सम्पर्क

समाचार

सडकमा लगानी, बालुवामा पानी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रुपक पुरी ÷चौतारा सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर सिन्धुपाल्चोकका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका कारण राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै बिना योजना निर्माण गरिँदा वर्षैपिच्छे स्तरोन्नतिका नाममा अनावश्यक बजेट सक्ने माध्यम बन्दै आएका छन् ।गाउँमा सडक पु¥याउन स्थानीय तहले विकास बजेटको ५० देखि ८० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा केन्द्र सरकार, निर्वाचन पूर्वाधार विशेष कार्यक्रममा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्षेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दूरी मुस्किलले ८० किमि जति छ । ‘हाम्रो तथ्यांकमा बाह्रै महिना चल्ने सडक भनेको त्यस्तै ७५–८० क...

सबैले आ–आफ्नो धर्म पालना गरे भ्रष्टाचार हुँदैन, देश आफै बन्छ ः राज्यमन्त्री चौधरी

समाचार
काठमाण्डौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सबैले आ–आफ्नो धर्म मान्ने हो भने मुलुकबाट भ्रष्टाचार आफैं कम हुने बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा बुधबार काठमाडौंको बालाजुमामा आयोजित श्रीमद्भागवत महापुराण तथा श्रीमद्वाल्मिकी रामायण ज्ञान महायज्ञलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘देश विकृत, अव्यवस्थित, भ्रष्ट र अनैतिक भएकाले गुनासो गर्ने, गाली गर्ने र आन्दोलन गर्ने र देश छाड्नेको संख्या बढ्दै गएको छ । हो, समस्याहरू छन् । त्यसोभए समस्या छ भने दुव्र्यवहारको विरोध गरेर त्यसलाई न्यूनीकरण गरेर समाधान गर्न सकिन्छ ?, राज्यमन्त्री चौधरीले भने, ‘यी सबै समस्याको एउटै कारण भनेको मानिस आफ्नो धर्मबाट विचलित हुनु हो । जब कोही आफ्नो धर्मबाट विचलित हुन्छ र विनाश र भ्रष्टाचार सुरु हुन्छ । समस्या सुरु हुनेछ ।’ देशका हरेक जिम्मेवार व्यक्तिले आ–आफ्नो जिम...

प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही : अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  रासस   काठमाडौँ, ५ भदौ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘आमसञ्चार माध्यम’ विषयका विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस कार्डको दुरुपयोग गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचयपत्रको सदुपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पछिल्लो समयमा प्रेस पास दुरुपयोग भएको विषयमा धेरै गुनासा आउने गरेका छन् । त्यसलाई ध्यानमा राखी छानबिन भइरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्योल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षर...

बनेपामा ‘कन्या–पूजा’ को तयारी

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक ५ भदौ : प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा । यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै आइएको छ । कन्या–पूजा बनेपा नगरको पूरानो बजारमा बर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ । नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपालीहरु विसं १९५९ देखि जुट्दै आएका छन् ः उही लगाव, उही तामझाम र उही रमझमका साथ । दुई बर्ष कोभिड–१९ को महामारीका कारण कन्या–पूजा प्रभावित बन्यो । २०७९ देखि पुनः निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् । सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाईलाई पूज्दै आइएको हो । यस बर्ष कृष्ण जन्माष्टमीका दिन यही भदौ १० गते कन्या–पूजा गरिने तयारी भइरहेको छ । रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चित...

सुनकोशी इन्द्रावती समाजद्वारा सम्मान 

ब्रेकिङ न्युज १, समाचार
सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले चिकित्सक, स्वास्थ्यकर्मी तथा विभिन्न संस्थाहरूलाई आज सम्मान गरेको छ । समाजबाट प्रा डा सगुननारायण जोशी, प्राडा केपी सिंह, प्राडा जीवनकुमार श्रेष्ठ, प्राडा दीपकप्रकाश महरा, प्राडा आनन्दकुमार शर्मा, प्राडा शङ्करमान राई, प्राडा पद्मराज पन्त, प्राडा रत्नमणि गजुरेललगायत चालीसभन्दा बढी चिकित्सक, परिचारिका एवं विभिन्न संस्थाहरू सम्मानित भएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला र समाजका अध्यक्ष भूपेन्द्र थापाले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेता डा कोइरालाले नेपालमा स्वास्थ्य र शिक्षा निकै महँगो भएकाले यसलाई कसरी पहुँचयोग्य बनाउने भन्ने विषयमा सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य प्रणालीलाई कसरी अलि कम खर्चिलो र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्छ ।” समाजका अध्यक्ष थापाले दाताको ...

यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनमा

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अङ्क जोडेको थियो । पछिल्लो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । बङ्गलादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान एक एक गोल गरे । खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे । समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल यही भदौ ६ गते हु...

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चितवन चितवन स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।  पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बीमा बोर्डबाट रु एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो । इञ्चार्ज पौडेलका अनुसार आव २०७६÷७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर रु २३ करोड ८८ लाख चार सय ...

भाद्रकृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ४ भदौःप्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानी...

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ४ भदौः सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ । उहाँले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजा...

श्रावण शुक्ल पूर्णिमाः मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३ भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बत...