सम्पर्क

समाचार

कर्मचारी सञ्जाल नेपालले बुझायो संसोधन प्रस्ताव

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र नेपाल सरकारबीच भएको सहमती विपरित दर्ता गराएको बिधेयक प्रती कर्मचारीहरुले बिरोध जनएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयक २०८० का सम्बन्धमा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाललेसंसोधन प्रस्ताव बुझाएको छ । माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानु भक्त जोसी समक्ष संशोधन प्रस्ताव बुझाएको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो ।उँहाका अनुसार सञ्जालले आज देखी देखि पाटीका प्रमुख सचेतक , सचेतक र राज्यव्यवस्था समितिका सभापतीज्युलाई संशोधन प्रस्ताव बुझाउने कार्यक्रम रहेको ।स्थानयि तहमा कार्यरत कर्मचारी हरको संजाल को केन्द्रीय कार्यसमितकिो बैठकले “संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्...

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभामा प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरु मध्ये नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्य समिति उच्च कार्य सम्पादन गरेकोमा सम्मानित भएको छ । नेपाल शिक्षक सङ्घको विधान, मूल्य, मान्यता र आदर्श अनुरूप रचनात्मक क्रियाकलाप तथा उत्कृष्ट साङ्गठनिक गतिविधि सहित सङ्घको कार्यहरु सम्पन्न गरी नेपाल शिक्षक सङ्घलाई गतिशील मर्यादित एवम् गरिमामय बनाउन पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको प्रतिनिधि सभाको पावन अवरसमा उत्कृष्ट जिल्ला कार्यसमितिको रूपमा यो सम्मान गरिएको हो । नेपाली शिक्षकहरुको हक र अधिकारका लागि स्थापित नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभा फागुन २६ र २७ गते काठमाडौंको सुकेधारा स्थित नवदुर्गा भेन्युमा भएको कार्यक्रममा उद्घाटन समारोहमा उत्कृष्ट जिल्ला र जिल्लागत उत्कृष्ट नेपाल शिक्षक संघ...

नेकपा एमाले सिन्धुपाल्चोक अधिबेशन अध्यक्ष ओलीले द्धारा उद्धघाटन हुने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेकपा एमाले सिन्धुपाल्चोकको चैत्र १६,१७ र १८ गते चौतारामा हुने जिल्ला अधिवेशन पाटी केन्द्रयि अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने बसेको जिल्ला कमिटीको वैठकले सो अधिवेशनको निर्णय गरेको जिल्ला पाटी कमिटी सचिब रामचन्द्र बस्नेतले जानकारी दिनु भयो । शनीबार भएको पाटीको वैठकले अधिवेशन भब्य र सब्य तरिकाले सम्पन्न गर्नका लागी विभिन्न निर्णयहरु गरेको छ । एमालेले अधिवेशन प्रतिनीधि वडा वाटै छनौट गर्ने र प्रत्येक १० नविकृत सदस्यवाट १ जना प्रतिनीधि प्रतिनीधि छनौट गर्ने मापडण्ड बनाएको छ । साथै महिला, दलित, जनवर्गिय संगठन र सम्पर्क मन्चका प्रतिनीधिवारे पनि छलफल गरेको छ ।सो पार्टीले प्रतिनीधि छनौटका सन्दर्भमा अर्को कडा निर्णय गरेको छ । पार्टीलाई वुझाउन वाकी आर्थिक दायित्व चैत्र ५ गते सम्म नवुझाए प्रतिनीधि वन्न नपाउने व्यवस्था गरेको छ । साथै अधिवेशनका लागि पार्टी सदस्यवाट १ स...

मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची ब्याडमिन्टन एकेडेमीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार मेलम्ची ७ अमारे वगरमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै खेलको आ–आफ्नो महत्व हुने भएकाले खेलकुदलाई समृद्ध बनाउनका लागी सबै खेललाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी मेयरकपमा भलिबल,फुटबल,ब्याडमिन्टन,कराँते,म्याराथन लगायतको खेल खेलाइने जानकारी दिनुभयो । उहाँले नियमित रुपमा खेलकुदमा आवद्ध हुनुपर्ने भन्दै क्रियाशिल भएर लागेमा सबैले सबै खेल खेल्न बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले प्रतियोगितामा विजेताहरुलाई बधाई दिदै आगामी दिनमा पनि सफलताको लागी शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा मेलम्ची –७ का वडा अध्यक्ष पासाङ तामाङले खेल मार्फत स्वास्थ्य रहन मद्धत गर्ने बताउँदै एकेडेमीले गरिरहेको सामाजिक कामको प्रशंसा गर्नुभयो । उहाँले नेपाल बैंक मेलम्ची...

कुखुरा फर्ममा आगलागी

ब्रेकिङ न्युज २, समाचार
पछिल्लो समय सिन्धुपाल्चोकमा विद्युतको हाई भोल्टेजका कारण आगोलागिका घटना धेरै भएका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ पौवाथोकमा लिला गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा शुक्रवार साँझ आगलागी भएको छ । अचानक विद्युत् लाइन सट भई आगलागी हुँदा कुखुराका चल्ला सहितको फर्म जलेर पुर्ण रुपमा नष्ट भएको हो । आगोलागीबाट करिव १० लाख बराबरको क्षति भएको संचालन गिरीले बताउनुभएको छ । आगोलागी पछि चौतारा साँगाचोकगढी नगरपालिकाबाट बारुण यन्त्र दमकल बोलाएर पानी हाली आगो नियन्त्रणमा लिईएको थियो । गत साता शनिबार चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको विष्णु एग्रो फर्ममा विद्युतको हाई भोल्टेजका कारण आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षती भएको थियो ।...

आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस

विचित्र संसार, समाचार
काठमाडौँ, २५ फागुन : आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुर...

स्थानीय तह कर्मचारी संजालले माननीयहरु समक्ष संसोधन प्रस्ताव राख्ने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ । स्थानीयतहमा कार्यरत कर्मचारीहरूको संगठन स्थानीय तह कर्मचारी संजाल नेपालको केन्द्रीय कार्यसमितिको बैठकले “संघले नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्था लगाएतका विषयहरू प्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णय गरेको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो । उँहाका अनुसार संघीय सरकारले संसदमा पेश गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का केही प्रावधान संशोधन गर्न लागेको विषयमा संजालको पदाधिकारी बैठक बसेको हो । बैठकमा अन्तर प्रदेश सरूवा, प्रमुख प्रशासकीय अधिकृतको समायावधी , समायोजन भएका कर्मचारीहरूको संघमा फिर्ता,स्थानीय तहका कर्मचारीहरूको सेवा सर्त,स्थानीय तहका कर्मचारीको केन्द्रीय स्तरको ट्रेडयुनियन, बढुवा प्रक्रिया लग...

सरकारलाई दुर्गम गाउँका नागरिकका गुनासो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक चित्र मिजार,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का समाजसेवी चक्र रुम्बाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नागरिकको जनजीवनमा परिर्वतन ल्याउने कार्य गर्न सुझाव दिनु भएको छ। बिकासका मूलप्रवाहबाट बञ्चित रहेका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाँई, बिद्युत, रोजगारी, भौतिक पूर्वाधार लगायतका काम गर्न रुम्बाले तीनै तहका सरकारलाई सुझाव दिनु भएको छ ।भूमिसुधारका कार्यक्रम ब्यबहारिक रुपमा कार्यान्वयन गर्न, गाउँ–गाउँका बाँझो खेतबारीलाई उत्पादनमा लगाउन मल, जल, सिचाँईमा बजेट उपलब्ध गराई काम गर्न, कृषि पशुपालनमा बिना धितो बिना ब्याजमा ऋण दिन, बास्तविक बिकानलाई मात्रै कृषि अनुदान दिन सरकारलाई उहाँले सुझाव दिनु भयो । कृषिमा प्रर्याप्त बजेट बिनियोजन गरी सदुपयोग गरेमा गाउँमै रोजगारी बढ्ने र बिदेश पलायन हुन नपर्ने उहाँको तर्क रहेको छ । ७० रोपनी जमीनको हदबन्द...

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।२६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको हो । देशको प्रत...

पालिकाको कसैलाइ पनी शिक्षा बाट बञ्चीत हुन दीने छैन ःतिमिल्सिना

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सीनाले आफ्नो गाउँपालिका भित्रका कोही पनी नागरिकलाइ शिक्षाबाट बञ्चीत हुन नदीने बताउँनु भएको छ । उँहाले गाँउपालिकामा आर्थीक समस्यामा परेकालाइ, असाय तथा जोखीममा परेका जोकोही बालबालीकालाइ पालिकाले बिद्यालयमा पढ्न जाने बातबरण मिलाएको बताउँनु भयो । उँहाले सुनकोसी सदाबहार एकेडेमी का शिक्षीका तथा बिद्यार्थीहरु सँग शिक्षा बिकासका बारेमा छलफल गर्दै बुधबार यस्तो बताउँनु भयो । बिद्यालयको प्रधानध्यापक दुर्गा थापा लगाएतको बिद्यार्थीहरु सँगको छलफलमा उँहाले शिक्षा क्षेत्रमा निजी बिद्यालयले गरेको योगदानको कदर गर्दै शिक्षा समितीमा समेत निजी बिद्यालयको पनी प्रतिनिधीत्व गराइ निजी बिद्यालयका पनी समस्या समाधान गर्न आफु लागी परेको बताउँनु भयो । उँहाले सरकारले लगानी गरेका बिद्यालयलाइ संरक्षण गर्नु आफ्नो पहीलो दाइत्व भए पनी गुणस्तरिय शिक्षा प्रदान गर...