सम्पर्क

समाचार

अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कप सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार
अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलता पुर्वक सम्पन्न भएको छ । अष्ट्रेलियाभरबाट चालिस टिमहरुको सहभागिता रहेको तुर्नामेन्टमा सबै टिमहरुले अद्भुत खेल कला तथा क्षमता प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । यसपालीको १३ औं कँडेल कन्सल्टेन्सी कपको बिजेताका रुपमा सेन्टजर्ज नेपाली क्लब, सिड्नी स्थापित भएका छन्। कँडेल कन्सल्टेन्सीले बिगत १३ बर्ष देखी यती क्लब मेलबर्नको सहकार्यमा खेलको प्रायोजन गर्दै आएको कन्सल्टेन्सी सन्चालक राज कंडेलले जानकारी दिनु भयो । उँहाले १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलअता पुर्वक साम्पन्न भएको छ मा सम्पूर्ण टिमका खेलाडीहरुलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ । उँहाले खेलप्रतिको सहभागी खेलाडींहरुको रुची, लगाव र मेहनत सह्रानीय छ। शुभेच्छुक लगायत मेलबर्नवासी सम्पूर्ण नेपाली समुदायलाई म यस बृहत कार्यक्रमको साक्षी बनि खेलाडीहरुको उत्साह बढाइदिनु भ...

शिक्षक तथा विव्यस पदाधिकारीले छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने

ब्रेकिङ न्युज १, समाचार
पिस्कर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ३ धुस्कुनको सुनकोसीमा रहेको सिद्दिकाली आधारभुत विद्यालयले विद्यार्थी संख्या बढाउन र टिकाउन विभिन्न योजनाहरु ल्याएको छ । घटदै गएको विद्यार्थी संख्यालाई बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दै आएको थियो । फाल्गुन २८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कार्यरत शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आउदो शैक्षिकसत्रदेखि अनिवार्य आफ्नो बच्चालाई सोही विद्यालयमा अध्यापन गराउनु पर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको विव्यास सदस्य प्रवेश श्रेष्ठले बताउनु भयो । निर्णयमा भनिएको छ,सिद्दिकाली आधारभूत विद्यालयमा विद्यार्थी बढाउने अभियानबाट लाग्दै गर्दा अब नयाँ शैक्षिक सत्र बाट यसै विद्यालयमा अध्यापन गराउने शिक्षक एवं विद्यालय व्यवस्थापन समितिमा रहनु भ...

गोल्मा राजारानी सामुदायिक बन उपभोक्ताको वार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
 गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार दिगो शान्तिका लागि उन्नत संबन्ध भन्ने नाराका साथ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र माकुरा समुहको आयोजनामा भएको कार्यक्रममा गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सुशासन तथा सिमाना संबन्धी द्वन्द्वमा साझा विकल्प पारितको संयुक्त बैठक समेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले अहिले मेलम्ची नगरपालिका भित्र यस्ता बन उपभोक्ता समिती धेरै बनेको देखेको भन्दै त्यसले गर्ने काम कर्तव्य,अधिकारका बिषयमा अनुगमन तथा निर्देशित गर्न आग्रह गर्नुभयो । उहाँले ७ बुदेँ सहमती कार्यन्वयन गर्न बनेको यो समितिको संयोजकले मात्र नभई सबै उपभोक्ता हरुको सहयोगमा छिटो र छरितो कार्यन्वयन हुने भएकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । प्राकृत...

चौतारामा भजन प्रशिक्षण शुरु

समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित चौतारामा रहेको कृष्ण मन्दिरमा निशुल्क भजन प्रशिक्षण शुरु गरेको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले विनाश गरेको कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई प्रशिक्षण शुरु गरिएको हो । स्थानीय सम्पदा संरक्षण गुठिको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ । प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो । आइतबार पुरानो बजारमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गल कृष्ण सिं साथै अन्य पदाधिकारीले विभिन्न बाद्य सामाग्री हस्तान्तरण गर्नुभयो । गुठिका अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा चौताराका विभिन्न खलः साथै पुचःका पदाधिकारी साथै स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले चौतारामा नेवाः संस्कृतिको पुनरोत...

लघुकथासम्बन्धि मासिक समाचार

समाचार
सर्जक किशन पौडेलको हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टिको विमोचन भएको छ । वसन्त पञ्चमीको अवसर पारेर फेसबुकको माध्यमबाट भारतीय सानी नानी आदिका अग्रवालबाट उक्त कृतिको लोकार्पण भएको हो । पंख प्रकाशन मेरठबाट प्रकाशित भएको उक्त कृतिमा भारतका समालोचक एवं वरिष्ठ लघुकथाकार डा.बलराम अग्रवालको भूमिका लेखन रहेको छ । प्रस्तुत कृति अन्तर्द्वन्दको विमोचन र समीक्षा नेपाल भारत साहित्य महोत्सवमा पुनः पनि गरिएको ड्ड साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । गण्डकी प्रतिष्ठान, पोखराको आयोजनामा फागुन ५ गते शनिबार, पोखरामा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अग्रज साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, कृतिकार थापा , रमेश श्रेष्ठलगायतले कृतिको सामूहिक लोकार्पण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि स...

५१सदस्यीय आन्दोलन समिती गठन सहीत सिन्धुमा राप्रपाको प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दो परीचालन समिती बनेको छ। चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा राजेश गिरी ले प्रजातन्त्रमा जनता भन्दा ठुलो कोहि नहुने बताउनु हुँदै जनता भन्दा माथि उठ्न खोजे तानासाह बढ्ने बताउनु भयो । प्रजातन्त्रमा जुनसुकै अवस्थामा पनि नेताले जनताको कुरा सुन्न पर्ने र जनताको कुरा नसुन्ने नेता असफल हुने बताउनु भयो। कार्यक्रममा प्रशिक्षण बिभागका उप प्रमुख खुश्बु ओेलिले अब छिटै नेपालमा व्यवस्था परिबर्तन हुने र स्वदेसमा नै रोजगारको व्यवस्था गरिने बताउँनु भयो । उँहाले यो आन्दोलनमा सहभागी हुन सबैमा आग्रह गर्नु भयो ।अवस्था बदल्न व्यवस्था बदलौ भ...

चौतारा अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
 जनशक्ति अभावमा केही सयम रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ । दक्ष जनशक्ति नभएको जनाउँदै अस्पतालले सो सेवा बन्द गरेको थियो । यहि माघ २५ गते डा. रोशन चौधरीलाई अस्पतालले नियुक्त गरेसँगै सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीको सक्रियता, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सेवा शुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै बाहिर लानुपर्दा हुने लाखौँ खर्च र ज्यानको जोखिम दुवै कम भएको छ । अस्पतालका विशेषज्ञ चिकित्सक डा. रोशन चौधरीले भन्नुभयो, “बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्...

दरबन्दीको कारणले निजि स्रोतमा शिक्षक राख्नु परेको बाध्यता छ , प्र अ ज्ञान बहादुर तामाङ

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला साविक कदमबास गाबिस वडा नं ९ मा पिता चन्द्र बहादुर तामाङ र माता कान्छी माया तामाङको कोखबाट पहिलो सन्तानको रुपमा २०३९ साल पौष महीना को ७ गते जन्मनु भएका शिक्षा प्रेमी सामाजिक व्यक्तित्व चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको गोल्मा देबी माध्यमिक बिद्यालयका प्र.अ. ज्ञान बहादुर तामाङसँग हामीले केही कुराकानी गरेका छौँ । प्रस्तुत छ उँहा सँँग गरिएको छोटो कुराकानी तपाइको परिचय पाऊ न मेरो नाम ज्ञान बहादुर तामाङ हो । म वि.स. २०३९ पौष ७ गते पिता चन्द्रबहादुर र माता कान्छीमायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएर हाल सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको श्री गोल्मा देवी माध्यमिक बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीमा काम गर्दे छु । मेरो घर यसै वडामा पर्छ । मेरो एक श्रीमती १ छोरा १ छोरी छन । यहाले शिक्षणा पेसा सम्हालेको कति बर्ष भयो ? म शिक्षण ...

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
  सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरक...

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ उपप्रमुख 

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  मन्दिरा अधिकारीभक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ ।  भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभएको हो । यस्तै फरक प्रसङ्गमा उहाँले चाँगुनारायण अस्पताललाई वडा नम्वर ४ बाट सार्ने चलखेलको विरुद्धमा आफू अग्रसर भएर लाग्ने समेत बताउन...