ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा बृहत रक्तदान कार्यक्रम हुने
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
कतारमा आगामी शुक्रबार अर्थात जनवरी १७ तारिकका दिन रक्तदान कार्यक्रम हुने भएको छ ठकुरी सहयोग संजाल, कतारको आयोजना र नेपाली रक्तदाता संघ,कतारको समन्वयमा समाजले “३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर “बृहत् रक्तदान“कार्यक्रमको आयोजना गरिएको हो ।
“रक्तदान गरौ,मानविय तथा परोपकारी कार्यमा सहभागी हौ“ भन्ने मुल नारालाई आत्मसाथ गर्दै शुक्रबार अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा रक्तदान हुने समाजका सह–कोषाध्यक्ष तथा कार्यक्रम संयोजक नमराज शाही ठकुरीले लोकप्रिय राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको छ ।
कतारमा स्थापित विभिन्न सम्पुर्ण नेपाली संघ–संस्था,तथा कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मानविय कार्यमा सरिक भएर रक्तदान गरिदिन समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीले आग्रह समेत गर्नुभएको छ ।
शुक्रबार बिहान ८ बजे देखि दिनको १ ब...

