सम्पर्क

Month: २०८१ पुष २१ आईतवार

जलवायु वित्तमा सहज पहुँच पाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
]सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक भएको बताएका छन् ।  पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज यहाँ आयोजना गरेको गोष्ठीमा उहाँहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको हो । त्यसअवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल जलवायु पहल (एनसिआइ) का अध्यक्ष प्राध्यापक डा मदन कोइरालाले जलवायु वित्तमा पहुँच स्थापित गर्नका लागि गहन परियोजना प्रस्ताव पेस गर्नुपर्ने र यसका लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नेपाल जलवायु पहलका (एनसिआई) का सदस्य प्राडा सञ्जयनाथ खनालले  प्राकृतिक विपद्का घटनाहरु जलवायु सृर्जित हुन वा होइनन् भन्ने विषयमा विश्ले...

बाह्रबिसेको नगर स्तरिय हाजिरीजवाफ प्रतियोगितामा भद्रकाली मावि प्रथम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सम्पन्न भएको प्राबि (६–८) को नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा भद्रकाली माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नगरपालिका अन्र्तगतको वार्षिक विकास कार्यक्रम तथा शैक्षिक क्यालेण्डर २०८१ अनुसार आयोजित उक्त प्रतियोगितामा बाह्रबिसे नगरपालिका भित्रका १५ वटा सामुदायिक तथा १ निजी विद्यालय गरी जम्मा १६ वटा विद्यालयहरुको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको होे । उक्त प्रतियोगितामा सिगार्चे आधारभुत विद्यालय द्धितीय, सरस्वती माध्यमिक विद्यालय तृतीय र गोरखानाथ आधारभुत विद्यालय सान्त्वना भएको छ । नगर शिक्षा शाखा अधिकृत रोहित भट्टको अध्यक्षता तथा बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा शुक्रबारआधारभुत तह नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न गरिएको थि...

बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई

ब्रेकिङ न्युज २, समाचार
सन्जिब दुलाल/भक्तपुर चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको बैकाभु गणेश सांस्कृतिक खलले नगद २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान पुरस्कारको रूपमा पाएको थियो । १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान सहित तृतीय स्थान भने भक्तपुरको निओ फ्युजन बाजा समूहले प्राप्त गरेको थियो । चौथो स्थान भने बनेपा काभ्रेको देउला बाँसुरी बाजा खलले हात पारेको थियो । उक्त खललाई पाँच हजार नगद पुरस्कार शिल्ड र एक थान धिमय् बाज...

नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा

राजनिती, समाचार
नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षमा दिलबहादुर वाइबा निर्बिरोध चयन हुनुभएको छ । शनिवार भएको अधिबेशन तथा खबरदारीसभाबाट वाइबाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको नवनिर्वाचित अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा चयन हुनुभयो । नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री युवराज दुलाल, केन्द्रिय सदस्य चन्द्रबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रको नेतृत्वले मात्र देशमा विकास गर्न, भ्रष्टाचारलाई कारबाही गर्न सक्ने आंट गर्ने बताउनुभयो । कार्यक्रममा चर्चित कलाकारहरूले सानु केसी, लक्ष्मी दर्नाल लगायतले साँगितिक प्रस्तुति मार्फत उपस्थित ६०० भन्दा बढिलाई मनोरञ्जन प्रदान गरेका थिए ।    ...

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको तेस्रो नगर अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाञ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख वक्ता डम्बर बहादुर अर्यालले शिक्षकको पेशागत संगठनले विगतमा गरेको संघर्षका कारण विभिन्न हक अधिकार स्थापित गर्न सकेको बताउँदै पेशागत विकासमा रचनात्मक हिसाबले अगाडी ...

कतारमा भव्य रूपमा मनायो तमु ल्होसार

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार  “तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ तमु गुरुङ समाज कतारको  आयोजनामा तमुहरूको राष्ट्रिय पर्व “तमु सप्र्ही ल्हो–ल्होसार” भव्य रूपमा मनाइएको छ । शुक्रवार आईडियल ईन्डियन स्कुलको सभाहलमा तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव प्रवीण गुरुङको प्रमुख आतिथ्यता मनाइएको हो । कार्यक्रमका सभापति र प्रमुख अतिथिको आसन ग्रहण सगैं समाजका संरक्षकहरू द्वारा दोसल्ला र प्रमुख अतिथि लाई फेटाद्वारा र तमुहरूको मौलिक पहिचान तमु खेगी द्वय लाई समाजले फेटा लगाएर सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार मुप्र्ही ल्हो को बिदाइ सङ्गै सप्र्ही ल्हिको आगमन स्प्र्ही ल्हो वर्ग लाई रिपा लगाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो । विधिगत रूपमा दीप प्रज्वलन गरेर तम...

सुर्यमुखी साना किसान कृषि सहकारीको १९औं बार्षिक साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सुर्यमुखी सहकारी मेलम्ची नगरपालिकाको ब्राण्डको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकामा रहेको निष्क्रिय सहकारीको अनुगमन गर्दै पुनः संचालनका लागी नगरपालिकाले ताकेता गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख तामाङले किसानको लागी ५० प्रतिशत अनुदान दिने गरेको भन्दै स्वरोजगारका लागी यस्ता अनुदान महत्त्वपूर्ण बताउनुभयो । सहकारीलाई आवस्यक तालिम तथा विभिन्न सिपको विकासका लागी नगरपालिकाले सहयोग गरिरहेको प्रमुख तामाङले जिकिर गर्नुभयो । उहाँले सहकारी सम्बन्धि निति,ऐन,कानुन बनाउदा सहकारी अभियान्ता हरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका उपकार्यकारी निर्देशक डाक्टर रम...

सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालय श्री कृष्ण रत्न गंगा मावि ७८औँ वर्षमा

समाचार
सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालय श्री कृष्ण रत्न गंगा माविको ७८ औँ बार्षिकउत्सव तथा ५० औँ अविभाबक भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले आगामी बर्ष १२ कक्षा सम्मको शिक्षा निःशुल्क बनाउने उदघोष गर्नुभएको थियो । उहाँले वर्तमान शिक्षा हातमा प्रमाणपत्र लिने मात्रै होईन अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उत्पादन गर्न जरुरी रहेको बताउनुभयो । व्यवस्था परिवर्तन भएपनि आधारभूत रुपमा जनताको अवस्था परिवर्तन नभएकोले यसतर्फ लागिपर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । सापकोटाले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने प्रण गर्नुभयो । शिक्षकहरुले प्रविधिको विकासलाई आत्मसाथ गर्दै खोजमूलक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । पूर्व सांसद कृष्णराज श्रेष्ठले कठिन परिस्थितिमा बिद्यालय स्थापना गर्ने संस्थापकहरु भक्तध्वज प्र...

नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको कार्यसमितिद्धारा पदभार ग्रहण

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यसमितिले पदभार ग्रहण गरेको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पूर्ण कार्यसमितिले प्रमाणपत्रसँगै पदभार ग्रहण पनि ग्रहण गरेको हो । कार्यसमितिको अध्यक्षमा शोभा अर्याल रहेकी छिन् भने उपाध्यक्षमा कमल राना र कान्ति न्यौपाने रहनुभएको छ । सचिवमा रमेशकुमार बोहोरा रहनुभएको छ भने सहसचिवमा बिक्रम रत्न, इशा अधिकारी क्षेत्री र कोषाध्यक्षमा रामचन्द्र कार्की निर्वाचित हुनुभएको हो । त्यस्तै सदस्यतर्फ भने नेत्रबहादुर बस्नेत, मञ्जु घिमिरे, अनिशा निरौला, अनिशा जयन्ती श्रेष्ठ, सुनिल कुमार शाह, अंकध्वज परियार, जगदिश अधिकारी, गणेश विक, विनिता डंगोल, हेमराज सुवेदी, चेतनारायण बेलवासे, गोविन्द कुमार शर्मा र ऋग देवकोटा रहनुभएका छन् । नवनिर्वाचित कार्यसमितिले शाखाको कार्यालय भृकुटीमण्डपमा पुगेर कार्यभार सम्हालेर पहिलो ब...

कतारमा ५२ जना नेपालीहरुले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत् रक्तदान कार्यक्रम“ सम्पन्न भएको हो । नेपाली जनसम्पर्क समिति कतारले आफनो“४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको “नवौ बृहत् रक्तदान” कार्यक्रम शुक्रबार कतारको अलसाद स्थित कतार नेशनल बल्ड डोनेशन सेन्टरमा आयोजित कार्यक्रममा समितिका संस्थापक महामन्त्री बिमल सुवेदीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । करिब १६० जना उपस्थिति रहेको कार्यक्रममा ७८ जनाले रक्तदान गर्नका लागि रजिष्ट्रेसन गरेका थिए । जसमध्य ५२ जनाले रक्तदान गर्न सफल भएको र २६ जना रक्तदान गर्नबाट बञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो । “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्...