बाढीपहिरोले सिन्धुपाल्चोकमा पुगेको क्षतिको विवरण संकलन
विदुर आचार्य/चौतारा
जिल्ला विपद् ब्यवस्थापन समिति सिन्धुपाल्चोकले बाढी पहिरोले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । अवरुद्ध सडक संचालन देखि उद्धार, राहत, पुनस्थापनाको काममा लाग्न सबै पक्ष लाग्ने गरी कार्ययोजना निर्माण समेत गरेको छ ।
तातोपानी क्षेत्र संकटग्रस्त
जिल्ला विपद् ब्यवस्थापन समितिको शुक्रबार वसेको बैठकले लार्चा माथीको तातोपानी क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल चीन सीमा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । लार्चा माथीको दुई पुल अस्थाई रुपमा संचालन गर्न पहलका लागि माथिल्लो निकायमा लेखि पठाउने निर्णय गरेको हो ।
गत असोज ११ र १द्द गतेको अविरल वर्षाले सिन्धुपाल्चोकका सबै मुख्य, सहायक र ग्रामीण सडकहरु अवरुद्ध कनाएको थियो । हाल मुख्य सडकहरु संचालनमा आएको, सहायक तथा स्थानीय सडकहरु संचालनको प्रयास भएकोमा यथशीघ्र मुख्य राजमार्गहरु दोहोरो संचालन र अन्य सडकहरु ...
