सम्पर्क

समाचार

हिमालयन लघुवित्तद्वारा बिमा दाबी रकम भुक्तानी

ब्रेकिङ न्युज १, समाचार
हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय किउल सिन्धुपाल्चोकले बीमा दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ०२ स्थित केन्द्र नं ००७ समूह नं १ मा रहनु भएको सदस्य पवित्रा कार्की घर्तीको श्रीमानको मृत्यु पश्यात सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गरेको छ । सदस्यले संस्थाबाट ५० हजार कर्जा लिएकोमा श्रीमानको मृत्यु पश्यात संस्थाको नियम अनुसार ५० हजार बीमा रकम र काजक्रिया खर्च बाफत कर्जाको २५% हुन आउने रकम १२ हजार पाँच सय जम्मा गरेर ६२ हजार पाँच सय रकम चेक मार्फत शाखा प्रमुख सक्षम घोरसैनीले उपलब्ध गराउनु भयो ।...

आर्थिक समृद्धि हुने प्रकृतिका कार्यक्रम अबको आबश्यकता ः उपप्रमुख उमा प्रधान

ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा सञ्चालित दुई दिने दलित हक र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची नगरस्तरीय दलित साझा संजालको आयोजनामा कार्यक्रम गरिएको हो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले आर्थिक समृद्धि हुने प्रकृतिका कार्यक्रम अबको आबश्यकता रहेको बताउनुभयो । यस्ता कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने बताउँदै भावि दिनमा महिलाका योजनाहरूलाई प्राथमिकतामा राख्ने र दलित समुदायका समस्या र आवश्यक योजना पूरा गर्नका लागि आफ्नो तहबाट पुर्ण रूपमा लाग्ने कुरा बताउनुभयो ।उहाँले कानुन बनेपनि यसको कार्यान्वयन हुन नसक्दा दलितका हक अधिकार प्राप्तिमा समस्या भएको बताउनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गर्नुभएको थियो । दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृ...

सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
गण्डकी, ६ जेठ : पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् । प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताउनुभयो । “स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन् । फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन् । वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो । हाल प्रतिकेजी ८० मा बारीबाटै काँक्रा बिक्री हुने गरेको छ । उहाँले समूहमा आवद्ध महिलाहरूले नै बारीबाट काँक्रा खरि...

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित : अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज १, विचार, समाचार
रौतहट, ५ जेठः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राख्नुभएको छ ।तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका—९ चेतनगर, मरधर, सिन्धुरेघारीमा भएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष बस्नेतले त्यस्तो धारणा राख्नुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा गम्भीर असरले परिरहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतनावृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोबिन्द चौलागाइले समाजमा रहेका प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तिमा एउटा बिरुवा रोपेर पर्यावरण जोगाउन सकारात्मक सन्देश फैलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानलाई देशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमा पुर्याउन आवश्य...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबीका क्षेत्री मगर,सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।  अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू ग...

सिन्धुका गुरुङ सहित ४ राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक

खेलकुद, विचार, समाचार
नेपाल तेक्वान्दो संघद्वारा आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङसहीतको सहभागीतामा जेष्ठ ३ देखि ५ गतेसम्म सफलतापुर्बक सम्पन्न भएको छ । गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङ पनि यस अघी निर्णयक बनी सक्नु भएको थियो भने तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक सेमिनारमा लिसंखुपाखर गाउँपालिकाका प्रशिक्षक तथा लिसंखुपाखर तेक्वान्दो डोजाङ्गका प्रमुख इश्वर भण्डारी र हिराहरि तेक्वान्दो डोजाङ्गका तेस्रो डान कालोपाटी सुदिप तामाङले पनि सेमिनार सफलतापुर्बक सम्पन्न गर्नु भएको छ । सेमिनारमा उतिर्ण भएसंगै सुदिप तामाङ र इश्वर भण्डारी राष्ट्रिय पुम्से निर्णायक हुनु भएको छ ।  नेपाल ते...

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी  

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रिय अभियानमा लागेको बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज यहाँ आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उहाँले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह«ो छ, म एक्लै भए पनि एक सत्रिय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु ।” निजि क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानुन सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसित माग गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले सरका...

काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक, ५ जेठ : काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते अभियानमा खोप लगाउन लागिएको हो । विसं २०७३ जेठदेखि २०७५ भदौसम्म नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त सङ्ख्याका बालबालिका खोपविहीन बन्न पुगेका जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २६ गतेसम्म ‘फुल–डोज’का रुपमा खोप लगाइने जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख रागीश्री कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान विद्यालयमा सञ्चालन गरिने भएकाले विद्यालय बाहिर रहेका बालबालिकालाई भने समे...

आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देवराज सुबेदी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार मेलम्चीमा उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय —आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो । हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले आगामी बर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद...

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो । प्रदेशले मेलम्ची ग्याल्थुम,किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्...