्रेष्ठ रहनु भएको थियो । यसैगरी...

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ ः मन्त्री भण्डारी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक...

भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
चितवन, ८ भदौ : नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताउनुभयो । “यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उहाँको भनाइ थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौँ उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउननुभयो । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्...