सम्पर्क

४ सय ४५ छात्रालाई शैक्षिक सहयोग प्रदान

ईन्द्रावती गाउँपालिकाका मानव वेचविखन, बालविवाहलगाएत अन्य जोखिममा पर्न सक्ने ४ सय ४५ छात्राहरूले शैक्षिक सहयोग प्राप्त गरेका छन् । सो सहयोग अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा गुठी  (रेष्ट) द्वारा सञ्चालित कार्यक्रम अन्तर्गत २०७७ मा प्रदान गरिएको हो ।
रेष्टले एक कार्यक्रम गरि ईन्द्रावती गाउँपालिकामा सञ्चालित यी कार्यक्रमहरूको सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । स्वतन्त्र सहजकर्ता गोविन्द न्यौपानेको सहजिकरणमा सँचालित सामाजिक लेखापरीक्षण रेष्टको अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सह– कार्यकारी निर्देशक तनुजा बस्नेतले सामाजिक लेखापरीक्षणको उदेश्यबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम ब्यवस्थापक स्वस्ती जोशीले रेष्टले ईन्द्रावती गाउँपालिकामा सँचालन गरेका कार्यक्रमहरूवारे प्रस्तुत गर्नुभएको थियो । सभामा सहयोगी सँस्था अमेरिकन हिमालयन फाउन्डेसनका नेपाल निर्देशक ब्रुस मुर र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले मन्तब्य राख्नुभएको थियो ।