सम्पर्क

जिबनशैली

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताहरूले केही गरौँ भनेर काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोग प्राप्त नगरेको उहाँको भनाई थियो । ‘हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा केही गरौँ भनेर योजना बनाएर अगाडि बढौँ । जनताको आशा जगाउने र फरक खालको नतिजा दिने गरी काम गर्नुपर्छ भनेर लाग्दै आएका छौँ’, मन्त्री चौध...

चार सय ३६ स्थानमा डढेलो

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, २० वैशाखः देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।” उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् । “असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण ...

वनमा आगो लगाउँनेको सुचना दिनेलाइ ५०हजार

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकाले वनमा आगो लगाउँनेहरुको पहीचान लिन शुरु गरेको छ । गाउँपालिकाले आज सुचना प्रकाशित गरेर आगलागी गर्ने गराउँनेको पहीचान गरी कार्बाही गर्ने भएको छ । त्यसका लागी वनमा आगो लगाउँनेको सुचना दिनेलाइ रु पचास हजार पुरस्कारको समेत घोषणा गरेको छ ।

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ, मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । ुसरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैनु, उहाँले भन्नुभयो, ुयस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।बालब...
पत्रकारिता किन र कसका लागी ?

पत्रकारिता किन र कसका लागी ?

जिबनशैली, विचार, समाचार, साहित्य
हाम्रो देश नेपालमा १९९५ श्रावण महिनाबाट पत्रकारिताको सुरुवात भएको पाईन्छ । सुरुमा सुधासागर साहित्यक पत्रिकाबाट सुरु भएको पत्रकारिता पेशा अहिले आइपुग्दासम्म राजनितीक दलका शुभेच्छीक सँस्थाहरुसँग आबद्ध हुन थालेपछी यस पेशामा लागेको देखाउँन लहर चलेको जस्तो देखिन्छ । नेपाल सरकारले वास्तविक पत्रकारीता कसले गर्छ ? किन गर्छ ? भन्ने भन्दा पनि सञ्चार गृहको सिफारिसमा केही मापदण्ड पुरा गरेपछी सुचना बिभागबाट पाइने प्रेसपास अनि राजनीतिक दलको शुभेच्छुक सँस्थाहरुको भाग बण्डामा पाइने पत्रकार महासंघको सदस्यताका कारण वास्तविक स्वतन्त्र पत्रकारहरु ओझेलोमा परेको देखिन्छ । खाशगरी सिन्धुपाल्चोकको पत्रकारिता गर्ने वास्तविक पत्रकार कति छन् र कसरी गरिरहेका छन् यो त पाठकले मुल्याङ्कन गरेकै होलान तर मेरो बिचारमा सिन्धुपाल्चोकमा पत्रकारिता गर्नका लागि महासंघका सदस्यता लिएका धेरै ब्यक्तिहरु स्थानीय सरकारसँग आबद्ध छन् । ...

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, १२ वैशाखः सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनुभयो । “द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पु¥याइरहेका छन्”, प्रतिवेदनमा भनिएको छ, “द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।” प्रतिवेदनमा दुव्र्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको ...

चौतारामा सङ्गीत कक्षा सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
किशोर किशोरीहरुलाई सिर्जनशील तथा क्षमता अभिवृद्धिको लागि १५ (पन्ध्र) दिने सङ्गीत कक्षा सुरु गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को आर्थिक सहयोग, ज्योती किशोर किशोरी समुह र प्रशंसा किशोर किशोरी समुहको समन्वय तथा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोको आयोजनामा किशोर किशोरीहरुलाई सङ्गीत कक्षा सञ्चालन गरेको हो । सङ्गीत कक्षाले नेपाली गीतसङ्गीतको संरक्षण हुनुका साथै किशोर किशोरीहरुमा भएको अतिरिक्त क्षमता वृद्धिमा सहयोग पुग्ने आशा गरिएको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठले बताउनुभयो ।   बिहिबार आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोको अध्यक्ष पानमायाँ तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा वडा नं. ५ का सदस्य राम बहादुर घले, चौतारा नगरको कार्यपालिका सदस्य सानुमायाँ गुरुङ पत्रकार लगायतको उपस्थिती रहेको थि...

२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
नारायणगढ (चितवन), ६ वैशाख : चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताउनुभयो । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उहाँले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताउनुभयो । वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताउनुभयो । स...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ- मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे पनि गरेको उहाँले बताउनुभयो । नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो । मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताउनुभयो । ुधर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आ...