सम्पर्क

Author: लोकप्रिय समाचार

समाजसेवी सुमनद्धारा सुकुटेमा बिद्यार्थीलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  पहिले जनता बचाऔ,राजनिती पछी गरौला भन्ने “पूर्व मन्त्री मोहन बहादुर बस्नेतको“सब्दलाई आत्मा साथ गर्दै सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० देउराली हरै हाल काठमाडौं बस्दै आउनु भएको बिकासप्रेमी जुझारु समाजसेवी निल बहादुर तामाङ ( सुमन ) ले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । उँहाले चौ.सा.गढी नगरपालिका वडा नं.१० कार्किटार साठिमुरे स्थित श्री लालिगुरास आधारभूत बिधालयमा अध्यनरत सम्म्पुर्ण विद्यार्थीलाई बिद्यालय पोसाक का साथै खाजा सहयोग गर्नु भएको छ । नेपाली काँग्रेस वडा इकाइ सभापती मन्जु थापाको बिशेष पहलमा उक्त सामाग्री बितरण गरिएको हो । यसरी सहयोग गरेकेमा विशेष धन्यवाद व्यक्त गर्दै स्थानिय ले उक्त कार्यको प्रशङ्सा गरेका छन। नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जनतालाई शिक्षा, स्वास्थ्य, र रोजगार मा पहिलो प्रथमिकता राखेर जनतालाई बचाउ...

चौतारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ब्रेकिङ न्युज २, स्वास्थ्य
विपना तामाङ ( गोले) नेपाल रेडक्रस सोसाइटी सिन्धु शाखाको समन्वयमा रेडक्रस केन्द्रीय कार्यालयले चौतारा अस्पताललाई प्रजनन स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सोमबार कोभिड अस्पतालमा एक कार्यक्रम गरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर कार्कि र चौतारा अस्पतालका डा. करुणा बज्रचार्यलाई रेडक्रस जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभडेलले प्रजनन स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा रेडक्रस सिन्धुपाश्ल्चोकका मन्त्री कमल चरण कक्षपती , रेडक्रस जिल्लासदस्य रामकृष्णराज भण्डारी , सुरेश कसजु , कार्यालय प्रमुख भरत प्रसाद कोईराला लगायतको सहभागिता रहेको थियो । उक्त सामग्री युयनएचसिएचआरको सहयोगमा केन्द्रीय कार्यालयबाट प्राप्त भएको रेडक्रसका कार्यालय प्रमुख कोईरालाले जानकारी दिनुभयो ।...

सिन्धु कांग्रेसमा जंगबहादुर

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा विजयी हुनुभएको छ । उहाँले पहिलोपटक ५१ प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो पटक भएको मतदानमा ९१२ मत ल्याई विजय हासिल गर्नुभएको हो । यस अघि पहिलो पटकको निर्वाचनमा ७०५ मत ल्याई पहिलो स्थान ओगट्न सफल हुनुभएको थियो । आफ्नो प्रतिष्पर्धी वंशलाल तामाङलाई ६४ मतको अन्तरले पराजित गरि लामा विजयी हुन सफल बन्नुभएको हो । आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९ सय बाह्र मतसहित सभापतिमा विजयी हासिल गर्नुभएको र उहाँका प्रतिष्पर्धी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।  ...

काग र म

साहित्य
घनश्याम नेपाल यो रंगमंच धमिलो छ कि नाग बेली आऊँछ छेउ नजिकै किन काग घेरि । रूंदै कराउँछ म हेर्छु कठै ! भनेर के सक्छु खान दिनलाइ खुशी बनेर । सुख्खा म देख्छु उसको मुख बाइ रैछ दाना म देख्दिन कतै रनभूल भै छ । आकासमा नयन पारि फिजाँइ पंख उड्दै छु भन्छ अहिलै धुन फुक्छ शंख । जोडी छुटेछ बिचरा न त बाल बच्चा उस्कै छ यौवन बिछिप्त म देख्छु कच्चा । हावा बहन्छ उडि जान्छ उतै रमाइ फेरो न मार्छ लयमा खुश भै घमाइ ।...

सिन्धुपाल्चोक काँग्रेस अधिवेशनको दोस्रो चरणमा प्रेमध्वजले बंशलाललाई सघाउने

ब्रेकिङ न्युज १, राजनिती
नेत्रबहादुर बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएपछी डा. प्रेम ध्वज लामाले बंशलाल तामाङलाई सहयोग गर्नुहुने भएको छ । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसेकपछि दोस्रो चरणको चुनाव आजै हुने भएको छ । प्रेमध्वजले बंशलाललाई सघाउने भएसँगै बंशलालको जित निश्चित भएको छ । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ । पहिलो चरणमा कुल खसेको १८६६ मतमध्ये जँगबहादुर लामाले ७०५, बंशलाल तामाङले ६२९ र प्रेमध्वज लामाले ४९३ मत प्राप्त गर्नुभएको थियो । बंशलाल तामाङ र डा. प्रेमध्वज लामाले सँयुक्त पत्रकार सम्मेल गर्दै बंशलाल तामाङलाई सभापतिमा निर्बाचित गराउन अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा स...

सिनो हाईड्रोले बन्द गरेको काम थाले

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग अम्वाथानमा सिनो हाईड्रोले शुक्रबार विभिन्न माग राख्दै बन्द गराएको मर्मतसंम्भार र पुननिर्माणको काम शनिवारबाट सुरु गरेको छ । असार १ मा बाढीले ध्वस्त मेलम्ची आयोजनाको मुहानक्षेत्रको संरचना चिनिया ठेकेदार कम्पनी सिनो हाइड्राले नेपाली सेनामार्फत ‘फास्ट ट्रयाक’मा पुनर्निर्माण र मर्मतसंम्भार गर्दै थियो । मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुव“रकाअनुसार शुक्रवार दिनभर रोकिएको मुहानस्थलको काम शनिवार बिहानबाट थालिएको छ । आयोजनाको मर्मतकार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले काम बन्द गरेको थियो । ‘कम्पनीलाई माथिल्लो र तल्लो तहबाट केही प्रतिबद्धता र छलफल भएपछि शनिवार सिनो हाइड्रो आफ्नो कामलाई पुन थालेको छ, भुक्तानी दिने समयनिश्चित र महत्वपूर्ण छलफल भएको छ,’कुव“रले भन्नुभयो । मेलम्ची आ...

अखिल नेपाल महिला संघ जुगलको अध्यक्षमा श्रेष्ठ

राजनिती
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्षमा माया श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । शनिवार भएको भेलाले उपाध्यक्षमा म्हेन्दो माया तामाङ, सचिवमा गिता तामाङ, सहसचिवमा गिता विक, कोषाध्यक्षमा दोरीमाया तामाङ सहित १८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । भेलाले महिलाका राजनीतिक हक अधिकारका क्षेत्रमा समेत छलफल गरिएको थियो ।...

प्रथम पाँचपोखरी राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु

खेलकुद, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोक जिल्लाका पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रथम पाँचपोखरी राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । थाङपाल धाप माध्यामिक विद्यालको प्राँगणमा पुर्बमन्त्री तथा सँघिय सांसद शेर बहादुर तामाङले प्रतियोगिताको उद्वघाटन गर्नुभएको हो । प्रमुख अतिथी तामाङले मन्तब्य राख्नु हुंदै उहांले खेलकुदको बिकास संगै थाङपाल पाँचपोखरी क्षेत्रमा बिकास निर्माणको गतिमा पनि उल्लेख्य सुधार भएको बताउनुभयो । खाल्डेखोलादेखि धापसम्म जाने सडकको स्तरोन्नति यसै बर्ष सम्पन्न हुने र धापदेखि भोताङसम्मको सडकको केहि महिना भित्रै टेन्डरको प्रकृया अगाडि बढाईने बताउनुभयो । त्यसैगरि धापबाट बरुवा जोड्ने लामो दुरिको झोलुङ्गे पुलको पनि डिपिआर गरि छिट्टै निर्माणको लागि पहल गरिने बताउनुभयो । नेपाल हायसी सितो रियो डाई करातें डो शाखा डोजो सिन्धुपाल्चोकका अध्यक्ष सुर्य बहादुर अधिकारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रम...

पिडाको भूमारीमा महिला नेतृत्व

ब्रेकिङ न्युज २, समाचार
राजनीतिमा लागेका महिलाले भोग्नु परेको समस्या विषयमा सामुदायिक सारथीको सहयोगमा जिल्ला समन्वय समितिको आयोजनामा भएको अन्तक्र्रियामा सहभागि नेतृहरुको धारणाले यस्तो पुष्टी गरेको हो । राजनितिमा लागेका महिलाहरुका मात्रै होइन समाजमा एउटा स्थान कायम गरि सकेका जनप्रतिनिधिको समेत अवस्था भयावह देखिन्छ । अझ दलित महिलाको पिडा असह्य रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ की वडा सदस्य कमला वि.कले आफु निर्वाचित भएपछि पनि पटक पटक जातकै कारणले विभेद भोग्नु परेको तर न्याय नपाएको दुखेसो पोख्नुभयो । यस बारेमा कहि कतैबाट पनि सहयोग नपाएकोले न्याय पाउन नसकेको बताउनु भयो । विगतमा धेरै पटक विभेदकै डरमा भोक भोककै बसेको तितो अनुभव राख्नु भएको थियो । जनप्रतिनिधिको जिम्मेवारीको बारेमा पनि अन्य सदस्य सरह समान अधिकार पाउन नसकेको बताउनु भयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४ का वडा सदस्य शर्मिला वि.कले यो...

सिन्धु कांग्रेस सभापतिका लागि तीनजना मैदानमा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोक को चौधौं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । केन्द्रको जस्तै जिल्ला सभापति लगायत पदाधिकारीमा सँस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा देउवा प्यानलबाट जँगबहादुर तामाङ मैदानमा आउनुभएको छ भने शेखर कोइराला समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहनुभएका बँशलाल तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्ला सभापति हुन त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिनुभएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उहाँ देउवा समूहबाट बागी उम्मेदवार बन्नुभएको छ । सिन्धुपाल्चोकमा केन्द्रिय सभापति देउवा पक्षको नेतृत्व केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गरिरहनुभएको छ भने कोइराला समूहको नेतृत्व वर्तमान जिल्ला सभापति विकास लामाले गरिरहनुभएको छ । कोइराला पक्षबाट भने बँशलाल तामाङको मात्र...