Month: २०७८ मंसिर १७ शुक्रबार
यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ।
भिटामिन सी पाइने विभिन्न फलफूलमध्ये सुन्तला पनि एक हो। सुन्तला चिसोमा पाइने फल हो। सुन्तला मात्र नभई अन्य धेरै फलफूहरु छन्, जसबाट हामीले भिटामिन सी सहजै प्राप्त गर्न सक्छौं।
एउटा मध्यम आकारको सुन्तलामा ६९ दशमलव ७ मिलीग्राम भिटामिन सी हुन्छ, जुन अन्य सामान्य फलभन्दा कम हो।
यी आठ प्रकारका तरकारी तथा फलफूलमा सुन्तलामा भन्दा भिटामिन सी को मात्रा धेरै हुन्छ।
१. रातो खुर्सानी
सुन्तलाभन्दा बढी भिटामिन सी पाइनेमध्ये रातो खुर्सानी पनि एक हो। काटिएको आधा कप या पाकेको पिरो खुर्सानीमा १ सय ७ दशमलव ८ मिलीग्राम भिटामिन सीको मात्रा हुने गर्छ। खुर्सानीलाई पिरो बनाउने क्याप्साइसीनले घुँडा तथा मांसपेशीको दुखाईलाई कम गर्ने द यु...
काँग्रेस प्रदेश अधिवेशन ः सिन्धुपाल्चोकबाट सहमहामन्त्री सहित चार जनाको उम्मेदवारी
नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट चार जनाले उम्मेदवारी दिनुभएको छ ।
विहिवारदेखी जारी अधिवेशनमा नयाँ नेतृत्वका लागी सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ र प्रदेश सदस्यमा मसिना खड्का, कुमार दुलाल र विष्णु खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप बिहीबार देशका सात वटै प्रदेश अधिवेशन सुरु हुने भनिए पनि प्रदेश नम्बर २ मा प्रक्रिया अघि बढ्न सकेको छैन ।
छ वटा प्रदेशको मतदाता नामावली प्रकाशन भएको छ । प्रदेश २ मा उद्घाटन भएको भनिएको छ । तर, मतदाता नामावली निर्वाचन समितिलाई प्राप्त भएको छैन । यो प्राप्त हुने बित्तिकै समितिले प्रकाशन गर्ने समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।
उहाँले छ वटै प्रदेशमा शनिबार मतदा...
४ सय ४५ छात्रालाई शैक्षिक सहयोग प्रदान
ईन्द्रावती गाउँपालिकाका मानव वेचविखन, बालविवाहलगाएत अन्य जोखिममा पर्न सक्ने ४ सय ४५ छात्राहरूले शैक्षिक सहयोग प्राप्त गरेका छन् । सो सहयोग अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा गुठी (रेष्ट) द्वारा सञ्चालित कार्यक्रम अन्तर्गत २०७७ मा प्रदान गरिएको हो ।
रेष्टले एक कार्यक्रम गरि ईन्द्रावती गाउँपालिकामा सञ्चालित यी कार्यक्रमहरूको सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । स्वतन्त्र सहजकर्ता गोविन्द न्यौपानेको सहजिकरणमा सँचालित सामाजिक लेखापरीक्षण रेष्टको अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सह– कार्यकारी निर्देशक तनुजा बस्नेतले सामाजिक लेखापरीक्षणको उदेश्यबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम ब्यवस्थापक स्वस्ती जोशीले रेष्टले ईन्द्रावती गाउँपालिकामा सँचालन गरेका कार्यक्रमहरूवारे प्रस्तुत गर्नुभएको थियो । सभामा सहयोगी सँस्था अमेरिकन हिमालयन फाउन्डेसनक...
गजल
टिका खड्का
मायाँमा नै हारें मैले जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो ।
सबै टाढा हुँदा रैछन् दुःखै दुःख पर्दाखेरि
सुख हुँदा नजिक आउने मीतको बयान नगर भो ।
ठूलै वर्षा हुनुपर्छ हरियाली छाउन यहाँ
झुल्कै घाममै सुकी जाने शीतको बयान नगर भो ।
मानव भन्नु सबै उस्तै छैन फरक रतिभर
मान्छे मान्छे फरक ठान्ने रीतको बयान नगर भो ।
मिठो लाग्छ छङ्छङ् गर्ने छहराको मधुर धून
मुटु रेट्ने बिरही त्यो गीतको बयान नगर भो ।...
राप्रपाको महाधिवेशन प्रतिनिधिहरु निर्विरोध निर्वाचित
राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपालचोकको क्षेत्र नं. २ प्रदेश सभा २ (ख) बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि ( पार्षद )११ जना निर्बिरोध निर्वाचित हुनुभएको छ ।
निर्विरोध निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि ( पार्षद ) हरुमा पशुपति शम्सेर जबरा , उदय सापकोटा , नर्सिङ श्रेष्ठ (गोपाल), अम्बर बहादुर पण्डित , भिमसेन खनाल, गुनु पाख्रिन तामाङ, बोल बहादुर तामाङ्ग (दिलीप) , हिरा माया तामाङ, कान्छी तामाङ, शुभलाल रामधम र खेन्दो तामाङ रहनुभएको राप्रपा क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट नेतृत्वमा दावी नगर्ने बताउनुभएको छ ।
विज्ञप्ति जारी गरी उहाँले आफू निर्वाचन प्रक्रियाबाट अलग रहेको घोषणा गर्नुभएको छ । ‘नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्र...
