सम्पर्क

राजनिती

अखिल नेपाल महिला संघ जुगलको अध्यक्षमा श्रेष्ठ

राजनिती
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्षमा माया श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । शनिवार भएको भेलाले उपाध्यक्षमा म्हेन्दो माया तामाङ, सचिवमा गिता तामाङ, सहसचिवमा गिता विक, कोषाध्यक्षमा दोरीमाया तामाङ सहित १८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । भेलाले महिलाका राजनीतिक हक अधिकारका क्षेत्रमा समेत छलफल गरिएको थियो ।...

सिन्धु कांग्रेस सभापतिका लागि तीनजना मैदानमा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोक को चौधौं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । केन्द्रको जस्तै जिल्ला सभापति लगायत पदाधिकारीमा सँस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा देउवा प्यानलबाट जँगबहादुर तामाङ मैदानमा आउनुभएको छ भने शेखर कोइराला समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहनुभएका बँशलाल तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्ला सभापति हुन त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिनुभएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उहाँ देउवा समूहबाट बागी उम्मेदवार बन्नुभएको छ । सिन्धुपाल्चोकमा केन्द्रिय सभापति देउवा पक्षको नेतृत्व केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गरिरहनुभएको छ भने कोइराला समूहको नेतृत्व वर्तमान जिल्ला सभापति विकास लामाले गरिरहनुभएको छ । कोइराला पक्षबाट भने बँशलाल तामाङको मात्र...

काँग्रेस वडा ईकाई समितिको वैठकले जिम्मेवारी तोक्यो

राजनिती
चौतारा सँगाचोकगढी नगरपालिका वडा नं. १४ को वडा ईकाई समितिको वैठकले विभिन्न जिम्मेवादी तोकेको छ । वडा इकाई सभापती विनोद तामाङको सभापतित्वमा बसेको बैठकले श्याम पराजुलिको सँयोजकत्वमा २१ सदस्यिय प्रचार प्रसार समिति गठन गरेको छ । त्यसैगरी पाटि ईकाई सभापति बिनोद तामाङ , चतुरबहादुर तामाङ, ईन्द्र बहादुर बस्नेत, राम्जीप्रसाद नेपाल, गोमादेवी दुलाल, केशर श्रेष्ठ, बलराम बस्नेत , श्याम पराजुलि रहेको टोल समिति समेत गठन गरिएको छ । वैठकले क्षेत्रिय कार्यसमिती सदस्यका लागि श्याम पराजुलि र जिल्ला कार्य समितिमा केशर बहादुर श्रेष्ठलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । वैटटकले कार्यालय सचिवको जिम्मेवारी भने कृष्ण बहादुर मैनालीलाइ दिएको छ । बैठकले माझी बस्ति बाट ४ जना , अशिने बाट ४ जना र दलित बस्ति बाट ४ जना वडा कार्यसमितिमा थप गरेको वडा सभापति विनोद तामाङले जानकारी दिनुभयो ।...

सिन्धुपाल्चोक काँग्रेसको अधिवेशन तालिका सार्वजनिक

राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला सदरमुकाम चौतारामा यही २८ गते मतदान हुनेगरी निर्वाचन कार्यतालीका सार्वजनिक गरिएको हो । जिल्ला निर्वाचन अधिकारी देवबहादुर कुँवरको सँयोजकत्वमा बसेको वैठकले २७ गते शुक्रबार नेपाली काँग्रेस पार्टी कार्यालय, विपी अध्ययन केन्द्र चौतारामा मनोनयन पत्र दर्ता गर्ने वताईएको छ । २७ गते १०ः ३० देखी १२ः ३० बजेसम्म सरोकारवालासँग छलफल हुने , १ वजे मतदाता नाममावली प्रकाशन गरिने र १ः३० वजेदेखी ३ः १५ वजेसम्म मनोनयनपत्र दर्ता गरिने निर्वाचन अधिकारी कुँवरले जानकारी दिनुभयो । त्यसैगरी शुक्रबार ४ः१५ मा उम्मेदवारको नेपाली वर्णनुक्रमअनुसार(देवनागरिक लिपीमा) प्रथम नाम प्रकाशित गर्ने , ४ः१५ बजेदेखी ४ः४५ बजेसम्म उम्मेदवारमाथी दावी विरोध र मनोनयन दर्ता फिर्ता गर्न सकिनेछ छ भने ६ः ४५ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । २८ ग...

काँग्रेस जिल्ला उपसभापतीमा सोम बहादुर तामाङले उम्मेदवारी दिने

राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको उपभापतीका लागी आधा दर्जन अनुहारहरु देखीएका छन् । जसमा नेपाल तरूण दलको नेतृत्वमा रहेर काम गरेका अनुहारहरू अगाडि देखिएका छन् । लामो समयदेखि पार्टीमा सक्रि रहि नेपाल तरूण विभागको जिल्ला संयोजक बन्नुभएका सोम बहादुर तामाङले पनि आफ्नो बलियो दावेदारी प्रस्तुत गर्नुभएको छ ।२०४६ को जनआन्दोलनदेखि नेपाली कांग्रेसप्रति आस्था बढेपछि उहाँले नेपाली कांग्रेसलाई रोज्नुभएको बताउनुभयो । त्यसपछिको समयमा १४ बर्षको हुंदा २०४८ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिंदै उहाँको राजनितिक यात्रा सुरू भएको हो । २०५२ सालदेखि क्रियाशिल रूपमा पार्टीको संगठन विस्तारको अभियानमा तामाङ निरन्तर लागिरहनुभएको छ । २०५४ मा नेपाल तरूण दलको क्षत्रिय सदस्यको जिम्मेवारीमा रहेर काम गरेको अनुभव पनि तामाङसंग छ । यस्तै २०६० मा तरूण दलको जिल्ला सदस्य हुँदै जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहि नेपाल...

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री सहित विभिन्न ब्यक्तिहरु कांग्रेस प्रवेश

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री मँगलबार नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहनुभएका क्षेत्रीलाई काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ को स्थानीय तह चुनावमा क्षेत्री एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका क्षेत्रीले फागनु ४ गते सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । ४० वर्षदेखि एमालेमा क्रियाशील क्षेत्री कुनै कम्युनिस्ट पार्टीमा जान सक्ने अनुमान भइरहेका बेला सबैलाई आश्चार्य पार्दै कांग्रेस प्रवेश गर्नुभएकधो हो । एमालेमा सामन्दवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको बताउनुभयो । ‘पद खोजेर नभई कांग्रेसले बोकेको नीति, बिच...

परिवर्तनका लागी पत्रकारीताको भूमिका महत्वपूर्णः पूर्वप्रधानमन्त्रीओली

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
मा समाजको हर परिवर्तनकालागिपत्रकारिताको भूमिकाअपरिहार्य भएको पुर्ब प्रधान मन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँनु भएको छ । उँहाले पोखरामा जागरण दैनिकको २५ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशितधौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सवसोमबारपोखरामामनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै पूर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीले जनजागरणमासम्बन्धी पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकताऔल्याउनुभयो । बताउनुभयो । उहाँले सहकारीमार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिकामार्फत स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको बताउनुभयो । समाजको हर परिवर्तनकालागिपत्रकारिताको भूमिकाअपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकताऔल्याउनुभयो । उहाँले सहका...

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा बस्नेतको समूहबाट डा. प्रेमध्वज लामाको उम्मेदवारी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमा अधिवेशन धमाधम भइरहेको छ । त्यसमध्ये बाँकी रहेको जिल्ला सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ । सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आउनुभएका लामाको संस्थापनबाट उम्मेदवारी दिन लाग्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् । २०२६ माघ २६ मा जन्मिनुभएका लामा २०४३ सालदेखि नै नेविसंघको सदस्यता लिनुभएको थियो । २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको उहाँ २०४७ मा नेविसंघको स...

सिन्धुपाल्चोकमा वंश दाई जित्नुहुन्छ, उहाँले मात्र जिल्ला हाँक्न सक्नुहुन्छ ः गगन थापा

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीमा वंशलाल तामाङको सानदार बिजय हुने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला हांक्न सक्ने एक मात्र उमेदवार वंशलाल तामाङ भएको थापाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । ’वंशलाल दाइको बिजयले समग्र सिन्धुपाल्चोक लाई स्थानिय चुनावमा नेपाली कांग्रेस लाई बिजय गराउन सफल हुने बताउँदै महामन्त्री थापाले तामाङको नेतृत्व बिजय भएको खण्डमा मात्रै स्थानिय चुनावमा कांग्रेस पहिलो हुने धारणा राख्नुभयो । महामन्त्री थापाले वैशाख ३० मा हुने निर्वाचनमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने समेत बताउनुभयो । वैशाख ३० गते घोषणा गरिएको न...

एमाले छाड्नुभएका गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश गर्दै

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले परित्याग गर्नुभएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ । क्षेत्रीसहित उहाँका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि आज कांग्रेस प्रवेश गर्न लाग्नुभएको हो । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले चौतारामा पत्रकार सम्मेलन गर्दै केही समयअघि नेकपा एमाले छाडेको घोषणा गर्नुभएको थियो । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गर्नुभएको हो । लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गर्नुभएका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लाग्नुभएको छ ।...