सम्पर्क

Month: २०८० माघ १९ शुक्रबार

चौतारा बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा सदरमुकाम स्थित रहेको चौतारा बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले बताउनुभयो । लामो समयको अथक प्रयासपछि क्याम्पसले क्युएए प्राप्त गर्न सफल भएको हो । यो सफलता सानो मिहेनेतले प्राप्त नभएको, सिङ्गोे क्याम्पस परिवारको कठोर मिहेनत र परिश्रमको परिणाम भएको क्याम्पस प्रमुख दंगालले बताउनुभयो । गरे के हुँदैन, मिहिनेत गर्ने हो भने जस्तो सुकै चट्टान फोरेर भएपनि सफलताको शिखरमा पुग्न समय लाग्दैन । चौतारा बहुमुखी क्याम्पसलाई पनि यस्तै सफलता मिलेको...

१० वर्षभन्दा पुरानो गाडीमा पर्यटक बोक्न नपाउने

समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा पुरानो गाडीमा पर्यटक बोक्न नपाउने जनाएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर १ को दोरिङ्गमा पर्यटक बोकेको गाडी दुर्घटनामा परेर दुई भुटानी नागरिकको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका थिए । सोही घटना पश्चात् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जारी गरेको विज्ञाप्तिमा यस्तो भनिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण यस गाउँपालिकामा आउने पर्यटकहरुले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले यस गाउँपालिका भित्र १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकेको छ । आगामी कार्यपालिकाको बैठकबाट १० वर्ष पुरानो गाडीलाई पर्यटक बोक्न नदिने निर्णय गर्ने तयारी गरेको छ ।’ साथै उक्त विज्ञप्तिमा मृतक भुटानी नागरिक पर्यटकप्रति श्रद्धाञ्जली व्यक...

जुम्लामा हिमपात, किसान खुसी

ब्रेकिङ न्युज २, समाचार
जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिनुभयो  । यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । रासस...

बजार अनुगमनमा म्याद सकिएको समाग्री जफत

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाको विभिन्न स्थानमा छड्के अनुगमन गरेको छ । बुधबार बाह्रबिसे बजारदेखी बलेफी बजारसम्म १७ वटा पसलमा गरिएको अनुगमनको क्रममा भेटिएको म्याद सकिएको समाग्री जफत गरिएको छ । बजार अनुगमनको क्रममा ३२ हजार चार सय ६० रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले अनुगमनको पहिलो चरणमा मापदण्ड नपुगेका पसलहरु र म्याद सकिएका सामग्री बिक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सम्झाउने बुझाउने गरिएको बताउनुभयो । ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । व्यवसायीले मापदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने समेत उहाँले बताउनुभ...