स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङको प्रमुख आतिथ्यता, बागमती प्रदेश प्रमुख आयुक्त शिवकुमार त्वायना, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख भगवती तिमल्सिना, स्थानीय प्रमुख आयुक्त, स्थानीय स्काउट परिषद सदस्यहरू लगायतको उपस्थितिमा कार्यक्रम मेलम्चीमा सम्पन्न भएको हो । कार्यक्रममा सम्पुर्ण स्थानीय स्काउट परिषदका सदस्यहरूलाई आफ्नो मर्यादामा प्रतिवद्द हुने गरि सत्य निष्ठा र सधै परोपकार गर्दै समाज र राष्ट्रका लागि काम गर्ने प्रेरणाका साथ सपथ ग्रहण गरेका छन । सपथ ग्रहण मेलम्ची नगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानले गराउनुभयो ।
कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङले स्काउटको संरक्षणमा आफू लाग्ने बताउनुभयो । नीति तथा कार्यक्र...